alliance khabar

शुक्रबार, भाद्र ०५, २०८३

फुङलिङ, भदौ ५ गते ।

 अत्याधुनिक प्रविधिसहितको ताप्लेजुङ–काठमाडौँका लागि लक्जरी बस सेवा सञ्चालनमा ल्याइएको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट बिहीबारदेखि औपचारिक रुपमा वस सेवा आरम्भ गरिएको हो ।

जय पाथीभरा माता एसी बस सेवा प्रालिमार्फत ताप्लेजुङबाट फिदिम हुँदै तमोर करिडोर–सिन्धुलीममार्फत काठमाडौँसम्मका लागि ६ ओटा अत्याधुनिक बस सेवा सञ्चालनमा आएको हो । पछिल्लो समयमा यात्रुहरूको माग अनुसार प्रविधि सहितको सुविधा सम्पन्न बस सेवा सञ्चालनमा ल्याइएको ताप्लेजुङका बुकिङ इन्चार्ज मिथुन पालुङ्वा लिम्बूले जानकारी दिनुभयो ।

सुरक्षालाई मध्यनजर गर्दै बसभित्र सीसीटीभीमार्फत यात्रु तथा यात्रुका सामाग्रीको निगरानी, निःशुल्क वाइफाई, मोबाइल चार्जिङ, एसी तथा फोल्डिङ लक्जरी सिटको व्यवस्थासहितका बस सेवा सञ्चालनमा ल्याइएको सञ्चालक जंग सुनुवारले जानकारी दिनुभयो ।

उहाँका अनुसार सीसीटीभीको निगरानीमा बस सेवा सञ्चालन हुने भएकाले ढुक्कले यात्रुहरूले यात्रा गर्न सक्ने भएका छन् । साथै सामान्य जोखिमलाई न्यूनीकरण गर्नका लागि बसमा सिट बेल्टको समेत व्यवस्था गरिएको काउन्टर इन्चार्ज दिनेश खतिवडाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ