ललितपुरको बजेट सात अर्ब अठचालिस करोड

काठमाडौँ, असार ११ गते ।   ललितपुर महानगरपालिकाले आगाामी आर्थिक वर्षका लागि  सात अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपियाँको बजेट नगर सभामा पेस गरेको छ । महानगरपालिकाले चालु खर्चतर्फ तीन अर्ब २५ करोड १८ लाख, पुँजीगत खर्चतर्फ चार अर्ब २३ करोड ६९ लाख रुपियाँको बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको छ ।ललितपुर महानगरपालिकाका […]

ढकियामा बजेट, संस्कृति संरक्षणको सन्देश

दाङ, असार ११ गते । दाङका दुई स्थानीय तहका उपाध्यक्षले परम्परागत ढकियामा बजेट पुस्तक बोकेर गाउँसभामा प्रवेश गरेपछि उपस्थित जनप्रतिनिधि र कर्मचारीको ध्यान उनीहरूतर्फ केन्द्रित भएको थियो। राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी र गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरी स्थानीय मौलिक पहिरन तथा परम्परागत गहनामा सजिएर टाउकोमा थारु समुदायको पहिचान बोकेको ढकियामा बजेट पुस्तक राखी गाउँसभामा […]

लिफ्ट सिँचाइ आयोजनाले ल्यायो खुसियाली

मुगु, असार १० गते । कर्णाली नदीको पानी लिफ्ट प्रविधिमार्फत गाउँसम्म पु¥याएर सिँचाइ सुविधा विस्तार गर्न लागिएपछि स्थानीयमा खुसियाली छाएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना मुगुले लामो समयदेखि सिँचाइको अभाव झेल्दै आएको रुगागाउँमा आधुनिक लिफ्ट सिँचाइ प्रणालीमार्फत सिँचाइ योजना निर्माण सुरु गरेको छ । यो आयोजनाबाट छायानाथ रारा नगरपालिका–१३ स्थित रुगागाउँका ८८ घरधुरी प्रत्यक्ष लाभान्वित […]

मोहरम पर्व शान्तिपूर्ण रूपमा मनाउन प्रशासनको अपिल

राजविराज, असार १० गते । जिल्ला प्रशासन कार्यालय सप्तरीले आउँदै गरेको इस्लाम धर्मावलम्बीहरूको मोहरम पर्व सभ्य, मर्यादित र शान्तिपूर्ण वातावरणमा मनाउन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवद्वारा जारी सूचनामा मोहरम पर्वको अवसरमा सप्तरीमा बसोबास गर्ने सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै पर्व मनाउने क्रममा सार्वजनिक सडक तथा स्थानमा हातहतियार प्रदर्शन नगर्न, […]

स्थानीय तहको बजेट आज आउँदै

मकवानपुर, असार १० गते । मकवानपुरका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम र बजेट बुधबार सार्वजनिक गर्ने भएका छन् । १० वटा स्थानीय तह रहेको मकवानपुरमा चार स्थानीय तहको बजेट यसअघिनै आ–आफ्नो पालिकाको सभामार्फत सार्वजनिक भइसकेको छ । मनहरी र भीमफेदी गाउँपालिकाले गाउँसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका […]

शान्ति मिश्र हुलाक टिकटमा

काठमाडौँ, असार १० गते  । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका संस्थापक शान्ति मिश्रको सम्मानमा प्रकाशित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा प्रदान गरिएको छ । हुलाकसेवा विभागद्वारा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले केन्द्रीय पुस्तकालयका संस्थापक मिश्रको नामको प्रकाशित टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभएको हो । सचिव बस्नेतले केन्द्रीय पुस्तकालयका पुस्तक पढेर […]

अमेरिकाबाट दुई अमूल्य मूर्ति फिर्ता

काठमाडौँ, असार १० गते । नेपालबाट चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई वटा अमूल्य मूर्ति फिर्ता नेपाललाई फिर्ता गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आज आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । समारोहमा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी तथा म्यानहटन सरकरी […]

तराईमा तातो लहर, पहाडमा तातो दिन

काठमाडौँ, असार १० गत ।  हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेश, […]

भरतपुर महानगरको बजेट पाँच अर्ब एकाउन्न करोड

नारायणगढ, असार ९ गते ।  भरतपुर महानगरपालिकाले पूर्वाधार, शिक्षा र स्वास्थ्यमा उच्च प्राथमिकता दिँदै आर्थिक वर्ष २०८३/८४ का लागि पाँच अर्ब ५१ करोड ७० लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । महानगर सभाको १९ औँ अधिवेशनमा सोमबार कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले सो बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट चालु आव २०८२/८३ को बजेटभन्दा २० […]

रास्वपाको बन्दसत्र आज

चितवन, असार ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत मङ्गलबार बन्दसत्रको कार्यक्रम हुँदै छ । सोमबारका लागि तय गरिएको बन्दसत्र प्रतिनिधि परिचयपत्र वितरण कार्य समयमै सम्पन्न हुन नसकेपछि मङ्गलबारसम्मका लागि स्थगित गरिएको हो । पार्टीले प्रतिनिधिहरूको विवरण प्रमाणीकरण, नामावली रुजु तथा परिचयपत्र छपाइको काममा अपेक्षाभन्दा बढी समय लागेकाले बन्द सत्र […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ