स्याङ्जा, मङ्सिर १ गते । जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार एक कैदीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका –१८ का ३१ वर्षीय सुनिल थापालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो । चेक अनादार मुद्दामा सजाय काट्दै आएका थापालाई आइतबार फेदिखोला गाउँपालिका–१ बाट प्रहरीले समातेको हो । लुकिछिपी […]
ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाममा स्थानीय बिदा दिएको छ । याक्थुङ लिम्बूको चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा नगरपालिकाले सोमबार स्थानीय बिदा दिएको हो । फुङ्लिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले सूचना जारी गर्दै चासोक तङ्नामको अवसरमा सोमबार एकदिन बिदा दिएको उल्लेख गर्नुभएको छ । पौडेलका अनुसार […]
काठमाडौँ, मङ्सिर १ गते । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मुलुकभर करिब ७६ अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको छ । नेपाल चेम्बर अफ कमर्सले आइतबार राजधानीमा आयोजना गरेको अन्तर्क्रियामा अर्थमन्त्री रामेश्वर खनालले यस्तो विवरण सार्वजनिक गर्नुभएको हो । अर्थमन्त्री खनालका अनुसार सरकारी तवरमा क्षतिको मूल्याङ्कन गर्ने क्रममा […]
काठमाडौँ, मङ्सिर १ गते । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपियाँबराबरको पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय बैङ्कका अनुसार, विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी रु ४२ अर्ब नेपाल […]
काठमाडौँ, मङ्सिर १ गते । विदेशमा रहेका नेपालीले पठाउने रकम बढ्दा मुलुकमा डलरको सञ्चिति निरन्तर बढिरहेको छ । निर्यातमा देखिएको उल्लेख्य वृद्धिले मुलुकभित्र डलर भित्र्याउन थप सहयोग पुगेको तथ्याङ्कले देखाउँछ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउन–असोज) सम्म २१ अर्ब २१ करोड डलर (२९ खर्ब ७९ अर्ब रुपियाँ) बराबरको […]
आयोगमा दर्ता गराउन पुगेका प्रस्तावित दलका पदाधिकारीमध्ये अधिकांशले चर्चित व्यक्तिहरूको समर्थन आफूलाई प्राप्त रहेको दाबी गरेका छन् । निर्वाचन आयोगमा कात्तिक ३० गतेसम्म १२३ वटा दलले दर्ताको प्रमाणपत्र लिएका छन् । करिब ३२ वटा दलले कात्तिक ३० गतेसम्म दर्ताका लागि निवेदन दिएका छन् तर प्रमाणपत्र पाएका छैनन् । अधिकांश दलको कागजात अपुग छ । आयोगले […]
काठमाडौँ, कात्तिक ३० गते। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका लागि पुँजी बजार र सम्पत्ति (घरजग्गा) बजारलाई थप चलायमान बनाइन आवश्यक रहेको बताउनुभएको छ। नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको ‘अर्थतन्त्रका समसामयिक विषयमा छलफल तथा संवाद’ कार्यक्रममा उहाँले आर्थिक गतिविधि बिस्तारका लागि दुवै बजारको सक्रियता अनिवार्य भएको बताउनुभयो। अर्थमन्त्री खनालका […]
काठमाडौं, कात्तिक ३० गते । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा सहमती जुट्न नसकेपछि केन्द्रीय कार्यसमितिको बैठक फेरि मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने गरी सारिएको छ । यसअघि मंसिर १ गते सोमबार बस्ने भनिएको थियो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार साँझ जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सो जानकारी […]
ढाका, कात्तिक ३० गते । बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मुद्दामा फैसला सुनाउन तयारी गरिरहेकै बेला देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । यो मुद्दा सन् २०२४ जुलाई–अगस्टमा विद्यार्थी नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा मानवता विरुद्धका कथित अपराधसँग सम्बन्धित छ । हसिनाले भने आफूमाथि लागेको सम्पूर्ण आरोप अस्वीकार गरिरहनुभएको छ […]
काठमाडौँ, कात्तिक ३० गते । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पदमा डा.केशरबहादुर ढकाल नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ औँ तहको अतिरिक्त सचिवका रुपमा रहनुभएका डा.ढकाल विभागको महानिर्देशकमा नियुक्त हुनुभएको हो । यसअघि, विभागका महानिर्देशक डा.टंक बाराकोटीले स्वास्थ्य तथा पारिवारिक कारण देखाउँदै गत आइतबारबाट लागू हुने गरी पदबाट राजीनामा दिनुभएको थियो । डा.बाराकोटीको […]