राप्ती सरसफाइ अभियान प्रारम्भ

हेटौँडा, मङ्सिर २ गते । हेटौँडाको राप्ती तटबाट बृहत् राप्ती नदी सरसफाइ महाअभियान सोमबारदेखि सुरु गरिएको छ । हेटौँडादेखि चितवनको गोलाघाटसम्म सञ्चालन हुने यस महाअभियानलाई ‘राप्ती नदीको शुद्धता हाम्रो प्रतिबद्धता, राप्ती नदीको जलाधार जन्तुको बाँच्ने आधार’ भन्ने मूल नारासहित प्रारम्भ गरिएको हो । तेस्रो राप्ती नदी सरसफाइ दिवसका अवसरमा हेटौँडा–१० स्थित राप्ती खोलाको पुलमुनिबाट अभियान […]

एनपीएल क्रिकेट : चारटोली मैदानमा

काठमाडौँ, मङ्सिर २ गते । दोस्रो संस्करणको  नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा समङ्गलबार बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ । चितवन कुशल मल्लका […]

नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने

काठमाडौँ, मङ्सिर १ गते ।  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो जहाज डाइभर्ट हुनुपर्ने अवस्थामा अबदेखि भारतको विमानस्थलका सट्टा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा प्रयोग गर्ने व्यवस्था गरेको छ। निगमले मङ्सिर ३ गतेदेखि लागू हुने गरी भैरहवालाई वैकल्पिक विमानस्थल (अल्टरनेटिव एयरपोर्ट) का रूपमा प्रयोग गर्ने निर्णय गरेको जानकारी दिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा […]

नेपाल पहिलो पटक एसियन डजबल च्याम्पियनसिप खेल्दै

काठमाडौँ, मङ्सिर १ गते । नेपालले पहिलो पटक एसिएन डजबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । मङ्सिर ४ देखि ७ गतेसम्म मलेसियामा आयोजना हुने च्याम्पियनसिपमा भाग लिन १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मङ्गलबार मलेसिया प्रस्थान गर्दैछ । नेपाली टोलीलाई सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमबिच बिदाइ गर्नुभयो । […]

एनपिएल : काठमान्डुको विजयी सुरुवात, जनकपुर ५ विकेटले पराजित

काठमाडौँ, मङ्सिर १  गते ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डु गोर्खाजले विजयी सुरुवात गरेको छ । सुरुमा ब्याटिङ गरेको जनकपुरले जितको लागि दिएको १३१ रनको लक्ष्य काठमान्डुले १८ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा भेट्टाएको हो । काठमान्डुका लागि बेन चार्ल्सवर्थ ४६ रन बनाउनुभयो भने आकाश […]

भाषा परीक्षा आजदेखि

काठमाडौँ, मङ्सिर १ गते । वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको उत्पादनतर्फको पहिलो चरण भाषा परीक्षण सोमबार (मङ्सिर १) देखि सुरु हुँदै छ । सन् २०२५ मा इपिएसमार्फत दक्षिण कोरिया जान भाषा परीक्षाका लागि आवेदन दिएका एक लाख दुई हजारमध्ये उत्पादनतर्फका ६७ हजारको भाषा परीक्षा सोमबारदेखि हुन लागेको हो । इपिएस शाखाका […]

पुनः आन्दोलित इमेज सहकारीपीडित

बागलुङ (गलकोट), मङ्सिर १ गते ।  बागलुङको इमेज सहकारीका पीडितहरु पुनः आन्दोलित भएका छन् । ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका देवुकमार नेपाली संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लि. मा रकम जम्मा गरी फिर्ता नपाएका पीडितहरु आन्दोलित भएका हुन् । इमेजपीडित संघर्ष समितिको आह्वानमा उनीहरुले आइतबार बागलुङ बजारमा नाराबाजीसहित प्रदर्शन गरेका छन् […]

आजबाट दोस्रो एनपिएल

दोस्रो एनपिएलको सिङ्गल राउन्ड रोविन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते उपाधि भिडन्त हुने छ ।  यस पटक कुल ३२ खेल हुने छन् । हरेक खेलमा नौ हजार पाँच सय टिकट बिक्री गरिने छ । त्रिवि रङ्गशालाको दर्शक क्षमता भने १३ हजार रहेको बताइएको छ ।  काठमाडौँ, मङ्सिर १ गते । विश्वमा फ्रेन्चाई क्रिकेट […]

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ, मङ्सिर १ गते ।  विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ । आयोगले दुई उद्योगको उजुरीमाथि सुनुवाइ गर्दै आयोगले प्राधिकरणको बक्यौता उठाउने निर्णय सही ठहर गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आयोगले पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलको उजुरीमाथि […]

पाथीभरामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन

फुङलिङ, मङ्सिर १ गते ।  प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक महिनामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन भएको छ । कात्तिक महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार कात्तिक महिनामा भक्तजनहरूले ३४ लाख ४८ हजार ५०० रुपियाँ भेटी […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल