काठमाडौँ, जेठ २६ गते । नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दै गएको छ । तथ्याङ्क अनुसार नेपालमा गत वर्ष देशभर तीन हजार जना ब्रेन ट्युमरका बिरामीको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गरिएका बिरामीमध्ये पुरुषको सङ्ख्या महिलाभन्दा बढी रहेको छ । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष डा. राजिव झाका अनुसार उमेर समूहका आधारमा ३० […]
काठमाडौँ, जेठ २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ । देशभरका ७७ जिल्लामध्ये बाँकी १२ जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रास्वपाले जनाएको छ । रास्वपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले १२ जिल्लामा निर्वाचन प्रक्रिया […]
बुटवल, जेठ २५ गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दुई प्रदेशका बिरामी उपचारका लागि आउने गर्छन् । पछिल्लो समय अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ भने अस्पतालले समेत बिरामीको सुविधालाई ध्यान दिँदै सेवा विस्तार गरेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्ला र गण्डकी प्रदेशका स्याङ्जा, बागलुङ, पर्वत, नवलपुरका बिरामी अस्पतालमा उपचारका लागि आउँछन् । अस्पताल प्रशासनले बिरामीलाई […]
चौमाला (कैलाली), जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला निर्वाचित हुनुभएको छ। नयाँ नेतृत्व चयनका लागि आइतबार राति भएको निर्वाचनबाट ठकुल्ला ३३५ मतसहित सभापतिमा निर्वाचित हुनुभएको हो। उहाँका प्रतिद्वन्द्वी महेश कुमार चौधरीले ३७ र हरी रेग्मीले २२ मत प्राप्त गर्नुभएको छ। उपसभापतिमा रामलखन चौधरी विजयी हुनुभएको छ। पाँच जना प्रतिस्पर्धीलाई […]
काठमाडौँ, जेठ २५ गते । आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल […]
सिमकोट (हुम्ला), जेठ २४ गते । हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । पछिल्ला केही दिनयता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ । हुम्लाको हिल्सानाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख ३० गतेदेखि विदेशी पर्यटक हुम्ला आउन […]
काठमाडौँ, जेठ २४ गते । मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा आयोजित ‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ विषयक वतृत्वकला प्रतियोगितामा आचल कुसुम अधिकारी प्रथम हुनुभएको छ । फाउण्डेशनले शनिबार यहाँ आयोजना गरेको नेपालको महिला आन्दोलनकी नेत्री ‘मङ्गलादेवी सिंहको योगदानमा आधारित वक्तृत्वकला प्रतियोगिता’ मा अधिकारी प्रथम हुनुभएको हो । प्रथम भएसँगै अधिकारीलाई नगद रु २० हजार, मेडल र प्रमाणपत्र […]
काठमाडौँ, जेठ २४ गते । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा, […]
काठमाडौँ, जेठ २४ गते । बितेका २४ घण्टामा दुई हजार २५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ९१ हजार ५०० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १५१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १११, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४२ र तीव्र गतिमा […]
काठमाडौँ, जेठ २४ गते । दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । यही सन्दर्भमा सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा […]