काठमाडौँ, मङ्सिर १४ गते । नेपालमा दिनानुदिन बढ्दै गएको नसर्ने रोग (एनसीडी) को जोखिम, रोकथाम तथा नियन्त्रणका लागि सबै क्षेत्र एक भएर लाग्नुपर्ने बताइएको छ । नेसर्ने रोगको क्षेत्रमा काम गर्दै आएको संस्था नेपाल एनसीडी एलायन्सको तेस्रो साधारणसभामा वक्ताहरुले नसर्ने रोग विश्वव्यापी बढ्दै गएकोले नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै गएको बताए । कार्यक्रममा एलायन्सका अध्यक्ष […]
काठमाडौँ, मङ्सिर १४ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (युएई)को ५४औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ यहाँ आयोजित विशेष समारोहमा सहभागी हुनुभयो । नेपालका लागि संयुक्त अरब इमिरेट्स ९युएई०का राजदूत अबदुल्ला सइद मुवारक जरवान अल शाम्सीले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका […]
तम्घास(गुल्मी), मङ्सिर १४ गते । गुल्मीका तीन स्थानीय सरकारले अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्दैै आएका छन् । स्थानीय तहको संरचना निर्माण भएको आठ वर्ष पुग्दासमेत तीन स्थानीय सरकारले प्रशासनीक भवन समेत बनाउन सकेका छैनन् । प्रशासनीक भवन नहुँदा उनीहरुले भाडाकै लागि मोटो रकम खर्चने गर्दछन् । जिल्लाको गुल्मीदरबार, कालीगण्डकी र चन्द्रकोट गाउँपालिका हालसम्म […]
सिन्धुली, मङ्सिर १४ गते । मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रीवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सवेदीका अनुसार पोखराबाट कटारीतर्फ गइरहेको बस र डकाहाबाट झुगातर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दुधौली नगरपालिका–३ […]
काठमाडौँ, मङ्सिर १४ गते । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आइतबार कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज […]
काठमाडौँ, मङ्सिर १३ गते । सुदूरपश्चिम रोयल्स अपराजित यात्रा जारी राख्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा साविक उपविजेता सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको हो । पाँचौँ खेलसम्म जितको लय कायम राखेको सुदूरपश्चिम लिग चरणको दुई खेल अगावै प्लेअफमा पुगेको हो । […]
काठमाडौँ, मङ्सिर १३ गते। सामाजिक सुरक्षा कार्यक्रममा सबै नागरिकलाई जोड्न सचेतना बढाउनुपर्ने सरोकारवालाले जोड दिएका छन्। राष्ट्रिय सामाजिक सुरक्षा सप्ताह, २०८२ को अवसरमा इन्सपायर नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र होमनेट नेपालले आयोजना गरेको ‘सबैका लागि सामाजिक सुरक्षाः आधारभूत मानवअधिकार’ विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले त्यस्तो बताए। त्यस अवसरमा बोल्दै सरोकारवालाले सामाजिक […]
कोलम्बो, मङ्सिर १३ गते । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले हालको खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गर्नु भएको छ । घोषणाले सार्वजनिक सुरक्षा अध्यादेश अन्तर्गत आपतकालीन नियम राष्ट्रव्यापी लागु गर्न सरकारलाई अधिकार प्रदान गर्दछ । आपतकाल घोषणा गर्नुको उद्देश्य सार्वजनिक सुरक्षाको रक्षा गर्नु, राष्ट्रिय स्थिरता कायम राख्नु रहेको जनाइएको छ । […]
काठमाडौँ, मङ्सिर १३ गते। गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको समयमा क्षतिग्रस्त भएका प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गर्नुभएको छ। आज उहाँले गत भदौ २४ गते जेनजी आन्दोलनका कारण क्षतिग्रस्त प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गरेर प्रहरीले गरेको कामकारबाही र त्यस क्षेत्रको शान्तिसुरक्षाका बारेमा जानकारी लिनुभयो। अवलोकनका क्रममा गृहमन्त्री अर्यालले […]
काठमाडौँ, मङ्सिर १३ गते । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बालुवाटर पुग्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिमण्डलसँग छलफल गर्नुभएको हो । छलफलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेता सहभागी हुनुहुन्थ्यो । चुनावसँगै देशका समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा पार्टीले प्रधानमन्त्रीसँगको छलफलमा जोड दिएको राप्रपा अध्यक्ष […]