राजविराज, साउन २६ गते । जिल्ला प्रशासन कार्यालय सप्तरीले खाना पकाउने एलपी ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने डिलर तथा व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले सोमबार जारी गरेको सूचनामा जिल्लाका ग्यास डिलर तथा व्यवसायीले उद्योग वा डिलरबाट ग्यास ल्याई सहज रूपमा […]
रेसुङ्गा (गुल्मी), साउन २६ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको श्रावण कृष्ण औँसी (पोखरी औँसी) का अवसरमा एक दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाका अनुसार साउन २७ गते बुधबार गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय, स्वास्थ्य, संस्था, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र अन्य संघ–संस्थामा […]
लमजुङ, साउन २६ गते । लमजुङको मस्र्याङ्दी गाउँपालिका–८, भुलभुलेमा रहेको हामखोला झरनामा रमाउने पर्यटकको घुइँचो नै लागेको छ । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्ने हामखोलामा भएको छैटौँ हामखोला महोत्सवले विशेषतः यो झरना केन्द्रविन्दुमा रहेको थियो । यस झरनाले स्थानीय र पर्यटकलाई मन्त्रमुग्ध बनायो । गण्डकी प्रदेश पर्यटन तथा उद्योगमन्त्री यशोदा रिमालले महोत्सवको उद्घाटन गर्दै हामखोला जस्ता […]
काठमाडौँ, साउन २६ गते । कोलम्बियामा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पपछि देशमा आपत्काल घोषणा गरिएको छ। भवनहरू भत्किँदा अझै धेरै मानिस पुरिएको आशंका गरिएकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। कोलम्बियाको भूगर्भ सेवा विभागका अनुसार स्थानीय समयअनुसार बिहान ७ः३४ बजे (१२ः३४ जीएमटी) चोको प्रान्तमा ७.४ […]
काठमाडौँ, साउन २६ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ। मनसुनी वायुको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली […]
काठमाडौँ, साउन २५ गते । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ०४ पैसा र बिक्रीदर १५२ रुपियाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ७४ पैसा र बिक्रीदर १७६ रुपियाँ ४३ पैसा, युके […]
बनेपा, साउन २५ गते । आइतबार साँझ परेको अविरल वर्षासँगै सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार सोमबार बिहान करिब ४ बजे बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ को पिन्थली र नार्केमा लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो […]
काठमाडौँ, साउन २५ गते । हिन्दु मान्यता अनुसार साउन महिना भगवान् शिवसँग जोडिएको महिना हो । साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथसहित देशभरका शिवालयमा हिन्दु श्रद्धालुको घुइँचो लाग्ने गर्छ । साउन महिनामा पवित्र नदी, तालबाट जल लगेर शिवालयमा चढाउने तथा बोलबम मेला पनि लाग्छ । बोलबम तीर्थालुको पनि देशभरका शिवालयमा घुइँचो छ । विशेष गरी अन्तिम दिन काठमाडौँको सुन्दरीजलबाट […]
काठमाडौँ, साउन २५ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ । मधेश प्रदेशका […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सेवाग्राही र वरिष्ठ कर्मचारी खुसी हुनेछन् । स्थिर प्रयोजनका क्षेत्रमा धन लगानी गर्न सकिनेछ । पुराना सहकर्मीसँगको भेटघाटले मन ताजा बनाउनेछ । सकारात्मक सोचका साथ दृढ इच्छाशक्तिले काम गर्नुहोस् । नयाँ जिम्मेवारी वा दायित्व वहन गर्ने अवसर मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, […]