मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कार्य क्षेत्रमा नयाँ जिम्मेवारी पाउने सम्भावना छ । व्यवसायमा नयाँ ग्राहकसँग सम्पर्क बढ्नुका साथै उपयोगी सम्बन्ध बन्न सक्छ । आर्थिक अवस्था सुधारोन्मुख रहनेछ, तर हतारमा ठूलो लगानी गर्नु उचित हुँदैन । परिवारको सहयोगले महत्त्वपूर्ण काम पूरा गर्न सहज हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुने दिन छ । व्यापार तथा रोजगारीमा नयाँ अवसर आउन सक्छ । आर्थिक कारोबारबाट लाभ मिल्ने सम्भावना छ । पारिवारिक वातावरण सुखद रहनेछ । लामो समयदेखि रोकिएका कामलाई प्राथमिकताका आधारमा अघि बढाउँदा सफलता हात पर्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कुरा सिक्ने र सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने अवसर मिल्नेछ । अध्ययन, अनुसन्धान तथा विज्ञान प्रविधिसँग सम्बन्धित काममा रुचि बढ्नेछ । कार्य क्षेत्रमा तपाईंका विचारलाई महत्त्व दिइनेछ । आर्थिक कारोबार गर्दा कागजात र हिसाब किताब ध्यानपूर्वक जाँच गर्नुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारका सदस्यबीच आत्मीयता बढ्नेछ । व्यवसायमा नयाँ अवसर प्राप्त हुनुका साथै रोकिएका कामले गति लिने सम्भावना छ । आर्थिक लाभको अवसर आएपनि खर्च व्यवस्थापनमा ध्यान दिनुपर्नेछ । घर तथा कार्यालयको वातावरण व्यवस्थित राख्न सके सकारात्मक ऊर्जा मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नेतृत्व क्षमता र कार्यक्षमताको राम्रो उपयोग गर्न सकिने दिन छ । कार्य क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुन सक्छ । आर्थिक पक्षमा सकारात्मक खबर सुन्न पाइने सम्भावना छ । सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । कुनै निर्णय गर्दा आत्मविश्वाससँगै अनुभवी व्यक्तिको सुझावलाई पनि ध्यान दिनु राम्रो हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सूर्य कन्या राशिमा प्रवेश गरेकाले नयाँ उत्साह र ऊर्जा प्राप्त हुने समय छ । नयाँ योजना बनाउन तथा पुराना कामलाई व्यवस्थित गर्न दिन अनुकूल छ । अध्ययन, अनुसन्धान र प्राविधिक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुन सक्छ । घर तथा कार्यस्थलको वातावरण व्यवस्थित राख्दा काममा थप सहजता आउनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक तथा व्यावसायिक सम्पर्कबाट नयाँ अवसर प्राप्त हुन सक्छ । आर्थिक लाभको सम्भावना रहेपनि साझेदारीमा हुने कारोबारमा स्पष्टता कायम गर्नु आवश्यक छ । परिवारमा खुसीको वातावरण रहनेछ । बोल्दा र व्यवहार गर्दा संयम अपनाए महत्त्वपूर्ण काम सफलतापूर्वक अघि बढाउन सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चन्द्रमा आफ्नै राशिमा रहेकाले आत्मविश्वास र सक्रियता बढ्नेछ । कार्य क्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ र त्यसलाई सफलतापूर्वक पूरा गर्न सकिनेछ । आर्थिक अवस्थामा सुधारको सङ्केत छ । परिवारका सदस्यको सहयोगले महत्त्वपूर्ण निर्णय लिन सहज हुनेछ । सकारात्मक सोच राख्दै संयमित भएर अघि बढ्नु लाभदायक हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
टाढाको स्थान वा विदेशसँग सम्बन्धित कामबाट सकारात्मक खबर प्राप्त हुन सक्छ । व्यवसाय तथा रोजगारीमा नयाँ सम्भावना देखिनेछ । अध्ययन तथा अनुसन्धानका क्षेत्रमा प्रगति गर्न सकिनेछ । आर्थिक कारोबारमा भने सावधानी अपनाउनु आवश्यक छ । लक्ष्य स्पष्ट बनाएर योजनाबद्ध रूपमा अघि बढ्दा राम्रो परिणाम प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जिम्मेवारी बढेपनि कामलाई व्यवस्थित ढङ्गले पूरा गर्न सकिनेछ । व्यवसायमा देखिएका पुराना समस्या समाधान हुनेतर्फ अघि बढ्नेछन् । आर्थिक लाभको अवसर मिल्न सक्छ । कार्य क्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुनेछ । अवसरमा कामसँग सम्बन्धित औजार तथा साधनको सम्मान गर्नु शुभ मानिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ विचार र योजनाले उत्साह बढाउनेछ । सामाजिक तथा व्यावसायिक क्षेत्रमा नयाँ व्यक्तिसँग सम्पर्क स्थापित हुन सक्छ । आर्थिक अवस्था सामान्यभन्दा राम्रो रहनेछ । विज्ञान, प्रविधि तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ । महत्त्वपूर्ण निर्णय गर्दा त्यसको दीर्घकालीन प्रभावलाई ध्यानमा राख्नुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनमा सकारात्मक सोच र नयाँ ऊर्जा उत्पन्न हुनेछ । व्यवसाय तथा रोजगारीमा गरिएको प्रयासको राम्रो परिणाम प्राप्त हुन सक्छ । आर्थिक लाभको अवसर आएपनि भविष्यको आवश्यकतालाई ध्यानमा राखेर खर्च गर्नुहोला । धार्मिक गतिविधि, सूर्य उपासना तथा सेवामूलक कार्यमा समय दिँदा मानसिक शान्ति मिल्नेछ ।