नेपाल टेलिकमकाे नाफामा सुधार

काठमाडौँ, साउन ३१ गते । गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल टेलिकमको खुद नाफा उल्लेख्य बढेको छ । टेलिकमले शनिबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४७.५८ प्रतिशतले बढेर आठ अर्ब ८६ करोड ४६ लाख रुपियाँ पुगेको छ । त्यसअघि गत आवमा कम्पनीको खुद नाफा छ अर्ब ६७ लाख रुपियाँ […]

‘विकास निर्माणमा स्थानीयको सहकार्य आवश्यक’

बाँके, साउन ३१ गते । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले विकास निर्माणका कामलाई प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गर्न स्थानीय बासिन्दा तथा सरकारी निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । बाँकेको कोहलपुर नगरपालिका–२ गौरीडाँडामा आइतबार आयोजित स्थानीयवासीसँगको भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री खत्रीले विकास निर्माणका कामप्रति स्थानीय बासिन्दा स्वयं चनाखो […]

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने

काठमाडौँ, साउन ३१ गते । मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरुले बताउनुभएकाे छ । उहाँहरूले विद्युत् बजार विस्तार गर्न नयाँ कानुन आवश्यक नरहेको र विद्यमान विद्युत् ऐन, २०४९ का आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन सकिने बताउनुभएकाे हाे । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (इप्पान)ले हालै […]

मनसुन सक्रिय भएसँगै फैलियो डेङ्गु

कास्की, साउन ३१ गते । वर्खायामसँगै गण्डकी प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु सङ्क्रमणबाट बच्न साउनदेखि कात्तिकसम्मको अवधिमा निकै सावधानी अपनाउनुपर्ने चिकित्सिक बताउँछन् । यस वर्ष मनसुन भएसँगै डेङ्गु सङ्क्रमित देखिन थालेका छन् । हालसम्म गण्डकी प्रदेशका नौ जिल्लामा ८३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार सबैभन्दा बढी बागलुङमा […]

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीको शपथ, चार सदस्यीय मन्त्रीपरिषद् गठन

कैलाली, साउन २९ गते । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण फेरिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्नुभएको छ। लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय रहनुभएका भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्नुभएको हो। प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढीमा पुगेर […]

सात दशकमा नेपाल–चीन साझेदारी विस्तार

काठमाडौँ, साउन २९ गते ।  परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्‍याउनुभएको छ । उहाँले नेपाल र चीनबिचको कूटनीतिक सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य, समानता र एकअर्काका भावना र संवेदनशीलताप्रतिको सम्मानमा आधारित रहेको बताउनुभयो । नेपाल र चीनबिचको कूटनीतिक […]

बन्द उद्योग सञ्चालन गरी निजी क्षेत्रलाई जिम्मा दिने नीति : अर्थमन्त्री वाग्ले

तनहुँ, साउन २९ गते ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालन गरी परीक्षणपछि निजी क्षेत्रलाई जिम्मा दिने नीति सरकारले लिएको बताउनुभएको छ। जिल्ला समन्वय समिति तनहुँले दमौलीमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को जिल्ला स्तरीय दुईदिने वार्षिक समीक्षा कार्यक्रमको बिहीबार उद्घाटन गर्दै उहाँले बन्द उद्योग सञ्चालनमार्फत रोजगारी वृद्धि, उत्पादन विस्तार र […]

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

कास्की,  साउन २९ गते । जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म २०औँ एसियाली खेलकुद आयोजना हुँदैछ । हरेक चार वर्षमा आयोजना हुने यस प्रतियोगिता एसियाली खेलाडीका लागि ठूलो खेल महोत्सव हो । प्रतियोगिता केवल एउटा प्रतियोगिता नभई खेलाडीको वर्षौंको मिहिनेत र सङ्घर्षलाई अन्तरराष्ट्रिय मञ्चमा प्रमाणित गर्ने अवसर बन्ने गरेको छ । […]

धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

सुनसरी,  साउन २९ गते ।  धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजारबराबरको बजेट पारित गरेको छ । बिहीबार सम्पन्न १९औँ नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो । धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले […]

मोदीखोलाको बाढीले कास्की–पर्वत जोड्ने दुई पुल बगायो

कास्की, साउन २९ गते ।  बिहीबार राति करिब २ः१५ बजे आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ। साथै, मन्दिरमा फसेका तीन जनाको उद्धार प्रयास जारी रहेको छ। अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमास्थित बिरेठाँटी सडकखण्ड नजिक मोदीखोलाको बिचमा रहेको अन्नपूर्ण माता मन्दिरमा आवतजावतका लागि निर्माण गरिएका दुईवटा मेटल पुल (कास्की र […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ