प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंको टोलीबिच छलफल

काठमाडौँ, मङ्सिर २२ गते । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानको टोलीसँग भेटघाट तथा छलफल गर्नुभएको छ । दुर्गा प्रसाईँको नेतृत्वमा गएको उक्त टोलीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, मुख्य सचिव सुमनराज अर्याल पनि हुनुहुन्थ्यो। अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले भेटघाटको सहजीकरण गर्नुभएको थियो । अभियानका […]

भूमाफियालाई कारवाहीको माग गर्दै कार्यालय घेराउ

नवलपुर, मंसिर २२ गते । नवलपुरको कावासोती नगरपालिका –४ हसौराका वासिन्दाले वर्षौदेखि जोत कमोद गर्दैआएको जमिन दर्ताको माग गर्दै सोमबार जिल्ला प्रशासन र मालपोत कार्यालय घेराउ गरेका छन्  । वडा अध्यक्ष नारायण लोहनीको नेतृत्वमा ठूलो संख्यामा उपस्थित भएका स्थानीयले आगामी १५ दिनभित्र छुट जग्गा दर्ताको प्रक्रिया अघि बढाउन, भूमाफियाको नाममा लुकिछिपी बनाइएका पूर्जाको खारेजी तथा […]

वैदेशिक रोजगारका बेथिति नियन्त्रण गर्न निर्देशन

काठमाडौं, मङ्सिर २२ गते ।  प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उहाँले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरुसँग श्रम समस्याका विषयमा छलफल गर्ने क्रममा यस्तो निर्देशन दिनुभएको छ। यसै सन्दर्भमा उहाँले कुवेतमा अलपत्र परेका महिला कामदारको छिटो […]

पत्रकार सुरेश रजकलाई सहिद घोषणा

काठमाडौँ, मङ्सिर २२ गते । स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो […]

स्वास्थ्य सेवामा विशेष छुटको सम्झौता

काठमाडौँ, मङ्सिर २२ गते । नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारी र बैङ्कमा खाता रहेका ग्राहकलाई ललितपुरको ज्वागलमा अवस्थित क्युरा हेल्थ प्रालिले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैङ्कका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र क्युरा हेल्थ प्रालिका तर्फबाट प्रबन्धक शीतलप्रसाद पोखरेलले हस्ताक्षर गर्नुभयो । […]

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ, मङ्सिर २२ गते ।  सार्वजनिक संस्थानमा गरिएको करिब ४७ अर्ब रुपियाँ सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो समयदेखि पुष्टि गर्न सकिएको छैन । राज्यको लगानी कता गयो भन्ने सम्बन्धमा दुई पक्षका कागज मिल्दैनन्, रकम कसरी तलमाथि भयो […]

योग शिक्षा विस्तार गर्न गाउँ–गाउँमा प्रशिक्षक उत्पादन गर्दै मनमोहन विश्वविद्यालय

विराटनगर, मङ्सिर २२ गते । कोशी प्रदेश सरकारअन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षासँगै अब औपचारिक रूपमै योग शिक्षालाई विस्तार गर्न थालेको छ । विश्वविद्यालयले समुदायस्तरमै पुगेर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित ‘स्कुल अफ एप्लाइड हेल्थ साइन्स’ को अवधारणाअन्तर्गत योग शिक्षालाई प्राथमिकताका साथ अघि बढाएको हो । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी […]

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी,  मङ्सिर २२ गते । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्राअवधि छोटिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला)सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । करिव १३ किलोमिटर दुरीको सडकमध्ये […]

थकाली समुदायको परिकारका लागि स्याङ घरबास

मुक्तिनाथ (मुस्ताङ), मङ्सिर २२ गते ।  आँखैमा निलगिरि र तिलिचो हिमाल, ढुम्बा तालसहितको आकर्षक दृष्यहरू ठोकिन्छ । गाउँको शिरानमा धार्मिक गुम्बा र ऐतिहासिक प्राकृतिक गुफाहरू लस्करै छन् । माटोका छाना भएका परम्परागत घरहरू । अल्पसङ्ख्यक थकाली समुदायको भाषा, संस्कृति, रहनसहनका साथै कृषि तथा पशुपालनको ग्रामीण जीवनशैली । पर्यटकीय जिल्ला मुस्ताङको सदरमुकाम नजिकै रहेको घरपझोङ गाउँपालिका–३ […]

गाउँपालिकामा अराजकता, अपारदर्शिता र मनपरी निर्णय रोक्न स्थानीयको माग

नेपालगन्ज, मङ्सिर २२ गते ।   बाँकेको नरैनापुर गाउँपालिकामा बढ्दो प्रशासनिक अराजकता, अपारदर्शिता र मनपरी निर्णय रोक्न स्थानीय नागरिक समाज, जेनजी युवाहरू तथा सरोकारवालाले प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलाई ज्ञापन–पत्र बुझाएका छन् । ज्ञापन पत्रमा पालिकाभित्र देखिएका विभिन्न प्रकारका बेथितिहरुमा तत्काल सुधारको माग गरिएको छ । नागरिक समाजका अगुवा गुफरान अली शाहका अनुसार विकास, प्रशासनिक सेवा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल