पञ्चकोशी (दैलेख), भदौ १६ गते । राष्ट्रिय परिचयपत्र बनाउने विवरण भर्न आउने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले स्टेसन थप गरेको छ । पछिल्लो समयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि कार्यालयले इलाका प्रशासन कार्यालय दुल्लुमा स्टेसन थप गरेर राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरेको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बढ्दो सेवाग्राहीको चापलाई ध्यानमा […]
मुक्तिनाथ (मुस्ताङ), भदौ १६ गते । दशैँलाई लक्षित गरी यसवर्ष मुस्ताङबाट १२ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी हुने भएको छ । चाडपर्वको चहलपहलसँगै कोरला नाका हुँदै तिब्बतबाट भित्रिने बाहेक मुस्ताङमै उत्पादन भएको साढे ११ हजार च्याङ्ग्रा र करिब ६ सयको हाराहारीमा भेडा बिक्री हुने अनुमान गरिएको हो । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ गाउँपालिका र तल्लो […]
काठमाडौँ, भदौ १६ गते । औषधी व्यवस्था विभागले गुणस्तरहीन औषधी आयात गरी विक्रीवितरण गर्ने सफल स्वास्थ्य सेवा कम्पनीमाथि अनुसन्धान अघि बढाएको छ । विभागले फार्मेसी अधिकृत सुपुष्प लामालाई छानविन गरी अनुसन्धान अघि बढाउन जिम्मेवारी दिएको छ । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले नेपालमा प्रतिबन्धित औषधी सफल स्वास्थ्य सेवाले बिक्री गरेको पाइएको जानकारी दिँदै थप […]
काठमाडौँ, भदौ १६ गते । काठमाडौँ उपत्यकालाई कर्मथलो बनाएर बसोबास गर्दै आएका सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले धुमधामका साथ आइतबार गौरा पर्व मनाएका छन् । प्रशंसा संरक्षण समूहले टुँडिखेलमा आयोजना गरेको गौरा मेलामा भेला भएका हजारौँ सुदूर र कर्णालीका बासिन्दाले त्यहाँको कला तथा सांस्कृतिक नृत्यसहित गौरा नाच र देउडा खेलेर यो पर्व मनाएका हुन् । गौरा […]
काठमाडौँ, भदौ १६ गते । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिन्छ । हाल मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । […]
रेसुङ्गा(गुल्मी), भदौ १६ गते । गुल्मीको मुसिकोट नगरपालिका–३ कोे साना किसान कृषि सहकारी संस्थाले पहाडी भेगमा उत्पादन हुने पोषिलो मकैको आटो औपचारिक रुपमा बजारिकरण गरेको छ । आटो बजारिकरणको शुभारम्भ मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल ‘जीवन’ ले गर्नुभयो । सोही अवसरमा बोल्दै खरेलले स्थानीय उपजमा आधारित उद्योग र उद्यम व्यावसाय नगरको प्राथमिकतामा रहेको बताउँदै मकैपछि […]
थियानजिन (चीन),भदौ १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ । चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा सोमबारबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री […]
बागलुङ, भदौ १५ गते । जिल्लाको गलकोटका एक युवती गैरकानुनी रूपमा विदेश जाँदा हिंसामा परिन् । ती महिला पर्यटक भिसामा ओमान गएकी थिइन् । गैरकानुनी रूपमा घरेलु कामदार बस्दा हिंसामा परेर ती महिलाले धेरै दुःख पाइन् । हिंसाका कारण ज्यानै जोखिममा पारेकी ती महिलालाई सकुशल नेपाल फर्काउन त सकियो तर राहत, बिमा रकम र अन्य सेवा भने पाउन […]
बागमती, भदौ १५ गते । बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे बस्दै छ । बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । विषयगत समितिमा छलफलका क्रममा रहेको सो विधेयक समितिबाट टुङ्गिएर आएपछि प्रदेशसभा बैठकमा पेस हुने सम्भावित […]
घोराही, भदौ १५ गते । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा भदौको १४ गते शनिबार उहाँको निधन भएको थियो । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरा बाछी गाउँ निवासी पुनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौं लगिएको थियो । पुन लुम्बिनी […]