गुणस्तरहीन दुध बेच्ने ९ डेरीपसल कार्वाहीमा

दाङ, भदौै १६ गते । घोराही उपमहानगरपालिकाले गुणस्तर नभएको दुध विक्री गर्ने ९ वटा डेरीपसललाई पाँच हजार रुपियाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाको वजार व्यवस्थापन समितिको सोमबार बसेको बैठकले घोराही उपमहानगरपालिका –१५ मा रहेका ९ वटा डेरीहरुले बिक्री वितरण गरेको दुधमा नेपाल सरकारले तोकेको दुधको गुणस्तर तथा मापदण्ड बमोजिमको गुणस्तर नभएको पाइएकाले […]

जापानमा भालु आक्रमण बढ्दो

टोकियो, भदौ १६ गते ।  जापानमा भालुको आक्रमण बढेपछि सरकारले सिकारीलाई सम्भावित क्षेत्रमा राइफल तथा बन्दुक प्रयोग गर्न सजिलो हुने गरी हात हतियार सम्बन्धी नियम सहज बनाएको छ । घट्दो मानव जनसङ्ख्या तथा जलवायु परिवर्तन लगायतका कारण भालुको बास स्थानमा परेको प्रभावका कारण जापानको आवासीय क्षेत्रमा धेरै जङ्गली भालु देखिने गरेकोे छ । यस वर्षको […]

एमाले दोस्रो विधान महाधिवेशन : कस्तो छ तयारी ?

काठमाडौं, भदौ १६ गते । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आउन चार दिन बाँकी छ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिव पूरा भएको केन्द्रीय कार्यालयका पदाधिकारीहरुको भनाइ छ । पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधि र आयोजकको […]

चन्द्रागिरि–१ लाई ‘बाल श्रममुक्त वडा’ घोषणा

काठमाडौँ, भदौ १६  गते । चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा गर्ने भएको छ । यसका लागि नगरपालिकाले ‘बाल श्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । यस क्रममा आइतबार चन्द्रागिरि–१ लाई बाल श्रममुक्त घोषणा गरियो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि–१ का वडाध्यक्ष हरिश्याम रानामगरलाई ‘बाल […]

विद्युत् प्रसारण लाइनको काम छिटो सक्न निर्देशन

सुर्खेत, भदौ १६ गते । कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइनको काम तिहारसम्ममा सम्पन्न गरेर सञ्चालनमा ल्याउन सङ्घ तथा प्रदेश सरकारले एकसाथ निर्देशन दिएका छन् । शनिबार विद्युत् प्रसारण लाइन अन्तर्गत सुर्खेतदेखि बाँकेको कोहलपुरसम्म  बनेको विभिन्न संरचनाको स्थलगत निरीक्षण गर्न पुग्नुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र चिसापानीको एक छलफलमा पुगेका सङ्घका वन तथा वतावरणमन्त्री ऐनबहादुर […]

बागलुङमा एन्फा यू१४ अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु

काठेखोला (बागलुङ), भदौ १६ गते । बागलुङमा आइतबारदेखि एन्फा यू१४ अन्तर विद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । बागलुङ जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा छात्रतर्फ कालिगण्डकी आवासिय माध्यमिक विद्यालय र छात्रातर्फ न्यू ओएसिस एकेडेमीले विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा कप्तान शिव क्षेत्रीको दुई गोलको मद्दतमा […]

दुई ठाउँबाट राष्ट्रिय परिचयपत्र

पञ्चकोशी (दैलेख), भदौ १६ गते । राष्ट्रिय परिचयपत्र बनाउने विवरण भर्न आउने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले स्टेसन थप गरेको छ । पछिल्लो समयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि कार्यालयले इलाका प्रशासन कार्यालय दुल्लुमा स्टेसन थप गरेर राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरेको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बढ्दो सेवाग्राहीको चापलाई ध्यानमा […]

दशैँका लागि मुस्ताङबाट १२ हजार भेडाच्याङ्ग्रा बाहिरिने

मुक्तिनाथ (मुस्ताङ), भदौ १६ गते । दशैँलाई लक्षित गरी यसवर्ष मुस्ताङबाट १२ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी हुने भएको छ । चाडपर्वको चहलपहलसँगै कोरला नाका हुँदै तिब्बतबाट भित्रिने बाहेक मुस्ताङमै उत्पादन भएको साढे ११ हजार च्याङ्ग्रा र करिब ६ सयको हाराहारीमा भेडा बिक्री हुने अनुमान गरिएको हो । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ गाउँपालिका र तल्लो […]

गुणस्तरहीन औषधी बिक्रीबारे अनुसन्धान गर्दै औषधी व्यवस्था विभाग

काठमाडौँ, भदौ १६ गते ।  औषधी व्यवस्था विभागले गुणस्तरहीन औषधी आयात गरी विक्रीवितरण गर्ने सफल स्वास्थ्य सेवा कम्पनीमाथि अनुसन्धान अघि बढाएको छ । विभागले फार्मेसी अधिकृत सुपुष्प लामालाई छानविन गरी अनुसन्धान अघि बढाउन जिम्मेवारी दिएको छ । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले नेपालमा प्रतिबन्धित औषधी सफल स्वास्थ्य सेवाले बिक्री गरेको पाइएको जानकारी दिँदै थप […]

धुमधामसँग गौरा

काठमाडौँ, भदौ १६ गते । काठमाडौँ उपत्यकालाई कर्मथलो बनाएर बसोबास गर्दै आएका सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले धुमधामका साथ आइतबार गौरा पर्व मनाएका छन् । प्रशंसा संरक्षण समूहले टुँडिखेलमा आयोजना गरेको गौरा मेलामा भेला भएका हजारौँ सुदूर र कर्णालीका बासिन्दाले त्यहाँको कला तथा सांस्कृतिक नृत्यसहित गौरा नाच र देउडा खेलेर यो पर्व मनाएका हुन् । गौरा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल