इरानमाथिको प्रतिबन्ध खुकुलो

न्युयोर्क, असार ११ गते । अमेरिकाले इरानको विश्वकप टोलीमाथिको प्रतिबन्ध खुकुलो पारेको छ । अमेरिकी गृह सुरक्षा विभागले मङ्गलबार इरानले अब आफ्नो खेलको दुई दिनअगाडि अमेरिकाको यात्रा गर्न सक्ने जनाएको छ । यसअघि इरानी टिमलाई खेलको २४ घण्टाभित्र अमेरिकामा प्रवेश गर्न र सोही दिन छोड्नुपर्ने नियम बनाइएको थियो । इरानले गत शुक्रबार अमेरिकाले आफ्नो टिममाथि […]

भेनेजुएलामा शक्तिशाली भूकम्प, ठुलो क्षतिको आशङ्का

काराकास, असार ११ गते ।  भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकाससहित विभिन्न क्षेत्रमा भवनहरूमा क्षति पुगेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले उच्च मानवीय क्षति र व्यापक विनाशको सम्भावना रहेको जनाएको छ। रोयटर्सका अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको […]

अमेरिकाबाट दुई अमूल्य मूर्ति फिर्ता

काठमाडौँ, असार १० गते । नेपालबाट चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई वटा अमूल्य मूर्ति फिर्ता नेपाललाई फिर्ता गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आज आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । समारोहमा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी तथा म्यानहटन सरकरी […]

केप भेर्डेको अर्को स्तब्धकारी नतिजा

मियामी, असार ९ गते । विश्वकप फुटबल प्रतियोगितामा नवप्रवेशी केप भेर्डेको जादुई सुरुवात जारी रहेको छ । पाँच लाख जनसङ्ख्या मात्र भएको केप भेर्डेले पहिलो खेलमा उपाधि दाबेदार स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो । केप भेर्डेले सोमबार अर्को स्तब्धकारी नतिजा निकाल्ने व्रmममा दुई पटकको विजेता उरुग्वेसँग २–२ ले बराबरीमा खेल्यो । खेलको २१ औँ मिनेटमा […]

अस्ट्रियाविरुद्धको खेलमा मेसीमा हुने छ सबैको ध्यान

न्युयोर्क, असार ८ गते ।  उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिना र अस्ट्रियाले एकअर्कासँग सोमबार खेल्दा दुवैको नजर नकआउट चरणमा हुने छ । यी दुवैले आआफ्नो पहिलो खेल सहजै जितेका थिए । लियोनेल मेसीको प्रेरणादायी ह्याट्रिकको सहयोगमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० र अस्ट्रियाले जोर्डनलाई ३–१ ले हराएको थियो । मेसी अहिले विश्वकपका सर्वाधिक गोलकर्ताको सूचीमा मिरोस्लाभ क्लोजसँगै […]

अमेरिका र इरानबिच स्विट्जरल्यान्डमा वार्ता

काठमाडौँ, असार ८ गते ।  अमेरिका र इरानबिच आइतबार स्विट्जरल्यान्डको लुसेर्न तालमाथिको पहाडी रिसोर्ट क्षेत्र बुर्गेनस्टक रिसोर्टमा प्राविधिक स्तरको वार्ता सुरु भएको छ । वार्ता मुख्य रूपमा इरानको आणविक कार्यक्रम र लेबनानमा जारी युद्धविरामको विषयमा केन्द्रित रहेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । दुई देशबिच हालै सम्पन्न प्रारम्भिक शान्ति सम्झौतापछि बाँकी रहेका प्राविधिक तथा राजनीतिक एजेन्डालाई […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, असार ७  गते । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा, […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  असार ५ गते । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा, […]

विश्वकपमा मेसीको ह्याट्रिक

न्युयोर्क, असार ४ गते । लियोनेल मेसीले कीर्तिमान आफ्नो छैटौँ विश्वकपको सुरुवात ह्याट्रिकसहित गर्नुभएको छ । मेसीले बुधबार अल्जेरियाविरुद्धको खेलमा तीन गोल गरेर विश्वकपका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजको बराबरी गर्नुभएको हो । यी दुवै खेलाडीले विश्वकपमा कुल १६–१६ गोल गर्नुभएको छ । मेसीको ह्याट्रिकमा उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएर विजयी सुरुवात […]

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित

काठमाडौँ,  असार ३ गते । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए । खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ