इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

जेरुसलेम, मङ्सिर २६ गते । इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो । प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ। शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सन् २०२६ फेब्रुअरी २ देखि […]

अष्ट्रेलियामा नेपाली मूलका वकिल

काठमाडौँ, मङ्सिर २५ गते।  अस्ट्रेलियाको नर्थन टेरिटोरीमा (उत्तरी प्रदेश, एनटी)मा पहिलो पटक नेपाली मूलका अञ्जन पौडेल वकिलका रूपमा दर्ता हुनुभएको छ। ३० वर्षीय पौडेल आधिकारिक रुपमा अस्ट्रेलियाको नर्थन टेरिटोरी बारमा दर्ता हुनुभएको हो। पौडेलले करियरको सुरुवात प्रशासनिक सहायकका रूपमा गर्नुभएको हो। उहाँ कानुनी संस्थामा कानुन सहायकका रूपमा काम गर्दै अहिले औपचारिक रूपमा वकिल बन्न सफल […]

पाँच शव नेपाल ल्याउने तयारी

काठमाडौँ, मङ्सिर २५ गते । भारतको गोवास्थित एक नाइटक्लबमा गत शनिबार भएको आगलागीमा परेर मृत्यु भएका पाँच जना नेपाली नागरिकको शव नेपाल ल्याउन सरकारले पहल थालेको छ । उक्त नाइटक्लबको भान्सामा सिलिन्डर विस्फोट भएर आगो लाग्दा पाँच जना नेपालीसहित २५ जनाको मृत्यु भएको थियो । अन्य छ जनाभन्दा बढी घाइते भएका थिए । गोवा प्रहरीका […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, मङ्सिर २४ गते ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ५१ पैसा र बिक्रीदर १४४ रुपियाँ ११ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ ०५ पैसा र बिक्रीदर १६७ रुपियाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

श्रीलङ्कामा ७५ हजार भन्दा बढी घर क्षतिग्रस्त, राहत कार्य तीव्र

कोलम्बो, मङ्सिर २१  गते ।  श्रीलङ्का सरकारले आइतबार नयाँ चेतावनी जारी गरेको छ । श्रीलङ्कामा हालै आएको विनासकारी चक्रवातका कारण अहिलेसम्म कम्तीमा ६१८ जनाको ज्यान गएको छ । गत हप्ता आएको चक्रवातले २० लाखभन्दा बढी मानिसलाई प्रभावित पारेको छ, जुन जनसङ्ख्याको करिब १० प्रतिशत हो । यो शताब्दीको सबैभन्दा विनाशकारी चक्रवात मानिएको छ । प्रकोप […]

विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु

काठमाडौँ, मङ्सिर १९ गते । आइसिसी महिला टि–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । मूलपानीस्थित खेल मैदानमा आजदेखि टोलीको बन्द प्रशिक्षण सुरु भएको हो । यसअघि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले  बिहीबार २६ सदस्यीय  प्रारम्भिक टोली घोषणा गरेको थियो । उक्त टोलीमा इन्दु बर्मा, राजमति ऐरी, सीता रानामगर, […]

नेपालद्वारा श्रीलङ्कामा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ, मङ्सिर १५  गते । नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण अनेकौँ जनजीवनको क्षति र देशभर व्यापक क्षतिबारे गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो । द्विपक्षीय नातासम्बन्धको आत्मीय भावनाका आधारमा, यस कठिन घडीमा नेपाल सरकारले श्रीलङ्कासँग दृढतापूर्वक उभिएको उल्लेख गरेको […]

एसिसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

काठमाडौँ, मङ्सिर १५  गते । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ । उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित […]

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपियाँ बराबरको सेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ । आयोजनाको लागत निर्माण अवधिको व्याजबाहेक एक अर्ब ५१ करोड २७ […]

श्रीलङ्काकामा मौसमी प्रकोपका कारण सार्वजनिक आपतकाल घोषणा

कोलम्बो, मङ्सिर १३ गते ।  श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले हालको खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गर्नु भएको छ । घोषणाले सार्वजनिक सुरक्षा अध्यादेश अन्तर्गत आपतकालीन नियम राष्ट्रव्यापी लागु गर्न सरकारलाई अधिकार प्रदान गर्दछ । आपतकाल घोषणा गर्नुको उद्देश्य सार्वजनिक सुरक्षाको रक्षा गर्नु, राष्ट्रिय स्थिरता कायम राख्नु रहेको जनाइएको छ । […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल