अन्तर्राष्ट्रिय र्‍यापिड चेसमा नेपाललाई छैटौँ स्थान

काठमाडौँ, असोज ५ गते । रुसको गणराज्य काल्मिकियामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट चेस प्रतियोगिता अन्तर्गत र्‍यापिड १५ मिनेट १० सेकेन्ड इनक्रिजमेन्टका खेल सम्पन्न भएका छन् । बुद्धिस्ट राष्ट्रबिच आमन्त्रित अन्तर्राष्ट्रिय चेस प्रतियोगिता नौ टिमका खेलाडीले व्यक्तिगत प्रतिस्पर्धाको आधारमा राष्ट्रको प्रतिनिधि गरेका छन् । प्रतियोगितामा आयोजक क्याल्मिकिया २०.५ अङ्कसहित पहिलो भएको छ । रसियाकै बुयाटिया टिमले […]

फिलिपिन्समा भ्रष्टाचारविरुद्ध प्रदर्शन

 मनिला, असोज  ५  गते । सांसद, अधिकारी र व्यवसायीहरू संलग्न भएको भनिएको बाढी नियन्त्रण परियोजनाको ठूलो घुसघोरी प्रकरणले आक्रोश बढेपछि आइतबार हजारौँ प्रदर्शनकारीहरू फिलिपिन्सको राजधानी मनिलामा सडकमा उत्रिएका छन् । हिंसा रोक्न प्रहरी र सेनालाई सतर्क पारिएको थियो । ऐतिहासिक मनिला पार्क र राजधानी क्षेत्रको इड्सा राजमार्ग नजिक लोकतन्त्र स्मारक वरिपरि छुट्टै प्रदर्शनस्थलहरूमा सुरक्षाका लागि […]

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबिच फोन वार्ता

काठमाडौँ, असोज २ गते। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोन वार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्नुभएको थियो । साथै उहाँले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका […]

बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने

ढाका, असोज २ गते । बङ्गलादेश निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँका परिवारका सदस्यलाई आगामी वर्ष फेब्रुअरीमा हुने राष्ट्रिय चुनावमा मतदान गर्न नपाउने घोषणा गरेको छ । “आगामी संसदीय चुनावले देशभित्र र विदेशमा दुवै मतदानको सुविधा दिने छ । विदेशमा रहेका बङ्गलादेशीले अनलाइन दर्ता गर्नु पर्ने छ, जसका लागि हाल नयाँ प्रणाली विकास भइरहेको […]

संवादमार्फत आफैँ समाधान खोजियोस्

रचनात्मक रूपमा संवादमार्फत समाधान खोजियोस् : महासचिव गुटेरेस  संयम अपनाउने र शान्तिपूर्ण माध्यम तथा संवादमार्फत कुनै पनि विषयलाई सम्बोधन गर्ने कुराको आशा गर्छौं : भारत समस्याको सही तरिकाले समाधान गर्दै छिटोभन्दा छिटो आफैँले शान्ति र स्थिरता कायम गर्ने विश्वास छ : चीन काठमाडौँ, भदौ २७ गते। नेपालमा पछिल्लो समय विकसित घटनाक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घ, मित्रराष्ट्रलगायत अन्तर्राष्ट्रिय मित्र तथा […]

चीन भ्रमण फलदायी

काठमाडौँ, भदौ १९ गते । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्कनुभएको छ  । उहाँ राति करिब १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँलाई विमानस्थलमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणालगायत मन्त्रीपरिषद्का सदस्य एवं उच्च पदस्थ सरकारी अधिकारीहरूले स्वागत गर्नुभएको थियो […]

खुल्यो उच्च सिपका श्रमिकलाई पनि कोरियाको बाटो

काठमाडौँ, भदौ १७ गते । उच्च सिप भएका युवाका लागि दक्षिण कोरिया जाने बाटो खुलेको छ । नेपाली श्रमिक ई–७ भिसामा दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधि तेस्रो पटक संशोधन भएसँगै नेपाली युवालाई उच्च सिपमा कोरिया जाने बाटो खुलेको हो । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत ई–९ भिसामा नेपाली युवा जिटुजीबाट जाँदै आएका छन् । […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, भदौ १७ गते ।  नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ८२ पैसा र बिक्रीदर १४१ रुपियाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६५ रुपियाँ तीन पैसा र बिक्रीदर १६५ रुपियाँ ७३ पैसा, युके पाउन्ड […]

प्रधानमन्त्री ओली आज बेइजिङ जानुहुँदै

थियानजिन (चीन), भदौ १७ गते ।  चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बेइजिङ जाँदै हुनुुहुन्छ । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा […]

जापानमा भालु आक्रमण बढ्दो

टोकियो, भदौ १६ गते ।  जापानमा भालुको आक्रमण बढेपछि सरकारले सिकारीलाई सम्भावित क्षेत्रमा राइफल तथा बन्दुक प्रयोग गर्न सजिलो हुने गरी हात हतियार सम्बन्धी नियम सहज बनाएको छ । घट्दो मानव जनसङ्ख्या तथा जलवायु परिवर्तन लगायतका कारण भालुको बास स्थानमा परेको प्रभावका कारण जापानको आवासीय क्षेत्रमा धेरै जङ्गली भालु देखिने गरेकोे छ । यस वर्षको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल