alliance khabar

सोमबार, चैत्र ०९, २०८२

काठमाडौं, चैत ९ गते ।

 विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलको आगमन र प्रस्थान कक्षमा विशेष डेस्क स्थापना गरी सेवा दिन सुरु गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेका अनुसार पहिला एनआरएनए र भिषा फ्रि भएका मुलुक र व्यक्तिका लागि छुट्टै डेस्को व्यवस्था गरिएको थियो । अब नेपाली मूलका विदेशी नागरिकलाई पनि अध्यागमनमा छुट्टै डेस्कको व्यवस्था गरिएको छ । नेपाली भाषा, संस्कृति र मातृभूमिप्रतिको सम्बन्ध अझ सुदृढ बनाउने, साथै पर्यटन र लगानी प्रवर्धन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।

अध्यागमन विभागको यही चैत ८ गतेको निर्णय अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको आगमन र प्रस्थान तर्फ नेपाली मूलका विदेशी नागरिक का लागि छुट्टै लाईन र अध्यागमन डेस्कको व्यवस्था गरिएको अध्यागमन कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल