आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

काठमाडौँ, मङ्सिर ४  गते । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस  मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घ आह्वानमासन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घीय बाल कोष […]

स्पेन, बेल्जियम र स्विट्जरल्यान्ड फिफा विश्वकपमा छनोट

काठमाडौँ, मङ्सिर ३ गते ।  स्पेन, बेल्जियम र स्विट्जरल्यान्ड सन् २०२६ को फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत मङ्गलबार राति भएको खेलमा स्पेनले टर्कीसँग २–२ गोलको बराबरी खेल्दै विश्वकपमा स्थान बनाएको हो । जितसँगै समूह समूह ‘इ’ रहेको स्पेन ६ खेलबाट १६ अङ्क जोड्दै शीर्षस्थानमा रह्यो । प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली स्पेनका लागि ड्यानी ओल्मो […]

भाषा परीक्षा आजदेखि

काठमाडौँ, मङ्सिर १ गते । वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको उत्पादनतर्फको पहिलो चरण भाषा परीक्षण सोमबार (मङ्सिर १) देखि सुरु हुँदै छ । सन् २०२५ मा इपिएसमार्फत दक्षिण कोरिया जान भाषा परीक्षाका लागि आवेदन दिएका एक लाख दुई हजारमध्ये उत्पादनतर्फका ६७ हजारको भाषा परीक्षा सोमबारदेखि हुन लागेको हो । इपिएस शाखाका […]

कार्बन उत्सर्जन न्यूनीकरणबापत चौरानब्बे लाख अमेरिकी डलर प्राप्त

काठमाडौँ, मङ्सिर १ गते ।  नेपालले तराईको वन प्रणालीबाट कार्बन उत्सर्जन न्यूनीकरण गरेबापत ९४ लाख अमेरिकी डलर प्राप्त गरेको छ । नेपालले लगभग १८ लाख ८० हजार टन कार्बन डाइअक्साइड घटाएबापत विश्व बैङ्कको वन कार्बन साझेदारी सुविधा (एफसिपिएफ) मार्फत उक्त भुक्तानी प्राप्त गरेको विश्व बैङ्कले जनाएको छ । यो कार्बन उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता अन्तर्गत […]

रेमिट्यान्स बढ्दा थुप्रियो डलर

काठमाडौँ, मङ्सिर १ गते । विदेशमा रहेका नेपालीले पठाउने रकम बढ्दा मुलुकमा डलरको सञ्चिति निरन्तर बढिरहेको छ । निर्यातमा देखिएको उल्लेख्य वृद्धिले मुलुकभित्र डलर भित्र्याउन थप सहयोग पुगेको तथ्याङ्कले देखाउँछ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउन–असोज) सम्म २१ अर्ब २१ करोड डलर (२९ खर्ब ७९ अर्ब रुपियाँ) बराबरको […]

अमेरिका-स्विट्जरल्यान्ड व्यापार सम्बन्ध सुदृढ, शुल्क दर घटाइयो

वासिङ्टन, कात्तिक २९ गते ।  संयुक्त राज्य अमेरिकाले स्विट्जरल्यान्ड (स्विस) आयातमा लाग्ने ३९ प्रतिशत शुल्क घटाएर १५ प्रतिशत पुर्‍याउने सहमति जनाएको छ । उक्त निर्णय शुक्रबार जारी गरिएको ह्वाइट हाउसको वक्तव्यमा उल्लेख गरिएको हो । महिनौँको वार्तापछि संयुक्त राज्य अमेरिका, स्विट्जरल्यान्ड र लिकटेन्स्टाइनबिच एक प्रारम्भिक व्यापारिक ढाँचा (फ्रेमवर्क) सम्झौता भएको ह्वाइट हाउसले जनाएको छ । […]

ओमानसँगको श्रम सम्झौतालाई अन्तिम रूप दिने सरकारको तयारी

काठमाडौँ, कात्तिक २७ गते । नेपाल सरकारले ओमान सरकारबाट पठाइएको श्रम सम्झौतापत्रलाई अन्तिम रूप दिन प्रक्रिया अगाडि बढाएको छ । नेपाल र ओमानबिच कूटनीतिक सम्बन्ध कायम भएको ४८ वर्षपछि श्रम सम्झौतालाई अन्तिम रूप दिन लागिएको हो । नेपाल र ओमानबिच विसं २०३४ मा कूटनीतिक सम्झौता भएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री तथा […]

सस्तो दरमै विद्युत् आयात : प्राधिकरण

काठमाडौँ, कात्तिक २३ गते । नेपाल विद्युत् प्राधिकरणले हिउँदयामको विद्युत् आयातलाई थप सुनिश्चित र दिगो बनाउने गरी भारतबाट विद्युत् खरिद गर्न प्रतिस्पर्धाकै आधारमा सम्झौता भएको जनाएको छ । प्राधिकरणले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रस्ताव गरेका दुई कम्पनीमध्ये सस्तो दर प्रस्ताव गरको कम्पनीमार्फत विद्युत् आपूर्ति गर्न सम्झौता गरिएको स्पष्ट पारेको हो । प्राधिकरणले भारतको ऊर्जा […]

अन्तर्राष्ट्रिय सम्बन्धबारे जेनजी पुस्ताले चासो दिनुपर्नेमा जोड

काठमाडौँ, कात्तिक २२ गते। त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष एवं प्राध्यापक डा. खड्ग केसीले अबको शासन प्रणाली सुधारसँगै संस्कार परिवर्तनमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले आज यहाँ आयोजना गरेको ‘जेनजी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा डा केसीले जेनजी आन्दोलनपछि मुलुकले सुशासनको परिकल्पना […]

राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्किँदै

काठमाडौँ, कात्तिक २० गते ।  राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी  भएर आज अपराह्न स्वदेश फर्किँदै हुनुहुन्छ । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गर्नुभएको थियो । सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल