प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, साउन १४ गते । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । यस्तै, सभामुख […]

देवानगञ्ज घटनाबारे सर्वदलीय बैठक सुरु

काठमाडौँ, साउन १३ गते ।  सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बैठक सुरु भएको हो। बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, जनमत पार्टीका अध्यक्ष […]

सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिल

काठमाडौँ, साउन १३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभयो, “प्रधानमन्त्रीका रूपमा मात्र होइन, यही देशका नागरिकका रूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुःखी छु । […]

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ, साउन १३ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । बुधबार बिहान ८ सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा सर्वदलीय बैठक आह्वान गरिएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार  बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसहित उपेन्द्र यादव, महन्थ […]

काङ्ग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनप्रति संयोजक प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौँ, साउन १२ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। संयोजक प्रचण्डले एक शोक वक्तव्य जारी गर्दै वरिष्ठ नेता श्रेष्ठको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको हो। नेपालको शान्ति प्रक्रिया र गणतान्त्रिक आन्दोलनमा दिवङ्गत श्रेष्ठले पुर्‍याउनुभएको योगदान […]

काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौँ, साउन १२ गते । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। मङ्गलबार दिउँसो ललितपुरस्थित एक अस्पतालमा उपचारका क्रममा वरिष्ठ नेता श्रेष्ठको निधन भएको नेपाली काङ्ग्रेसका महामन्त्री गुरु घिमिरेले जानकारी दिनुभयो। पार्टीको कार्यवाहक सभापति, उपसभापतिलगायत विभिन्न भूमिकामा रहेर गरेको योगदान गर्नुभएका श्रेष्ठ क्यान्सर पीडित हुनुहुन्थ्यो । उहाँ विगत १५ दिनदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालको […]

समस्या समाधान गर्न प्रतिबद्ध

बेलौरी (कञ्चनपुर), साउन ११ गते । कञ्चनपुरमा प्रतिनिधि सभा सदस्यले नागरिक सुनुवाइ तथा जनतासँग सांसद कार्यक्रममार्फत जनगुनासा र समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्यले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै व्याप्त जनगुनासो र समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य […]

रास्वपा बागलुङको जिल्ला अधिवेशन साउन १६ गते हुने

बागलुङ (गलकोट), साउन ९ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन यही साउन १६ गते हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले यसअघि बागलुङ जिल्ला अधिवेशनबाट गठन गरिएको जिल्ला कार्यसमिति बदर गर्दै पुनः अधिवेशन गराउने निर्णय गरेपछि नयाँ अधिवेशन आयोजना गर्न लागिएको रास्वपा नेता पुनम शर्माले जानकारी दिनुभयो । केन्द्रीय निर्वाचन आयोगले […]

निर्यातजन्य उद्योगीसँग प्रधानमन्त्रीको छलफल : भन्सार सहजीकरण र कानुन परिमार्जनको आश्वासन

काठमाडौँ, साउन ९ गते।  प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ। नेपालका प्रमुख निर्यातजन्य उद्योग–व्यवसायमा आबद्ध विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको करिब दुई घण्टा लामो छलफलका क्रममा उहाँले सो कुरा बताउनुभएको हो। छलफलमा नेपाल प्लाइउड उत्पादक […]

पुष्पलाल स्मृति दिवस मनाइँदै

काठमाडौँ,  साउन ७ गते ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ