सप्तरी, साउन १९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको जिल्ला कार्य समिति चयनको लागि आज (सोमबार) मतदान हुने भएको छ । निर्वाचन समितिले आइतवार साँझ सूचना जारी गर्दै संशोधित निर्वाचन तालिका सार्वजनिक गरेको हो । संशोधित तालिका अनुसार, उम्मेदवारको अन्तिम नामावली साँझ ७ बजे प्रकाशित गरिएको छ भने १९ गते सोमबार बिहान ११ […]
काठमाडौँ, साउन १८ गते । सङ्घीय संसद्का दुई समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ । सो समितिले […]
कल्याणपुर (सप्तरी), साउन १८ गते । जनमत पार्टी सप्तरीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार राजविराजमा सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख डा. जयकान्त राउतले प्रशिक्षण दिनुहुँदै सङ्गठन सुदृढीकरण र जिम्मेवारीप्रति प्रतिबद्ध हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । सप्तरी जिल्लाका १८ वटै पालिकाबाट सहभागी भएका सदस्यहरूलाई सम्बोधन गर्दै उपाध्यक्ष […]
काठमाडौं, साउन १५ गते । नेपाल तरुण दलको ३२ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । तरुण दलका अध्यक्ष विद्धान गुरुङका अनुसार आउँदो मंसिर २६, २७ र २८ गतेसम्म पाँचौं महाधिवेशन सम्पन्न गर्ने लक्ष्य अनुरुप अहिले सदस्यता वितरणको कार्य भइरहेको छ । उहाँले हालसम्म ६५ जिल्लामा सदस्यता वितरणको कार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “६० देखि […]
खाँदबारी (सङ्खुवासभा), साउन १६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभालाई जलविद्युतकाे केन्द्रका रूपमा विकसित गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । खाँदबारी नगरपालिका–१ मा पावर हाउस सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी २० दिने तालिमको उद्घाटन समारोहमा आज उहाँले अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथोजस्ता बहुचर्चित आयोजना निर्माणको चरणमा रहेकाले यिनको […]
ललितपुर, साउन १६ गते। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक चरित्रसहित नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका बताउनुभएको छ। नेपाली कांग्रेसको थारु विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘वर्तमान अवस्थामा थारु समुदायको सामाजिक, आर्थिक, राजनीतिक अवस्थाः अवसर र चुनौती’ विषयक विचार गोष्ठीमा उहाँले नेपाली कांग्रेस थारु समुदायको उत्थान र विकासका लागि […]
बाँके, साउन १६ गते । बाँकेमा निर्माणाधीन मध्ये ३८ वटा खानेपानी आयोजना चालु आर्थिक वर्षदेखि अधुरो अवस्थामा रहने देखिएको छ । खानेपानी तथा सरसफाई कार्यालय बाँकेका वरिष्ठ अधिकृत प्रकाशजङ्ग शाहका अनुसार सङ्घीय सशर्त अनुदानबाट निर्माण भइरहेका सबै ३८ वटा आयोजनाका लागि चालु आवमा बजेट कटौती गरिएको छ । खानेपानी तथा सरसफाई कार्यालय बाँकेका वरिष्ठ अधिकृत […]
नोम पेन्ह, साउन १५ गते । कम्बोडियाले बिहीबार थाइल्यान्डलाई २० सैनिक फिर्ता गर्न आग्रह गरेको छ । ती सैनिकलाई दशकौँको सबैभन्दा रक्तपातपूर्ण सीमा सङ्घर्षलाई रोक्न युद्धविराम भएको केही घण्टापछि कब्जामा लिइएको थियो । पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको मृत्यु भएपछि दुवै देशले मङ्गलबारदेखि युद्धविरामको सहमति गरेका थिए । विवादित सीमावर्ती मन्दिरहरूको दीर्घकालीन विवादले […]
बाजुरा, साउन १५ गते । स्याउ पाक्ने बेलामा बाटो बन्द हुँदा बाजुरामा स्याउ किसान अहिले चिन्तामा परेका छन् । जिल्लाको पूर्वी–उत्तर क्षेत्रको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा लगायतका ठाउँमा स्याउ पाक्ने बेला भएको छ । यसबेला यहाँको मार्तडी–कोल्टी सडक सधै यसरी नै अवरुद्ध हुने गरेकाले यहाँका किसान स्याउ पाकेपछि बजारमा बिक्री गर्न कसरी लैजाने […]
रुस, साउन १४ गते । रुसको पूर्वी तटपारि क्षेत्रमा बुधबार ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि धेरै क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको छ । अमेरिकी जीओलोजिकल सर्भे यूएसजीएसका अनुसार रुसको सुदूरपूर्वमा पर्ने क्याम्चाट्का प्रायःद्वीपमा उक्त शक्तिशाली भूकम्प गएको हो । बिबिसीकाअनुसार जापानको पूर्वी तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिइएको छ […]