रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ, वैशाख २० गते । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । सो पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बैठक बस्न लागेको हो । पार्टी सभापतिको निर्देशनअनुसार पार्टी सचिवालय बैठक बस्न लागेको हो । बैठकमा स्थानीय तह […]

सबै मिलेर देश बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

स्याङ्जा, वैशाख १९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै मिलेर देश बनाउनुपर्नेमा जोड दिनुभएको छ । भीरकोट नगरपालिका–१ मा नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश र स्थानीय तहलाई आदेशभन्दा कानुन परिमार्जन गरेर विकासलाई गति दिन आग्रह गर्नुभयो । आर्थिक स्रोत सीमित भएकाले जनताले अपेक्षा गरेअनुसारको विकास दिन नसकिएको उहाँको भनाइ थियो […]

अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियो गोरबिच भेट

काठमाडौँ, वैशाख १९ गते ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत सर्जियो गोरबिच शुक्रबार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा दिउँसो साढे तीन बजे भएको उक्त भेटवार्तामा उहाँहरूबिच नेपाल र अमेरिकाबिचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ । झण्डै २० मिनेट चलेको […]

राष्ट्रपतिबाट सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश जारी

काठमाडौँ, वैशाख १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण (निवारण अध्यादेश, २०८३ जारी गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश शुक्रबार अध्यक्षदेश जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ […]

“सत्ता हैन, सेवामुखी शासन”

काठमाडौँ, वैशाख १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको अनौपचारिक बैठकमा सरकार सञ्चालन, राजनीतिक संस्कारमा परिवर्तन र जनउत्तरदायित्वका विषयमा गम्भीर छलफल भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले पार्टीका नीति, व्यवहार र सङ्गठन तिनै तहमा सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ । बैठकमा सभापति रवि लामिछानेले सांसद र मन्त्रीबिच नियमित अन्तर्क्रिया प्रणाली विकास […]

कांग्रेसको राष्ट्रियसभाको सचेतकमा परियार

काठमाडौँ, वैशाख १६ गते । नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि सचेतकमा पदमबहादुर परियारलाई मनोनित गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टीको संसदीय दलको विधानबमोजिम राष्ट्रियसभाका लागि सचेतकमा उहाँलाई आज मनोनयन गर्नुभएको संसदीय दलको कार्यालयले जनाएको छ ।

नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा

काठमाडौँ, वैशाख १७ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा  बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो । नेकपा प्रवक्ता प्रकाश ज्वालाले विभिन्न कम्युनिस्ट घटकबिच एकता भएपछि राष्ट्रिय महाधिवेशन मङ्सिरमा गर्ने निर्णय भएको जानकारी […]

वैशाख ११ : लोकतन्त्र दिवस

काठमाडौँ, वैशाख  ११ गते । बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । जनताको विजय भएको खुसीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा […]

लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै

गुल्मी, वैशाख ८ गते।  लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत चौधौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ। बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि […]

‘शून्य बाँकी फाइल सप्ताह’ सफल

काठमाडौँ, वैशाख ८ गते । सरकारले गत सातादेखि सुरु गरेको ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सफल बनेको छ । अधिकांश सरकारी कार्यालयमा काम हुन नसकी अगाडि नबढेका र कतिपय रोकिएका फाइलको काम अभियान सञ्चालनको एक सातामा सम्पन्न भयो । मुद्दा परेका र कानुन अभावमा रोकिएका फाइलबाहेक सरकारी कार्यालयका अन्य सबैजसो फाइल अगाडि बढी शून्य बाँकी फाइल अभियान […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल