मेची राजमार्गमा सडक र विद्युत ६ घण्टा बन्द

फुङलिङ, पुस २५ गते ।  मेची राजमार्गअन्तर्गत बहानन्दे काबेली सडकखण्ड र  विद्युत सेवा शुक्रबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । आगामी पुस २८ गतेसम्म चार दिनका लागि उक्त सडक खण्डमा साना तथा ठुला सबै सवारी साधन अवरुद्ध हुने भएको हो । मेची राजमार्गअन्तर्गतको काबेली–बहानन्देसम्मको साँघुरो सडकको स्तरोन्नति गर्ने कार्य शुक्रबारबाट सुरु हुने भएकाले […]

मन्त्री सिन्हालाई ऊर्जासहित चार मन्त्रालयको जिम्मेवारी

काठमाडौँ, पुस २४ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत सम्हाल्दै आउनुभएका अनिलकुमार सिन्हालाई तोक्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का ऊर्जा मन्त्रालयसहित भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालयसमेत सम्हाल्दै आउनुभएका मन्त्री कुलमान घिसिङले नेपालको […]

प्रधानमन्त्री कार्की र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

काठमाडौँ, पुस २४ गते ।  प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गर्नुभएको छ । बिहीबार साँझ  प्रधानमन्त्री निवास बालुवाटार पुगेर राप्रपा अध्यक्ष लिङ्देनले भेटवार्ता गर्नुभएको हो । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार राप्रपा अध्यक्षसहितको टोली प्रधानमन्त्रीलाई पुस २७ गते पृथ्वी जयन्तीको चियापान समारोहको निम्तो दिएको छ । भेटमा प्रधानमन्त्री कार्कीले […]

सबैलाई एकताबद्ध गरेर लैजान छलफल जारी छ : उपसभापति गुरुङ

काठमाडौँ, पुस २४ गते ।  नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एकतावद्ध गरेर अघि बढाउने विषयमा निरन्तर छलफल भइरहेको बताउनुभएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति गुरुङले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरिसकेको तथा केन्द्रीय कार्यसम्पादन समितिले नियमित महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको सन्दर्भमा दुवै विषयलाई मिलाएर लैजानेबारे छलफल […]

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडौं, पुस २४ गते । प्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच निर्वाचन केन्द्रित छलफल भएको छ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच फागुन २१ गतेको निर्वाचनलाई भयरहित र […]

राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौँ, पुस २४ गते ।  निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य […]

सुदूरपश्चिमबाट एमाले, कांग्रेस र नेकपाका उम्मेदवारले दर्ता गरे उम्मेदवारी

चौमाला (कैलाली), पुस २३गते । राष्द्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन कार्यक्रम अनुसार धनगढीस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरिएको हो। केन्द्रमा भएको सहमति अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले एक–एक सिटका लागि उम्मेदवारी दर्ता गरेका छन्। नेपाली कांग्रेसको तर्फबाट […]

चेपाङ समुदायका तीन जना समानुपातिक सूचीमा

मकवानपुर, पुस २३ गते  । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक सूचीमा चेपाङ समुदायका तीन जना परेका छन् । सीमान्तकृत समुदायबाट मकवानपुरका एकसहित तीन जना चेपाङ समुदायका समानुपातिक सूचीमा परेका हुन् । संविधान सभाका सदस्य एवं नेपाल चेपाङ सङ्घका अध्यक्ष गोविन्दराम चेपाङले फरक तीन वटा पार्टीबाट तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक […]

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : प्रदेश सचिवको जिम्मेवारी तोक्ने निर्णय

दाङ, पुस २१ गते ।  लुम्बिनी सरकारले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने तथा हेरफेर गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आइतबार बसेको लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । शम्भुप्रसाद मैनालीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विनोद लामिछानेलाई पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बन्धुप्रसाद बस्तोलालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, खिमबहादुर […]

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ, पुस १७ गते।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिनुभएको छ। १३औँ राष्ट्रिय पोसाक दिवस तथा अन्तरराष्ट्रिय टोपी दिवस–२०८२ को अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले राष्ट्रिय पहिचानको प्रवर्द्धन अभियानलाई सरकारको साथ रहने विश्वास व्यक्त गर्नुभयो । सञ्चारमन्त्री […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल