alliance khabar

शुक्रबार, फाल्गुण २२, २०८२

मनाङ, फागुन २२ गते ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी हुनुभएको हो।

मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गर्नुभएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ (नवीन)ले नौ मत पाउनुभएको छ ।

सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रको मतपेटिका आज मतगणना स्थलमा ल्याइएपछि मतगणना थालिएको थियो । मनाङमा ५४ दशमलव ८० प्रतिशत मत खसेको थियो । यहाँ कुल सात हजार मतदातामध्ये दुई हजार ९२३ मत खसेको र ४५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिनुभयो । मनाङ कुल मतदाता सात हजार छन् ।

को हुनुहुन्छ गुरुङ ?

टेकबहादुर गुरुङ मनाङबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका प्रभावशाली नेता र पूर्वमन्त्री हुनुहुन्छ । उहाँले जिल्लाको विकासमा सक्रिय रहेर राजनीतिसँगै पर्यटन र पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ ।

२०७० मा दोस्रो संविधान सभा निर्वाचनमा पनि गुरुङ निर्वाचित हुनुभएको थियो । उहाँ २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का पोल्देन छोपाङ गुरुङसँग २८९ मतले पराजित हुनुभएको थियो । त्यसपछि उहाँ फेरि २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा २०७० फागुन १३ गतेदेखि २०७२ पुस ९ गतेसम्म श्रम तथा रोजगार राज्यमन्त्रीसमेत बन्नुभएको थियो ।

२०३६ सालमा वीपी कोइरालाबाट नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिमा प्रवेश गर्नुभएका नेपाली कांग्रेस, मनाङका नेता एवं पूर्वजिल्ला सभापति टेकबहादुर गुरुङले एसएलसीसम्मको शिक्षा आर्जन गर्नुभएको छ । २०११ साल मङ्सिर ११ गते मनाङ ङिस्याङ गाउँपालिका–८, टङ्की मनाङमा उहाँको जन्म भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल