alliance khabar

बिहिबार, फाल्गुण १४, २०८२

जमुनाह (बाँके), फागुन १४ गते।

 नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा देशको राजनीतिलाई नयाँ युगमा लैजाने बताउनुभएको छ। बिहीबार बाँकेको जानकीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले आगामी पाँच वर्षका लागि कांग्रेस स्पष्ट योजना र कार्यक्रमसहित मतदातामाझ आएको बताउनुभयो।

सभापति थापाले आफ्नो दुई दशक लामो राजनीतिक र सामाजिक अनुभवको स्मरण गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा आफ्नो अडान कायमै रहेको उल्लेख गर्नुभयो। “मैले सुरु गरेको स्वास्थ्य बिमा प्रणाली अहिले प्रभावकारी हुन सकेको छैन, यो ध्वस्त जस्तै बनेको छ,” उहाँले भन्नुभयो, “यसको आमूल सुधार अबको प्राथमिकता हुनेछ।” उहाँले शिक्षालाई निःशुल्क र स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन आफू निरन्तर लागिपरेको बताउनुभयो।

पार्टी नेतृत्वले गल्ती गर्दा समेत विरोध गर्ने साहस राखेका कारण आफूले कतिपय अवस्थामा आलोचना खेप्नुपरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रतिपक्षमा हुँदा मात्र होइन, सत्तामा हुँदा पनि आफ्नै पार्टीको गलत कदमको विरोध गर्ने व्यक्ति म नै हुँ। म सधैँ जनताको हितलाई केन्द्रमा राखेर राजनीति गर्छु।”

देशमा अझै बेरोजगारी र विकासको असन्तुलन जस्ता समस्या विद्यमान रहेको स्वीकार गर्दै उहाँले ती समस्या समाधानका लागि ठोस कार्ययोजना आवश्यक रहेको औँल्याउनुभयो। उहाँले कांग्रेसले जितेपछि सार्वजनिक रूपमा कार्ययोजना प्रस्तुत गर्ने प्रतिबद्धता जनाउनुभयो। “आगामी वैशाख १ गतेदेखि क्रमशः कामको विवरण र लक्ष्य सार्वजनिक गर्नेछौँ,” उहाँले थप्नुभयो, “प्रत्येक महिना प्रगति प्रतिवेदन दिँदै कामलाई नतिजामुखी ढङ्गले अघि बढाउने हाम्रो सङ्कल्प छ।”

कार्यकर्ताहरूलाई निर्देशन दिँदै सभापति थापाले सामाजिक सञ्जालको मात्र भर नपर्न आग्रह गर्नुभयो। “अल्गोरिदमको राजनीतिले संसारभरि नै घृणा र उत्तेजना फैलाउनेको पक्ष लिन्छ, त्यसैले घर–घरमा पुगेर संयमित ढङ्गले आफ्ना कुरा राख्नुस्,” उहाँले भन्नुभयो।

प्रतिनिधि सभा निर्वाचन लक्षित सो सभामा सहभागी हुन सभापति थापासहितका नेताहरू हेलिकप्टरमार्फत बाँके आउनुभएको थियो। कार्यक्रममा बाँके र बर्दियाका उम्मेदवार तथा स्थानीय नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ