मलेखु, मङ्सिर २० गते । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् । स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा […]
फिदिम,मङ्सिर १९ गते । पाँचथरको फिदिममा अप्रेसन नगरी नै गाईको पेटबाट किलाकाँटी र फलामका टुक्रा निकालिएको छ । फिदिम नगरपालिका-२ का किसान कृष्ण ओझाले पालेको गाईको पेटबाट झण्डै एकसय ग्राम किलाकाँटी र फलामका टुक्रा निकालिएको हो । कुँडो, घाँस र खानेकुरा खाँदा निलिएका ती किलाकाँटी मुखबाट चुम्बकीय यन्त्र छिराएर तानिएको उपचारमा संलग्न पशु चिकित्सक पुष्प […]
काठमाडौँ, मङ्सिर १९ गते । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबारको खेलमा जनकपुरलाई चार विकटले हराएसँगै लुम्बिनी अन्तिम टिमको रुपमा प्लेअफ प्रवेश गरेको हो । यसअघि सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्स प्लेअफ प्रवेश गरिसकेका छन् । कीर्तिपुरस्थित मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले पूरै २० […]
काठमाडौँ, मङ्सिर १९ गते। निर्वाचन आयोगले निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दललाई निर्देशन दिएको छ। आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार २०८२ माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक […]
काठमाडौं, मङ्सिर १९ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । देउवा निवास महाराजगन्जमा शुक्रबार अपरान्ह भएको भेटवार्तामा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार सभापति र अध्यक्षबिच समसामयिक राजनीतिक विषय र […]
काठमाडौँ, मङसिर १९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको बताउनु भएको छ । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिदैँ मन्त्री खरेलले संयुक्त बैठक उपलब्धिपूण रहेको र यसले निर्वाचनको माहोल तयार गरेको उल्लेख गर्नुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो,“संयुक्त बैठकपछि निर्वाचनमा […]
काठमाडौँ, मङ्सिर १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दैै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको […]
काठमाडौँ, मङ्सिर १७ गते । मुलुकबाट वार्षिक २७ अर्ब रुपियाँ बराबरको हस्तकलाका सामान निर्यात हुने गरेको छ । स्थानीय सिप र कलाको प्रयोग गरी विभिन्न डिजाइनमा बनाइएका हस्तकलाका सामान अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको हो । व्यापार प्रवर्धन तथा निकासी केन्द्रका अनुसार आव २०८१/८२ मा २७ अर्ब रुपियाँ बराबरको हस्तकलाका सामान निर्यात भएको हो । […]
काठमाडौँ, मङ्सिर १७ गते । ६१ मेगावाटको नारखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । सिँगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको यो आयोजनाको वित्त व्यवस्थापनका सम्झौतामा सोमबार हस्ताक्षर भएको हो । सम्झौतामा नारखोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैङ्कका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले हस्ताक्षर गर्नुभयो । आयोजनामा कुमारी […]
काठमाडौँ, मङ्सिर १७ गते । कार्यालयकै बैठक कक्ष वा कार्यकक्षमै गर्न सकिने छलफल पनि होटलमा गरेर बिल भुक्तानी गर्ने, विभागीय अधिकारीहरूको जिम्मेवारीमा पर्ने कामका लागि उपसमितिहरू बनाएर बैठक खर्च लिने कर्मचारी प्रशासनको खर्चालु प्रवृत्ति अहिले ठप्प छ । सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिने सरकारको नीति कार्यान्वयन क्रममा अहिले सरकारी कार्यालयहरूमा हुने कुनै पनि […]