कञ्चनपुर, पुस २२ गते । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरले तीन वटै निर्वाचन क्षेत्रबाट सात जना उम्मेद्वारको नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटीको बैठकले तीन वटै निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकबाट सिफारिस भई आएका नामहरूमा रायसहित सात जनाको नाम प्रदेश कमिटीलाई पठाउने […]
ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले खेती (कृषि कर्म) गर्न चाहाने किसानलाई सहयोग गर्ने भएको छ । अर्काको जग्गा भाडामा लिएर खेती गर्न चाहाने किसानलाई गाउँपालिकाले अनुदान सहयोग गर्ने भएको हो । खेती अर्थात् कृषि कर्म गर्न चाहाने किसानलाई गाउँपालिकाले वार्षिक एक लाख रुपियाँसम्म अनुदान सहयोग गर्ने भएको छ । गाउँपालिकाका निमित्त प्रमुख […]
काठमाडौँ, पुस २२ गते । नेपालका विभिन्न भेगमा सोमबार यस वर्ष जाडो सुरु भएयताकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । न्यूनतम तापक्रममा गिरावट आएसँगै देशभर चिसो महसुस गरिएको छ । योसँगै चिसोजन्य स्वास्थ्य समस्या पनि बढेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । सोमबार जुम्लामा सबैभन्दा कम माइनस ६.३ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड […]
काठमाडौँ, पुस २१ गते । नेपालको ऐतिहासिक स्थलका रूपमा परिचित चन्द्रागिरिको काजी कालु पाँडे पार्कसहित आसपासको क्षेत्र रमणीय बन्दै गएको छ । काठमाडौँ उपत्यकाको धुवाँधुलोसहितको प्रदूषणबाट थोरै टाढाको यो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटनको राम्रो थलो बनेको हो । स्वदेशी मात्र नभएर विदेशी पर्यटक पनि हाइकिङ, साइकल यात्रा, हिमाल अवलोकन र पैदलयात्राका लागि पुग्ने गरेको […]
रौतहट, पुस २१ गते । रौतहटको इशनाथ नगरपालिका–४ रामनगर चमटोलमा रहेका विपन्न घरपरिवारलाई आइतबार कम्बल वितरण गरिएको छ । २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा जिल्ला प्रशासन कार्यालय रौतहटको सहयोग र सशस्त्र प्रहरी बल नेपाल नं.११ गण हेडक्वाटर रौतहटको समन्वयमा ७० घरपरिवारलाइ कम्बल वितरण गरिएको बिओपि रामपुरखाप, रौतहटका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मन्दिरा […]
रेसुङ्गा(गुल्मी), पुस २१ गते । गाउँभरी सबैले चिरञ्जीवी सर भनेर चिन्छन्, खास उहाँको नाम विश्वराज पौड्याल हो । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सार थप्लुङ्गका पौड्याल उमेरले ६१ वर्षको पुग्नुभयो । उहाँ ३५ वर्ष गाउँकै विद्यालयमा पढाएपछि उमेर हदले अवकास हुनुभएको एक वर्ष मात्रै भएकाे छ । २०४६ सालमा बलेचौरमा तीन सय रुपियाँबाट पढाउन थाल्नुभएका पौड्याल जनबोध […]
दाङ, पुस २१ गते । लुम्बिनी सरकारले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने तथा हेरफेर गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आइतबार बसेको लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । शम्भुप्रसाद मैनालीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विनोद लामिछानेलाई पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बन्धुप्रसाद बस्तोलालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, खिमबहादुर […]
ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा यसवर्ष कोदो खेती र उत्पादन केही वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष जिल्लामा खाद्यान्न बाली कोदोको खेती र उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यहाँ यसवर्ष तीन हजार हेक्टर क्षेक्रफलमा कोदो खेती गरिएको छ । उक्त क्षेत्रफल बराबरको खेतीबाट कुल चार हजार ३२० […]
लेखनाथ, पुस २१ गते । कास्कीको लुम्ले नेपालकै सबैभन्दा बढी पानी पर्ने ठाउँ हो । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने यो स्थलले पछिल्लो समय ‘कवितागाउँ’ का रूपमा पृथक् पहिचान बनाएको छ । सुरम्य लुम्लेलाई कवि/गीतकार विनोद गौचनको अगुवाइमा ‘कवितागाउँ’ घोषणा गरिएको थियो । कवितागाउँ लुम्लेका अध्यक्ष भरत देवकोटाले यहाँ पार्क, बहुउद्देश्यीय भवन, पुस्तकालयसहितका संरचना बनाउने योजना […]
मुक्तिनाथ (मुस्ताङ), पुस २१ गते । उपल्लो मुस्ताङको भ्रमणमा फ्रान्सबाट आएका पर्यटक अधिक पुग्ने गरेको पाइएको छ । अन्नपूर्ण संरक्षण आयोजना इलाका कार्यालय ल्होमन्थाङका अनुसार सन् २०२४ र २०२५ मा उपल्लो मुस्ताङ घुम्न जाने पर्यटकमा युरोपेली मुलुक फ्रान्सका पर्यटक अधिक रहेको पाइएको हो । कार्यालयको तथ्याङ्क अनुसार सो कार्यालय अन्तर्गत पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, छुसाङ, […]