काठमाडौं, भदौ १३ गते । गण्डकी प्रदेशसभाको मनाङ प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेशसभा क्षेत्र नं. २ मा उपनिर्वाचन मिति तोकिएको छ। निर्वाचन आयोगले शुक्रबार बसेको बैठकले सो क्षेत्रमा मिति २०८२ कात्तिक १७ गते सोमबारका दिन उपनिर्वाचन गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालत, संवैधानिक इजलासको फैसला अनुसार प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) अयोग्य […]
काठमाडौँ, भदौ १३ गते। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर साधारणतया मौसम बदली रही केही स्थानमा वर्षा हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ तीन दिने मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै अहिले मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको जानकारी दिएको छ […]
म्याग्दी, भदौ १३ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको चार वडा वडाका नौ सय एक जनालाई झण्डै पौने चार करोड रुपियाँ वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको समन्वय तथा आइरिस रेडक्रस सोसाइटीको सहयोगमा भएको जीविकोपार्जन प्रवर्धन परियोजनाअन्तर्गत उक्त रकम वितरण गरिएको हो । नेपाल रेडक्रस सोसाइती म्याग्दी शाखा तथा नेपाल रेडक्रस सोसाइटी तथा आइरिस रेडक्रस […]
गुल्मी, भदौ १३ गते । गुल्मीमा कालिगण्डकी करिडोरसहित दुई सडक अवरुद्ध भएका छन् । वर्षाका करण यस जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर–२, राक्सेमा पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । शुक्रबार बिहान करिब ६ः२५बजेको समयदेखि कालिगण्डकी करिडोरको गुल्मी खण्ड पहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गल्मीले जनाएको छ । त्यस्तै, वर्षाका […]
काठमाडौँ, भदौ १३ गते । चलचित्र ‘महादशा’ निर्माणको घोषणा गरिएको छ । किरण नेपालीको निर्देशनमा बन्न लागेको चलचित्रको एक कार्यक्रमबिच घोषणा गरिएको हो । संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनामा चलचित्रको कथा आधारित रहेको जनाइएको छ । लेकाली इन्टरटेनमेन्टले निर्माण गर्न लागेको चलचित्रमा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङ मुख्य भूमिकामा रहनुभएको छ […]
काठमाडौँ, भदौ १३ गते । ‘डी एस ए स्टार २०२५ सिजन–१७’ को अन्तिम प्रतिस्पर्धा ‘मिनी डान्सिङ स्टार’ मा म्यारी तामाङ विजेता बन्नुभएको छ । शीतल तामाङ उपविजेता, ग्रेसिका अधिकारी तेस्रो र एमिया अधिकारी चौथो स्थानमा रहनुभयो । ‘जुनियर डान्सिङ स्टार’ तर्फ रित्रिशा लम्गादेले विजेता र अनुराधा कुलुङ उपविजेता बन्नुभयो । यसै गरी दिलिसा थापा ‘सेकेन्ड […]
गुल्मी, भदौ १३ गते । लुम्बिनी प्रदेशमा प्रदेश निजामती सेवा दिवस–२०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइने भएको छ । भदौ २० देखि २२ गतेसम्म विभिन्न गतिविधि आयोजना गर्ने निर्णय गरिएको हो । प्रदेश निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले रक्तदान, अन्तरक्रिया, वृक्षारोपण, सरसफाई, खेलकुद प्रतियोगिता, परिसंवाद, सांस्कृतिक झाँकीसहितको प्रभातफेरी र मूल समारोह आयोजना गर्ने […]
काठमाडौँ, भदौ १३ गते । जनप्रतिनिधिहरू सेवा सुविधाप्रति मात्र आकर्षित हुन्छन् भन्ने भाष्य समाजमा निर्माण भइरहँदा कतिपय स्थानीय तहका जनप्रतिनिधिले भने राज्यले दिएको सेवा सुविधा त्यागेर फरक शैलीबाट नागरिकलाई सेवा प्रवाह गर्दै आइरहेका छन् । जनप्रतिनिधिले कर्मचारीलाई दबाब दिएर आर्थिक अनियमितता गर्छन् भन्ने प्रवृत्तिलाई कतिपय स्थानीय तहका जनप्रतिनिधिले गलत सावित गरिदिएका छन् । कानुनले दिएको सेवासुविधा नै […]
काठमाडौँ, भदौ १३ गते । नेपालीको महान् चाड दसैँलाई लक्षित आन्तरिकतर्फको हवाई टिकटको अग्रिम बुकिङ र टिकटको मूल्य बढ्दै गएको छ । दसैँमा काठमाडौँ छाडेर जानेले हवाई टिकट बुकिङ तीव्र पारेसँगै दुर्गमसहितका गन्तव्यतर्फको टिकट पाउन मुस्किल बनिसकेको छ । सुगमका गन्तव्यको टिकट शुल्कसमेत झन्डै दोब्बर पुगिसकेको छ । वायुसेवा कम्पनीका अनुसार अहिले विभिन्न गन्तव्यका ४० […]
सिन्धुपाल्चोक, भदौ १२ गते । घनाबस्ती बस्तीमुनिको बिशाल इको पहिरोका कारण भोटेकोशी गाउँपालिका–२ का सय बढी घरबस्ती उच्च जोखिममा परेको छ । वर्षातले इको पहिरो बगिरहेको र तल भोटेकोशी नदीको वाहवले पहिरो तानिरहेपछि इको पहिरोमाथिका बस्ती उच्च जोखिममा परेका छन् । बाह्रबिसे–कोदारी लोकमार्गअन्तर्गत तातोपानी नाकास्थित इको पहिरो बग्ने र भासिने क्रम नरोकिएपछि पहिरोमाथिका बस्तीहरु उच्च […]