बागलुङ, वैशाख ११ गते । क्षेत्राधिकार साँघुरो भए पनि न्यायिक समितिमा उल्लेख्य संख्यामा मुद्दा आउन थालेका छन् । अदालतको प्रक्रियाभन्दा न्यायिक समितिहरू छिटो कार्यविधिमार्फत न्याय निरुपणमा सक्रिय छन् । बागलुङका १० पालिकाबाट कम्तीमा १० वटाका दरले मुद्दा मिलाउँदा पनि वर्षमा करिब एक सय मुद्दा मात्र अदालत पुग्ने अवस्था रहेको देखिन्छ । अदालत धाउँदाको खर्च बचाउन […]
काभ्रेपलाञ्चोक, वैशाख ११ गते । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ । करिब तीन वर्षअघि सुरु गरिएको उक्त आयोजना (१६ किलोमिटर)को हालसम्म ७० प्रतिशत भौतिकतर्फको प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको निर्माणकार्य डेढ महिनादेखि सुस्त बनेको छ । लगातार बढ्दो […]
सर्लाही, वैशाख ११ गते । सर्लाही सदरमुकाम मलङ्गवामा अवैध रूपमा सञ्चालनमा रहेका ११ वटा स्वास्थ्य संस्था शिल गरिएको छ । अनुगमनका क्रममा दर्ता नै नभएको भेटिएपछि अस्पताल, पोलिक्लिनिक, हेल्थकेयरलगायतका स्वास्थ्य संस्था शिल गरिएको हो । सदरमुकाम मलङ्गवामा अवैध स्वास्थ्य संस्थाको बिगबिगी रहेको जनगुनासो बढेपछि बिहीबार जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्वास्थ्य कार्यालय, […]
स्याङ्जा, वैशाख ११ गते । कफी र सुन्तला उत्पादनमा सक्रिय स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारीका बोधराज अर्यालले उत्पादन गरेको कफीको बीउ अन्तरिक्ष पुगेर फर्किएको छ । अरविका जातको कफीको बीउ जापान हुँदै अन्तरिक्षमा पुगेर करिब एक वर्षपछि पुनः स्याङ्जामा आइपुगेको हो । अर्यालको ‘फाम्र्स प्यासन’ ब्रान्डको अरविका कफीको बीउ नेपालमै पहिलो पटक अन्तरिक्ष पुगेर फर्किएको बताइएको […]
काठमाडौँ, वैशाख ११ गते । बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । जनताको विजय भएको खुसीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा […]
काठमाडौँ, वैशाख ११ गते । हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू–भागका साथै कोशी प्रदेशका तराई भेगमा आंशिक बादल लागेको छ । देशका अन्य भागमा मुख्यतया मौसम सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी प्रदेशलगायत हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने र […]
काठमाडौँ, वैशाख १० गते । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको […]
खजुरा, वैशाख १० गते । बाँकेको कोहलपुरमा प्रथम कोहलपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । कोहलपुर ब्याडमिन्टन क्लब कोहलपुरको आयोजनामा आगामी वैशाख ११ देखि १३ गतेसम्म कोहलपुर नगरपालिका वडा नम्बर १४ स्थित हवल्दापुर कभर्ड हलमा उक्त प्रतियोगिता सञ्चालन गरिने बुधबार साँझ पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । क्लबका अध्यक्ष चण्डीप्रसाद गैरेले […]
म्याग्दी, वैशाख १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका क्रममा हराएका गाइडको जीवितै उद्धार गरिएको छ । गाइड दवा नुर्बु शेर्पा सोमबार अन्नपूर्ण हिमालको चुचुरोबाट अर्लिदै गर्दा सातहजार सातसय मिटर उचाईमा हराउनुभएको थियो । उहाँको उद्धारका लागि आईएफएमजीए प्रमाणित गाइड अशोक लामा र अन्नपूर्ण गाउँपालिका […]
काठमाडौँ, वैशाख १० गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ७८ पैसा र बिक्रीदर १५० रुपियाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ९१ पैसा र बिक्रीदर १७६ रुपियाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको […]