हुम्ला, वैशाख १९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखाले यस वर्ष जिल्लाका चार गाउँपालिकाबाट ८७ लाख रुपियाँभन्दा बढी मूल्यका रैथाने बाली खरिद गरेको छ । रैथाने बालीको प्रवद्र्धन तथा बजारीकरणका लागि लिमिटेडले ती बाली खरिद गरी काठमाडौँ लगेर बिक्री गर्ने गरेको हो । जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाबाट यस […]
काठमाडौँ, वैशाख १९ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेश प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा […]
काठमाडौँ, वैशाख १९ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत सर्जियो गोरबिच शुक्रबार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा दिउँसो साढे तीन बजे भएको उक्त भेटवार्तामा उहाँहरूबिच नेपाल र अमेरिकाबिचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ । झण्डै २० मिनेट चलेको […]
झापा, वैशाख १८ गते । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा १० अर्ब ७० करोड सात लाख १८ हजारबराबरको अलैँची निर्यात भएको हो । चालु आवको नौ महिनामा पाँच हजार २९५.२५० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना […]
काठमाडौँ, वैशाख १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण (निवारण अध्यादेश, २०८३ जारी गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश शुक्रबार अध्यक्षदेश जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ […]
काठमाडौँ,वैशाख १८ गते । २५७० औँ बुद्ध जयन्तीको अवसरमा बेइजिङस्थित नेपाली राजदूतावासले विशेष कार्यव्रmमको आयोजना गरेको छ । सो अवसरमा नेपाली राजदुतावासकी कार्यवाहक राजदूत श्रीमती रोशन खनालले शाक्यमुनि बुद्धको जन्म, ज्ञान प्राप्ति र परिनिर्वाणको पवित्र दिनको रूपमा बुद्ध जयन्ती मनाइदैआएको चर्चा गर्दै युनेस्कोको विश्व सम्पदा स्थल र भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको महत्वबारे जानकारी गराउनुभयो […]
काठमाडौँ, वैशाख १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको अनौपचारिक बैठकमा सरकार सञ्चालन, राजनीतिक संस्कारमा परिवर्तन र जनउत्तरदायित्वका विषयमा गम्भीर छलफल भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले पार्टीका नीति, व्यवहार र सङ्गठन तिनै तहमा सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ । बैठकमा सभापति रवि लामिछानेले सांसद र मन्त्रीबिच नियमित अन्तर्क्रिया प्रणाली विकास […]
काठमाडौँ, वैशाख १७ गते । चिनियाँ सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणको काम अगाडि बढ्ने भएको छ । चक्रपथ विस्तार अन्तर्गत सहायतासम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएसँगै निर्माणको बाटो खुलेको हो । भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबिच बुधबार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । […]
काठमाडौँ, वैशाख १७ गते । पूर्वाधार अदालत (इन्फ्रास्ट्रक्चर कोर्ट) गठनका सम्बन्धमा अध्ययन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन तयार गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यो अदालत गठनका लागि उच्चस्तरीय अध्ययन समिति गठन गरी प्रक्रिया थालेको हो । सरकारले विकासनिर्माणका ठुला आयोजनामा हुने कानुनी ढिलासुस्ती र विवाद छिटो समाधान गरी मुलुकको भौतिक विकासलाई […]
काठमाडौँ, वैशाख १६ गते । नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि सचेतकमा पदमबहादुर परियारलाई मनोनित गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टीको संसदीय दलको विधानबमोजिम राष्ट्रियसभाका लागि सचेतकमा उहाँलाई आज मनोनयन गर्नुभएको संसदीय दलको कार्यालयले जनाएको छ ।