पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना

काठमाडौँ, पुस २७ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता दिवस तथा ३०३औँ पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शनिबार सामाजिक सञ्जाल ट्वीटर पेजमा लेख्नु हुँदै पूर्वराष्ट्रपति भण्डारीले तत्कालीन गोरखा राज्यका राजा, आधुनिक नेपाल एकीकरण अभियानका नायक पूर्वराजा पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो […]

गाउँलाई आफ्नै उत्पादन हितकारी

खोटाङ, पुस २७ गते ।  देशमा बजार अर्थतन्त्र हाबी भएर स्थानीय उत्पादन क्रमशः लोप हुँदै गइरहेका बेला खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ का केही गाउँमा बहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीका पेय पदार्थलाई विस्थापित गर्दै स्थानीय उत्पादन मात्र प्रयोग गर्ने अभ्यास थालिएको छ । साबिक बुइपा गाविस भनेर चिनिने हाल नगरको वडा नं. १४ का गैरीफुलेली, टारी, […]

फोहोरले सदरमुकाम दुर्गन्धित

जाजरकोट, पुस २७ गते । जिल्ला सदरमुकाम खलङ्गा बजार यतिबेला दुर्गन्धित बनेको छ । भेरी नगरपालिका–३ र ४ का सर्वसाधारण र व्यापारीले जथाभाबी फोहोर फालेपछि दुर्गन्धित भएको हो । भेरी नगरपालिकाको सदरमुकामभित्रको फोहोर सङ्कलन गरे पनि एक महिनामा एक पटक फोहोर उठाउन आउने गरेकाले घर, भान्सा, पसलबाट निस्केको फोहोर जथाभाबी फाल्दा दुर्गन्ध बढेको हो । व्यापार व्यवसाय गर्दै […]

भक्तपुर–नगरकोट सडक एघार वर्षसम्म बनेन

भक्तपुर, पुस २७ गते । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन । सडक निर्माणको माग गर्दै स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन् । सरकारले पटक पटक म्याद थप गरेर सहजीकरण गरे पनि काम हुने अवस्था नदेखिएपछि अन्ततः सरकारले भक्तपुर–नगरकोट–सिपाघाट सडकको ठेक्का सम्झौता रद्द गरेको […]

काठमाडौँबाट भारत लैजाँदै गरेको भेप नियन्त्रणमा

बुटवल, पुस २७ गते । राजस्व अनुसन्धान कार्यालय बुटवलले ठुलो मात्रामा भन्सार छलीको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । राजस्व छलेर काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको लु. प्र. ३००१ ख ०११४ नम्बरको गाडीबाट ३१ लाख रुपियाँको इलेक्ट्रिक चुरोट (भेप) राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरेको हो । उक्त चुरोट नेपालगन्ज हुँदै भारत लैजाने उद्देश्यले तस्करहरूले ट्रान्सपोर्टको गाडी […]

पुल भाँचिएपछि अवरुद्ध राजमार्ग सञ्चालनमा

नवलपुर, पुस २७ गते ।  पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत नवलपुरको विनयी त्रिवेणी १ मा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सनपछि सञ्चालनमा आएको छ । पुल भाँचिएर अवरुद्ध सडक विनयी त्रिवेणी–२ को ज्यामिरेबाट डाइभर्सन गरी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनक बन्जराले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी […]

२०८१ पौष २७ गते – 11, Jan, 2025, शनिवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रयत्न गरेको काम […]

अपाङ्गता भएकालाई घरमै परिचयपत्र

प्युठान, पुस २६ गते । जिल्लामा झिमरुक गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरेको छ । पूर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर परिचयपत्र वितरण गरेको हो । झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलसहितको टोलीले घरमै पुगेर परिचयपत्र उपलब्ध गराएको हो । उनीहरु हिड्न समेत नसक्ने व्यक्ति भएको जानकारी पाएपछि परिचयपत्र दिन घरमै गएको […]

नेपालमै कमाइ गर्ने वातावरणको सिर्जना गर्नुपर्छ : महामन्त्री थापा

काठमाडौं, पुस २६ गते ।  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुलाई आत्मसम्मान र खुशीका साथ नेपालमै बस्न सक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा भएको बताउनु भएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपालको अहिलेको सबैभन्दा ठूलो राजनीतिक एजेण्डा नेपालमै खुशीका साथ बस्नसक्ने गरीकन कमाइ गर्ने वातावरणको सिर्जना गर्नु रहेको […]

‘नेपाल एयरलाइन्सलाई बलियो बनाउनुपर्छ’

पोखरा, पुस २६ गते ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनुको मुख्य कारण नेपाल एयरलाइन्स कमजोर हुनु रहेको बताउनु भएको छ । शुक्रवार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडानसम्बन्धी कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सबैभन्दा पहिला नेपाल एयरलाइन्सलाई बलियो बनाउनुपर्ने […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल