alliance khabar

शुक्रबार, जेठ ०१, २०८३

सोलुखुम्बु,  जेठ १ गते । 

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो निर्माण सम्पन्न भएको छ । वसन्तयामको सगरमाथा आरोहणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आयोजनामा आठ जना आइसफल डाक्टरको टोलीले सगरमाथा आधार शिविरबाट क्याम्प–२ सम्म निर्माण गरेपछि त्यसभन्दा माथि एक्सपिडिसन अपरेटर एसोसिएसन अफ नेपालले चुचुरोसम्मको बाटो तयार गरेको हो ।

दोस्रो शिविरभन्दा माथि डोरी टाँग्दै मार्ग निर्माणमा खटिएको अनुभवी आरोहीको टोली सफलतापूर्वक शिखरमा पुगेर डोरी टाँग्ने काम सम्पन्न भएको टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिसन अपरेटर एसोसिएसनले अफ नेपालले जनाएको छ ।

कम्पनीका अनुसार मिङ्मा तेम्बा शेर्पाको नेतृत्वमा उहाँसहित पासाङनुर्बु शेर्पा र डेन्डी शेर्पाको टोली शिखरमा पुगेको हो । सगरमाथा आरोहणका लागि हरेक सिजनमा गरिने टोरी टाँग्ने काम अत्यन्तै महìवपूर्ण हुन्छ । अब आरोही तिनै डोरी प्रयोग गर्दै शिखरतर्फ जाने छन् । यस सिजनमा खुम्बु आइसफलमा पुरानो मार्ग अवरुद्ध भएपछि समस्या भएको थियो ।

आइसफल डाक्टरले खुम्बु आइसफलमा बाटो खुलाएपछि दोस्रो शिविरभन्दा माथि अनुभवी आरोही खटिएको जनाइएको छ । शिखरसम्म डोरी टाँग्ने काम भइसकेकाले अब मौसम अनुकूल हेरेर आरोहण सुरु हुने छ । यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै ४९२ जनाले अनुमति लिएका छन् भने सगरमाथाबाट मात्रै रोयल्टीबापत एक अर्ब रुपियाँभन्दा धेरै सङ्कलन भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल