alliance khabar

शुक्रबार, जेठ ०१, २०८३

दाङ, जेठ १ गते ।

मादलको तालसँगै गोलबद्ध भएर गीत गाउँदै नाचिरहेका महिला र पुरुषको समूहले तुलसीपुरको कार्यक्रमस्थल एकाएक दसैँमय बनायो । राधा र कान्हाको प्रतीकात्मक भूमिकामा सजिएका थारू महिला तथा पुरुषले सख्या ‘पैयाँनाच’ प्रस्तुत गरेपछि उपस्थित दर्शक मात्रै होइन, अतिथि पनि मन्त्रमुग्ध बने ।

मटावाँ–बरघर–भलमनसाको अन्तरप्रदेशीय अनुभव आदानप्रदान कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१०, गोलौरीगाउँका कलाकारले प्रस्तुत गरेको सख्या पैयाँनाचले थारू संस्कृतिको मौलिक पहिचान झल्काएको थियो ।

नाचमा राधाले गीत गाएर मजौराको तालमा नृत्य गर्छन् भने कान्हाले मादल बजाएर साथ दिन्छन् । करिब एक महिनासम्म निरन्तर नाचिने सख्या पैयाँ पश्चिम तराईको चर्चित सांस्कृतिक नाचमध्ये एक हो । नाच टोलीकी पच्गिन्या मनकुमारी चौधरीले पछिल्लो समय यसको संरक्षण र पुस्तान्तरणलाई ध्यान दिँदै दसैँबाहेक अन्य कार्यक्रममा पनि प्रस्तुत गर्न थालेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल