काठमाडौँ, फागुन ५ गते । सरकारले स्वचालित मार्गबाट स्वीकृत गर्ने विदेशी लगानीका उद्योगको नाम सार्वजनिक गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट सोमबार राजपत्रमा त्यस्ता उद्योगको नाम उल्लेख गरिएको हो । जस अनुसार ऊर्जामूलक उद्योग अन्तर्गत वायु, सौर्य शक्ति, प्राकृतिक तेल र इन्धन वा ग्यास, बायोमास वा अन्य स्रोतबाट ऊर्जा उत्पादन गर्ने उद्योग, […]
सुर्खेत, फागुन ५ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन भर्ना गरिएका निर्वाचन प्रहरी कार्यक्षेत्रमा खटिएका छन् । सुर्खेतका दुई वटा निर्वाचन क्षेत्रमा रहेका प्रहरी युनिटमातहत हुने गरी एक हजार ८४६ जना निर्वाचन प्रहरी खटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबारदेखि निर्वाचन प्रहरीलाई आवश्यक तालिम प्रदान गरी सम्बन्धित […]
राजविराज, फागुन ५ गते । प्रतिनिधिसभा निर्वाचन २०८२ लाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले सप्तरी जिल्लामा सुरक्षा व्यवस्था उच्च सतर्कतामा राखिएको छ। जिल्ला प्रशासन सप्तरीको एकीकृत सुरक्षा योजनाअनुसार राजविराजस्थित नेपाली सेनाको बरख गणले सुरक्षा गतिविधि थप सशक्त बनाएको हो। बरख गणका गणपति प्रमुख सेनानी सोवितबहादुर चन्दका अनुसार आमनागरिकलाई सुरक्षा प्रत्याभूति दिलाउने लक्ष्यसहित […]
घोराही (दाङ), फागुन ५ गते । यहाँ पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ । तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो । दाङको तोरी पहिचानका रूपमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताउनुभयो । जिल्लाबाट तोरीको तेलको माग अन्यत्र जिल्लामा धेरै रहेको उहाँको भनाइ छ । यहाँको तोरीको […]
कास्की, फागुन ५ गते । कास्कीको माछापुच्छ«े गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ । पर्यटकीय गाउँका रूपमा राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ । उद्यानमा बसेर आरामसहित मनोरम दृश्यावलोकन गर्न सकिने छ । उद्यानमा धम्पुस ब्रेकन भगिनि सम्बन्ध […]
काठमाडौँ, फागुन ५ गते । काठमाडौँ उपत्यकाको सडक व्यवस्थापनको मुख्य समस्याका रूपमा रहेको कोटेश्वरको ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित सो ठाउँमा भौतिक संरचना निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाउन आवश्यक तयारी सुरु गरिएको छ । भौतिक संरचना निर्माणको लागत अनुमान तयारी गर्न समिति बनाएर काम सुरु गरिएको हो । कोटेश्वर चोक सुधार आयोजना नाम दिएर त्यहाँ […]
खोटाङ, फागुन ४ गते । जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा अवरोधका रूपमा रहेको महभिर फोड्ने सुरु भएको छ । महभिरमा ठुलो चट्टान भएकाले हालसम्म सडक जोड्न सकिएको छैन । उक्त चट्टान फोडेर सडक जोड्नका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भएर ठेक्का लागेपछि काम सुरु भएको हो । मन्त्रालयका निवर्तमानमन्त्री भूपेन्द्र राईका […]
म्याग्दी, फागुन ४ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवम् विश्वसनीय रुपमा सम्पन्न गर्न म्याग्दीमा निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको छ । सोमबारदेखि राजनीतिक दल र उम्मेदवारले औपचारिक रुपमा प्रचारप्रसार गर्न पाइने भएकाले त्यसलाई सभ्य, अनुशासित र व्यवस्थित बनाउन निर्वाचन आचारसहिंताको पूर्ण पालनाका लागि सबै पक्षलाई अनुरोध […]
जुम्ला, फागुन ४ गते । जुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि छ सय ४८ जना कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खटिनुपर्ने छ सय ५४ जनामध्य छ सय ४८ जना सोमबार मतदान केन्द्रमा कर्मचारी खटाइएको हो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस आनन्दराज पन्तका अनुसार १०८ वटा मतदान केन्द्रमा […]
अत्तरिया (कैलाली), फागुन २ गते । धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित धार्मिक पर्यटकीयस्थल बेहडाबाबा मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य धार्मिक मेला आयोजना हुने भएको छ । सुदूरपश्चिमकै प्रमुख धार्मिक स्थलका रूपमा चिनिने उक्त मन्दिरमा यहि फागुन ३ र ४ गते विशेष पूजा, आराधना तथा धार्मिक कार्यक्रम सञ्चालन गरिने बेहडाबाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका उपाध्यक्ष नरेन्द्र शाहले जानकारी दिनुभयो […]