सिरहा, असार ३ गते । दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक झण्डै पाँच वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । सिरहा नगरपालिका, अर्नमा गाउँपालिका र गोलबजार नगरपालिकालाई जोडने २८ किलोमिटर लामो यस सडक क्षेत्रका बासिन्दाका लागि वर्षौँदेखि हिलो र धुलो नियतिजस्तै बनिसकेको छ । स्थानीय जगेश्वर यादवले सडक पक्की हुने जनाउँदै उत्साहित […]
काठमाडौँ, असार ३ गते । संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह सोमबार स्वदेश फर्किएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा ६७ जना नेपाली शान्ति सैनिक सोमबार स्वदेश फिर्ता भएका हुन् । यसअघि प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको नेतृत्वमा उक्त मिसनमा बदली गर्न […]
काठमाडौँ, असार ३ गते । काठमाडौँ उपत्यका नजिकै पर्ने तारकेश्वर नगरपालिका–३ स्थित योग गन्तव्यको साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । यहाँ ‘वनजङ्गल एडभेञ्चर’ स्थापना भएसँगै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो । पर्यटनमा पछिल्लो साहसिक पर्यटनमा रूचि राख्नेको आगमन बढ्दै गएको छ । यहाँ जिपलाइन, रकक्लाइमिङ र बञ्जीजम्प गर्न उपत्यका बाहिरका […]
काठमाडौँ, असार ३ गते । किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो गरेपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबीच सोमबार वाणिज्य मन्त्रालयमा छलफल भएको छ । छलफलमा दुवै मन्त्रालयका सचिव, खाद्यव्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायतको सहभागिता थियो । चैते धानको हालको अवस्था, किसानले उचित मूल्य […]
काठमाडौँ, असार ३ गते । निजी क्षेत्रमा सबैभन्दा ठुलो लगानी र रोजगारीको ठुलो हिस्सा रहेको सार्वजनिक यातायात क्षेत्र मर्यादित र जिम्मेवार नहुँदा न यो कदरयोग्य बन्न सकेको छ न त यात्रु नै सुरक्षित हुन सकेका छन् । सडक यातायात असुरक्षित बन्दै जाँदा बर्सेनि हजारौँ नागरिकको अकालमा ज्यान गइरहेको छ । मनसुन सुरु भएसँगै सडक दुर्घटना बढ्ने गरेको […]
काठमाडौँ, असार २ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँ, भक्तपुर र पाटन दरबार क्षेत्रका भूकम्पले भत्किएका सम्पदा जस्ताको तस्तै निर्माण हुनुले विकासको संस्कृति सही रुपमा अघि बढेको प्रमाणित हुने बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) को सहकार्यमा आयोजित ‘विकासका लागि संस्कृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन […]
काठमाडौँ, असार २ गते । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको सोमबार बिहान उपचारका क्रममा ९० वर्षको उमेरमा निधन भएको छ । काठमाडौँ मेडिकल कलेज सिनामङ्गलका उपचारको क्रममा उहाँको बिहान ५ बजे निधन भएको जानकारी उहाँका भतिजा दुर्गाप्रसाद पौडेलले गोरखापत्र अनलाइनलाई दिनुभयो । शास्त्री २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बन्नुभएको थियो । […]
काठमाडौँ, असार १ गते । प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा विरोध गरे पनि अवरोधका बिच बैठक सुरु भएको हो । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले संसदको कारबाही सुरु गर्दा रास्वपा र राप्रपाका सांसदले उभिएर विरोध जनाएका छन् । सभामुख घिमिरेले नेपाली कांग्रेसका […]
काठमाडौँ, जेठ ३० गते । विवादास्पद विद्युतीय कारोबार ऐन खारेज गर्ने गरी सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्मा दर्ता गरेको छ । फरक प्रयोजनका लागि तर्जुमा भएको कानुन सामाजिक सञ्चार प्रयोगकर्ता र सञ्चार माध्यमका सामग्रीमा आकर्षित गरिएको भन्दै पछिल्लो समय खारेजीको माग हुँदै आएको थियो । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक सङ्घीय संसद्बाट पारित […]
काठमाडौँ, जेठ ३० गते । नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्न आवश्यक तयारी पूरा भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्वनिर्धारित समयतालिका अनुसार यही जुन १५ (असार १ गते) देखि विद्युत् निर्यात गर्न आवश्यक वित्तीय तथा प्राविधिक तयारी पूरा भएको हो । प्राधिकरण प्रवक्ताा तथा विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालका अनुसार बङ्गलादेश पावर […]