झोलुङ्गे पुल चुँडिदा १५ खच्चड फसे

अछाम, जेठ २७ गते : अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुल चुडिडा १५ वटा खच्चड फसेका छन् । अछाम र दैलेख जोड्ने कर्णाली नदी माथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा समस्या भएको छ । जीर्ण भएको पुलमा अछाम बाट दैलेख आउँदै गरेका खच्चड फसेको स्थानीय भरत साउदले जानकारी दिनुभयो । नजिकै रहेको पक्की […]

राजनीतिमा सत्ताभन्दा संवैधानिकता र नैतिकता ठुलो हो : मुख्यमन्त्री पाण्डे

पोखरा, जेठ २६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिमा सत्ताभन्दा पनि संवैधानिकता र नैतिकता ठुलो हुने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको सार्वजनिक सेवा प्रवाहमा कर्मचारीहरूको भूमिका, ट्रेड युनियन अधिकार र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रममा उहाँले सो भनाइ राख्नुभएको हो । सर्वोच्च अदालतको परमादेशबाट यही जेठ […]

जसपा नेपाल विभाजन भएको छैन: अध्यक्ष यादव

जनकपुरधाम, जेठ २६ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको पार्टी विभाजन नभएको जिकिर गर्नुभएको छ । शनिबार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नेपाल विभाजन नभएको जिकिर गर्नुभएको हो । उहाँले राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर केही सांसदहरूलाई चोइट्याइए पनि पार्टी यथावत् रहेको बताउनुभयो । उहाँले […]

भाेलि देखि सुदुरपश्चिम प्रदेशको धनगढीमा श्रमाधान रोजगार मेला शुरू

२०८१ जेठ २६ भाेलि देखि सुदरपश्चिम प्रदेशको धनगढीमा “श्रमाधान रोजगार मेला” शुरू हुने भएको छ । आईतबार देखि हुने मेलाकाे अन्तिम तयारी पूरा भएकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव बसन्त बोहोराले जानकारी दिए । रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकको बीच भेट गराउनु मेलाको मुख्य उद्धेश्य रहेको उनले बताए । “मेलाले रोजगारीका अवसरहरु […]

टोखा झोरको कृष्ण महादेव

काठमाडौँ, जेठ २६ गते :  काठमाडौँको टोखा नगरपालिका २ झोर जुन प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ । साथै यस उपत्यकाको निकै नै प्रख्यात रहेको झोर झरना नजिक अर्थात् बायाँतर्फ ठुला गोलाकार पत्थरको मध्य भागमा रहेको साँगुरो गुफा भित्र रहेको छ प्राचीन कृष्ण बरुणेश्वर महादेव । निकै साँगुरो गुफामा तप तप पानी चुहिरहेको हुन्छ। यही गुफा […]

चार सय केभीको तेस्रो ठुलो सब स्टेसन हेटौँडामा निर्माण, ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने

काठमाडौँ, जेठ २६ गते :   देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा ४०० केभी हेटौँडा सब स्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली [जिआइएस] प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठुलो ४०० केभी हेटौँडा सब स्टेसन निर्माण सम्पन्न गरी शुक्रवारबाट सञ्चालन ९चार्ज०मा ल्याइएको छ । यसै गरी, […]

खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती

काठमाडौँ, जेठ २६ गते :  युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच बजेट निर्माणमा आवश्यक सहयोग तथा समन्वय नहुँदा खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुम्न पुगेको छ । अर्थ मन्त्रालयद्वारा तोकिएको समयसीमाभित्र योजना छनोट गरी पठाउनुपर्नेमा मन्त्रालय र परिषद्बीचको द्वन्द्वका कारण ती कार्यक्रम प्रभावित भएका हुन् । प्रदेश […]

आठ विद्यालयको तह घटाइयो

रामेछाप, जेठ २६ गते   : विद्यार्थी नभएपछि रामेछापको मन्थली नगरपालिका–२, टेकानपुरमा सञ्चालित एउटा विद्यालय बन्द गरिएको छ । उक्त वडामा रहेको ताम्राकौशिका आधारभूत विद्यालय नगरको सामुदायिक शिक्षा सुधारका लागि बनाइएको मापदण्ड अनुसार विद्यार्थी नभएपछि बन्द गरिएको हो । नगर शिक्षा समितिले बनाएको मापदण्ड अनुसार विद्यार्थी नभएपछि ताम्राकौशिका आविलाई बालकन्या आविमा समायोजन गरी बाल ताम्राकौशिका आवि […]

बाँझो जग्गामा सामूहिक किवी खेती

तम्घास, जेठ २६ गते : गुल्मीमा २३ जना कृषकहरू मिलेर ५४० रोपनी क्षेत्रफलमा सामूहिक किवी खेती गरेका छन् । जिल्लाको काली गण्डकी गाउँपालिका वडा नम्बर एक सिरकोटमा वर्षौँ देखी बाँझिएको जग्गालाई सदुपयोग गर्दै ५४० रोपनी क्षेत्रफलमा व्यवसायी रूपमा किवी खेती गरेका हुन् । वर्षौँ देखी बाँझिएर खेर गइरहेको जग्गालाई सदुपयोग गरी ५४० रोपनी क्षेत्रफलमा छ […]

सुदूरपश्चिम प्रदेशमा हुने श्रमाधान रोजगार मेलाको तयारी पुरा आर्ईतबारदेखि सुरु हुने मेलाको उद्योग मन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गर्ने

२०८१ जेठ २५ सुदुरपश्चिम प्रदेशको कैलालीमा हुने “श्रमाधान रोजगार मेला” को तयारी पुरा भएको छ । जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने “श्रमाधान रोजगार मेला” को तयारी पुरा भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदुरपश्चिम प्रदेश सरकार कैलाली, धनगढी उपमहानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदुरपश्चिमको आयोजनामा आईतबारदेखि […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ