अछाम, जेठ २८ गते: कर्णाली नदीमाथि अड्किएका १३ खच्चड मध्य उद्धारको क्रममा दुई खच्चड मरेका छन्। ११ वटाको जीवितै उद्धार भएको छ। आइतबार बिहान ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट चामल लिन दैलेखको आठविस नगरपालिका-४ खिड्कीज्यूला जानेक्रममा झोलुङ्गे पुलको लठ्ठा चुँडिँदा पुलमा अड्किएका खच्चडको उद्धारका लागि सुरक्षाकर्मी पुगेका थिए। बिहान ९ बजेतिर फसेका खच्चडको उद्धारका […]
नवलपुर, जेठ २८ गते : नवलपुरको कावासोती र मध्यबिन्दु नगरपालिकाभित्र रहेका सबै विद्यालयमा तीन दिनका लागि सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाभित्र रहेका सबै संस्थागत र सामुदायिक विद्यालयमा तीन दिनका लागि बिदा दिइएको नगर कार्यपालिका कार्यालयहरूले सूचना निकालेर जानकारी दिएका छन् । विगत केही दिनदेखि गर्मी अत्यधिक बढ्दै जाँदा पठनपाठन सकसपूर्ण भएकोले वर्षे बिदामा समायोजन […]
उर्लाबारी, जेठ २८ गते : मोरङको रतुवामाई नगरपालिको ७ नं.वडाका पवन लिम्बूले जीवित बुवाको मृत्यु दर्ता गरेर आमाको अर्कैसँग विवाह दर्ता गराएका छन् । पवनले जीवित बुवा जितबहादुर लिम्बूको मृत्यु भएको भनी घटना दर्ता गराएर आमा होमादेवी लिम्बूलाई पदमबहादुर लिम्बूसँग विवाह दर्ता गराएका हुन् । २०८१ वैशाख २३ गते जितबहादुर लिम्बूको मृत्यु भएको भनी वडा […]
काठमाडौँ, जेठ २८ गते । जेठ ३१ गतेदेखि मेलम्चीको पानी वितरण बन्द हुने भएको छ । जेठको दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । जेठ ३१ देखि नै नेपालमा मनसुन सक्रिय हुँदै छ । समितिका कार्यकारी निर्देशक रत्न […]
काठमाडौँ, जेठ २८ गते । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो । प्रधानमन्त्री प्रचण्ड […]
काठमाडौँ, जेठ २७ गते : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले विमानस्थलको क्षमता विस्तार आयोजना अन्तर्गत स्तरोन्नतिका लागि आगामी कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा बन्द हुन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलको क्षमता विस्तारका लागि राति १० […]
हेटौँडा, जेठ २७ गते : हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत गाभ्ने बागमती प्रदेश सरकारको निर्णयविरुद्ध मकवानपुरका राजनीतिक दलपछि अस्पतालका चिकित्सकलगायत स्वास्थ्यकर्मी र कर्मचारी उभिएका छन् । हेटौँडा अस्पताललाई छुट्टै राख्नुपर्ने मागसहित मकवानपुरमा व्रिmयाशील राजनीतिक दल एकमत भएर निर्णय गरेको एक साता बित्दा नबित्दै अस्पताल निर्देशकदेखि चिकित्सकलगायत स्वास्थ्यकर्मी र कर्मचारी अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णयविरुद्ध […]
काठमाडौँ, जेठ २७ गते : पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पाँच अभियुक्त पक्राउ परेपछि दुई महिनायताकै सर्वाधिक भेटी सङ्कलन भएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संरक्षणमा भेटी चोरीमा संलग्न कोषका नायब सुब्बासहितका कर्मचारी पक्राउ परेपछि कोषमा जम्मा हुने भेटी बढेको हो । कोषका सदस्य सचिव डा. मिलनकुमार […]
सुलीकोट, जेठ २७ गते : गोरखामा गत साउनदेखि जेठसम्म ५१ जनाले नेपाली नागरिकता त्यागेका छन् । विशेष गरी रोजगारीको सिलसिलामा विदेश गएर केही वर्षको प्रयासपछि त्यस देशको पी आर अर्थात् नागरिकता प्राप्त गरिसकेपछि नेपाली नागरिकता त्याग्ने गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । नेपालीले पहिलो रोजगारी साथै त्यसो नभए अध्ययनको लागि अवसर खोजी गर्दै […]
काठमाडौँ, जेठ२७ गते : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु. एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु. एक लाख ४५ हजारमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु. एक […]