Alliancekhabar

शनिबार, जेठ २६, २०८१

काठमाडौँ, जेठ २६ गते :  काठमाडौँको टोखा नगरपालिका २ झोर जुन प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ । साथै यस उपत्यकाको निकै नै प्रख्यात रहेको झोर झरना नजिक अर्थात् बायाँतर्फ ठुला गोलाकार पत्थरको मध्य भागमा रहेको साँगुरो गुफा भित्र रहेको छ प्राचीन कृष्ण बरुणेश्वर महादेव ।

निकै साँगुरो गुफामा तप तप पानी चुहिरहेको हुन्छ। यही गुफा भित्र कृष्ण भगवानले तपस्या गरेको हुँदा यस महादेवको नाम कृष्ण बरुणेश्वर महादेव रहन गएको किम्बदन्ती रहेको छ। साथै पाँच पाण्डवले कैलाश पर्वत जाने सिलसिलामा यही गुफामा तपस्या समेत गरेको भनाइ रहेको छ। गुफा अगाडी पाँच पाण्डवको पैतालाको डोबहरूले पनि पुष्टि समेत गर्दछ कि पाँच पाण्डवले यस गुफामा तपस्या गरेको भनेर।

कृष्ण बरुणेश्वर महादेवको वरिपरि गणेश भगवान्, पार्वती, नन्दी, नाग देवता, गाईको थुन र सानो कुण्ड जुन झोर झरनामा समेत मिसिएको छ। साथै गुफामा नै शक्तिपिठ, नागस्थान, पार्वती, गणेश आदीका मूर्तिहरू समेत रहेको छ। उक्त गुफा रहेको गोलाकार पत्थरको माथि अनन्त गुफा समेत छ। यस कृष्ण बरुणेश्वर महादेवलाई बौडेश्वर महादेव, बौडेश्वर गुफा, वन महादेव, महादेव स्थलको नामले समेत प्रख्यात रहेको छ।

काठमाडौँ रिङरोड सामाखुसी चौकबाट करिब ११ किमीको दुरी अर्थात् शिवपुरी नेशनल पार्क नजिक सवारी साधनहरूबाट गएर निकै ओरालो बाटो भएर हिँडेर गएपछि झोर झरना र कृष्ण बरुणेश्वर महादेव पुगिन्छ। साथै तारकेश्वर नगरपालिकाको नेपालटार, फुटुंग हुँदै जाँदा उकालो बाटो महादेव परिसरमा निजी सवारी साधनबाट पुग्न सकिन्छ। यो बाटो जाँदा सवारी साधन पार्किङ गरेको ठाउँबाट करिब १० मिनेट उकालो सिँढीबाट सहजै गुफा पुग्न सकिन्छ।

यस मन्दिरका पुजारी रामबहादुर कार्कीका अनुसार प्रत्येक ३ महिनाको मसान्तका दिन पशुपति मन्दिरबाट गुरुहरू आएर बेलुका आरती गर्ने प्रचलन समेत रहेको छ भने प्रत्येक महिनाको अन्तिम बुधवार यस महादेवस्थानका पुजारीहरू र भक्तजनहरूबाट रामायण भजन समेत हुने गरेको पुजारी कार्कीले बताउनु भयो।

यस महादेव र झरना परिसरमा भक्तजनहरू एवं पर्यटकहरूको लागि विभिन्न सुविधाहरु समेत रहेको छ। यही स्थलबाट उपत्यकाको दृश्यावलोकन समेत गर्न सकिन्छ् ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल