धान काट्न बाजुराका महिलालाई चटारो

बाजुरा, भदौ २४ गते ।  बाजुराका महिलालाई धान काट्ने चटारो परेको छ। यहाँ वर्षमा दुई पटक धान खेती गरिन्छ। पहिलोपटक चैत–वैशाखमा र दोस्रोपटक असारमा धान रोप्ने गरिन्छ। यतिबेला चैत–वैशाखमा पाखो जमिनमा लगाइएको धान पाकेर पहेँलिएको छ। तर, दिनानुदिन पानी परिरहेकाले पाकेको धान कसरी घरमा भित्र्याउने भन्ने चिन्ता किसानलाई परेको छ। धानसँगै परालसमेत सुरक्षित राख्नुपर्ने भएकाले […]

पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

गाईघाट, भदौ २४ गते । नेपाल पत्रकार महासंघ उदयपुर जिल्ला शाखाका संस्थापक सचिव तथा पत्रकार बद्रीप्रसाद काफ्लेको बुधबार बिहान निधन भएको छ। त्रियुगा नगरपालिका–११, गाईघाटस्थित समता टोलमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो। काफ्लेको निधनप्रति नेपाल पत्रकार महासंघ उदयपुरले दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ। उहाँ २०४९ सालमा नेपाल पत्रकार महासंघ उदयपुर […]

पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?

चितवन, भदौ २४ गते ।  पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मङ्गलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत थियो । भोटेकोशीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती ‘बुकिङ’ रद्द हुँदा होटल सुनसान छ […]

हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौँ, भदौ २३ गते । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ५३३ रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा […]

चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ २३ गते ।   जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको सबै भूभाग तथा […]

प्रिय जेनजी सुशासन कायम हुने नै छ : प्रधानमन्त्री

काठमाडौँ, भदौ २३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभएको छ । जेनजी सहिद दिवसको अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले भन्नुभएको छ, “प्रिय जेनजी सुशासन कायम हुने नै छ, सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली ।” प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । सरकारले आज जेनजी दिवसको अवसरमा सार्वजनिक बिदा […]

उपत्यकामा ग्यास अभाव, आपूर्तिमा वैकल्पिक मार्ग प्रयोग

काठमाडौँ, भदौ २३ गते । मुख्य राजमार्गअन्तर्गत गएको बाढीपहिरोका कारण एलपी ग्यासको ढुवानी प्रभावित भएपछि काठमाडौँ उपत्यकामा ग्यास अभाव देखिएको छ । तराईको बोटलिङ प्लान्टबाट उपत्यकातर्फ हुने नियमित ढुवानी अवरुद्ध हुँदा ग्यास डिलरमा उपभोक्ताको चाप बढेको छ भने कतिपय डिलरले सडक किनारबाट समेत सिलिन्डर वितरण गर्न थालेका छन् । नेपाल आयल निगमका प्रवक्ता एवं आपूर्ति […]

भोटेकोशी बाढीमा दिवंगत भएकाहरुको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ, भदौ २२ गते । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सोही अनुसार आज देभरका सरकारी कार्यालय तथा […]

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौँ, भदौ २२ गते ।  भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ । मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बाबजुद धादिङमा करिब ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ […]

एक महिनापछि वर्षा, धानबालीमा राहत

कल्याणपुर (सप्तरी), भदौ २२ गते । करिब एक महिनाको अन्तरालपछि वर्षा भएपछि सप्तरीसहित आसपास क्षेत्रका किसान हर्षित भएका छन्। आकाशे पानीको भरमा खेती गर्दै आएका किसान आइतबार रातिदेखि वर्षा हुन थालेपछि खुसी भएका हुन्। भदौ महिनाको तेस्रो साता बित्न लाग्दासमेत पर्याप्त वर्षा नहुँदा खेतमा लगाइएको धानबाली कसरी जोगाउने भन्ने चिन्तामा रहेका किसानलाई पछिल्लो वर्षाले राहत […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ