काठमाडौँ, वैशाख १० गते । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपियाँ ०१ पैसा र बिक्रीदर १३६ रूपियाँ ६१ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५६ रूपियाँ २३ पैसा र बिक्रीदर १५६ रूपियाँ ९२ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको […]
काठमाडौँ, वैशाख १० गते । हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभरको मौसम सफा रहने बताएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य सुदृढ रहनेछ र काममा लाभको सम्भावना देखिन्छ । व्यापारमा थोरै मात्र लाभ हुनेछ, तर भविष्यका लागि महत्वपूर्ण कामको जग बसाउने मौका प्राप्त हुनेछ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुनेछन् । भौतिक साधन जुट्नेछन् र आयआर्जनमा पनि प्रगति हुनेछ । अतिथिका रूपमा सम्मान पाउने […]
गुलरिया (बर्दिया), वैशाख ९ गते । विश्वबाट नै लोप हुनथालेको घडियाल गोहीको संरक्षणका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा गोही प्रजनन केन्द्र सञ्चालन छ । सञ्चालन भएको ४२ वर्षमा १७५ वटा गोहीका बच्चा हुर्किएका छन् । विश्वबाटै लोप हुँदै गएको घडियाल गोही खास गरी दक्षिण एसियाको नेपाल र भारतमा पाइन्छ । नेपालमा मगर र घडियाल गरी दुई प्रजातिका गोही रहेका […]
सर्लाही, वैशाख ९ गते । सर्लाहीको हरिपुर र हरिवन नगरपालिकाका किसान हात्ती धपाउन रातभर जाग्राम बस्न थालेका छन् । जङ्गली हात्ती आएर घोगा लागेको मकै खाने र कुल्चिएर नष्ट गर्न थालेपछि किसान मकै जोगाउन रातभर खेतमै जाग्राम बस्न थालेका हुन् । हरिपुर नगरपालिका–१, हजारबिघा, हरिपुर नगरपालिका–२, सखुवामौजा र सानो जगतपुर तथा हरिवन नगरपालिका–५, घुर्कौली क्षेत्रमा तीन वटा […]
धनगढी, वैशाख ९ गते । कैलालीको टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालनका लागि ऐन बनाउन लागिएको छ । विज्ञान तथा प्रविधिका क्षेत्रमा नवीनतम ज्ञान र सिपयुक्त जनशक्ति उत्पादनका साथै विज्ञान तथा प्रविधिका माध्यमबाट आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरणका लागि सुदूरपश्चिम प्रदेश सरकारले यो ऐन बनाउन लागेको हो । यसले योग्यतम बौद्धिक नेतृत्वको विकास र अध्ययन अध्यापन तथा […]
चौमाला (कैलाली), वैशाख ९ गते । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्षको शैक्षिक सत्र सुरु हुनुअगावै १७ करोड ६६ लाख तीन हजार ६१७ रुपियाँका पाठ्यपुस्तक बिक्री गरेको छ । यस वर्ष शैक्षिक सत्र सुरु हुनुअगावै नै पाठ्यपस्तुक आएकाले बिक्रीवितरण सुरु गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले जानकारी दिएको छ । […]
सिँजा (जुम्ला), वैशाख ९ गते । जुम्लाको हिमा गाउँपालिका–१, दिवारगाउँको तल्लो बस्तीलाई जुम्लाकै पहिलो ‘पूर्ण सरसफाइउन्मुख’ घोषणा गरिएको छ । आइतबार हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा बृहत् खानेपानी सरसफाइ तथा स्वच्छता (वास) सम्मेलनका अवसरमा दिवारगाउँको तल्लो बस्तीलाई खानेपानीमन्त्री प्रदीप यादवले पूर्ण सरसफाइउन्मुख गाउँ घोषणा गर्नुभएको हो । ‘एक घर एक धारा’ र ‘एक घर एक […]
काठमाडौँ, वैशाख ९ गते । सरकारले सामाजिक सञ्जाललाई सूचीकरण एवं दर्ता गर्नका लागि पहलसँगै आवश्यक संवाद अघि बढाएको छ । साइबर सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुग्ने सन्दर्भलाई दृष्टिगत सरकारले सामाजिक सञ्जाल सूचीकरणका लागि काम अघि बढाएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सरकारले चैत ७ गते सूचना प्रकाशित गरी […]
काठमाडौं, वैशाख ८ गते – नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) राष्ट्रिय समितिका अध्यक्ष योगेन्द्र कुमार कुँवरले जलवायु परिवर्तनको मारमा अनौपचारिक क्षेत्रका महिला श्रमिकहरू रहेको बताउनुभएको छ। नेपाल ट्रेड युनियन कांग्रेस जलवायु परिवर्तन तथा न्यायोचित रूपान्तरण सेलले आयोजना गरेको जलवायु परिवर्तन न्यायोचित रूपान्तरण एनडिसी ३.० नीति संवाद कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले जलवायु संकटले सिर्जना गर्ने असरहरू […]