रेसुङ्गा (गुल्मी), पुस २३ गते । गुल्मीको मझेङ खानेपानी योजनाको सफल परीक्षण गरिएको छ । रेसुङ्गा–भाडगाउँ–मझेङखोला लिफ्ट खानेपानी योजना २०७७ असोज २३ गते निर्माण सम्झौता भएको थियो । यो योजना सम्झौता अनुसार २०७९ असोज २८ सम्ममा सकिनुपथ्र्यो तर करिब पाँच वर्ष हुँदासम्म पूरा भएको छैन । अहिले पहिलो चरणको काम सकिएको हो । गत भदौमा यो आयोजना सङ्घीय खानेपानी […]
नेपालगन्ज, पुस २३ गते । बाँकेको जानकी गाउँपालिकाले विद्यार्थीहरूलाई लक्षित गरी साइबर अपराध र सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाको आयोजनामा सुरु भएको सो कार्यक्रममा जानकी गाउँपालिका भित्रका ८ वटा माध्यमिक विद्यालयमा अध्ययनरत करिब ४० जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा अनलाइनमार्फत हुने ठगीका विभिन्न स्वरूप, […]
काठमाडौँ, पुस २३ गते । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार […]
घोराही (दाङ), पुस २२ गते । अध्ययनको क्षेत्र कृषि प्राविधिक ,व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उहाँको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिनुभएको छ । स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैँले हेर्नुहुन्छ । चार वर्षअघिदेखि स्ट्रबेरीखेतीमा होमिनुभएका २७ वर्षीय उहाँले […]
भोजपुर, पुस २२ गते । यहाँको आमचोक गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत चियाखेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाले आर्थिक विकासलाई दिगो बनाउने लक्ष्यसाथ योजनाबद्ध रूपमा चियाखेती विस्तार थालेको हो । गाउँपालिका तथा आमचोक चिया तथा कफी सहकारीका सेयर सदस्यहरूको संयुक्त लगानीमा हालसम्म चियाखेतीका लागि रु तीन करोड लगानी […]
दमौली (तनहुँ), पुस २२ गते । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४ गतेदेखि सञ्चालन हुने छैँटौँ तनहुँ सांस्कृतिक महोत्सवअन्तर्गत तीन जातिका नमुना घर निर्माण गरिएको छ । महोत्सवलाई थप आकर्षक, मौलिक र सांस्कृतिक बनाउन तीन जातिका परम्परागत नमुना घर निर्माण गरिएको हो । व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा आयोजना हुने महोत्सवको मुख्य आकर्षणका […]
गुल्मी, पुस २२ गते । पश्चिम गुल्मीको ग्रामीण भेगमा पर्ने प्युठानको सिमानासँग जोडिएको अग्लुङ्गफेदीमा पक्की पुल निर्माण भएपछि स्थानीय खुसी देखिएका छन् । मदाने गाउँपालिका–१ अग्लुङ्गमा पर्ने अग्लुङ्गफेदी खोलामा मोटरेबल पक्की पुल निर्माण हुँदा यहाँका स्थानीयसँगै छिमेकी जिल्लावासी समेत खुसी देखिएका हुन् । पुल निर्माण नहुँदा निकै दुःख पाएका यहाँका नागरिकहरु पुल निर्माणपछि निकै खुसी […]
कञ्चनपुर, पुस २२ गते । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरले तीन वटै निर्वाचन क्षेत्रबाट सात जना उम्मेद्वारको नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटीको बैठकले तीन वटै निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकबाट सिफारिस भई आएका नामहरूमा रायसहित सात जनाको नाम प्रदेश कमिटीलाई पठाउने […]
ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले खेती (कृषि कर्म) गर्न चाहाने किसानलाई सहयोग गर्ने भएको छ । अर्काको जग्गा भाडामा लिएर खेती गर्न चाहाने किसानलाई गाउँपालिकाले अनुदान सहयोग गर्ने भएको हो । खेती अर्थात् कृषि कर्म गर्न चाहाने किसानलाई गाउँपालिकाले वार्षिक एक लाख रुपियाँसम्म अनुदान सहयोग गर्ने भएको छ । गाउँपालिकाका निमित्त प्रमुख […]
काठमाडौँ, पुस २२ गते । नेपालका विभिन्न भेगमा सोमबार यस वर्ष जाडो सुरु भएयताकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । न्यूनतम तापक्रममा गिरावट आएसँगै देशभर चिसो महसुस गरिएको छ । योसँगै चिसोजन्य स्वास्थ्य समस्या पनि बढेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । सोमबार जुम्लामा सबैभन्दा कम माइनस ६.३ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड […]