alliance khabar

शुक्रबार, साउन ०८, २०८३

काठमाडौँ, साउन ८  गते ।

नेपाली कांग्रेसले भारतको विहारस्थित जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।

सो पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा सर्लाहीको बलरा नगरपालिकाका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह सीमावर्ती भारतीय बजारमा रासायनिक मल खरिद गरी फर्किने क्रममा पक्राउ परेको उल्लेख छ ।

कांग्रेसले आफ्नो खेतीका लागि मल ल्याउने क्रममा पक्राउ परेका किसानको रिहाइका लागि सरकारले तत्काल पहल गर्न आग्रह गरेको छ । मानवीय आधारमा उनीहरूको अविलम्ब रिहाइ गरिदिन कांग्रेसले अनुरोध गरेको छ ।

विज्ञप्तिमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, खुला सीमा र दुई देशका नागरिकबीचको आत्मीयतालाई ध्यानमा राखी यस्ता संवेदनशील विषयमा तत्काल समाधान निकाल्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल