आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस

  काठमाडौँ, साउन  २ गते । आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस हो । स्वतन्त्रता र शान्तिको संस्कृति निर्माणमा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले गर्नुभएको योगदानको कदर गर्दै सन् २००९ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । मानवताको सेवामा गर्नुभएको समर्पण, द्वन्द्व समाधान, मानवअधिकारको रक्षा, मेलमिलाप, लैङ्गिक समानता र बालबालिकाका साथै अन्य […]

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, साउन २ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो […]

दस पालिकाको एक अर्ब २४ करोड बजेट फिर्ता

तानसेन, साउन २ गते ।  पाल्पाका दस स्थानीय तहको एक अर्ब २४ करोड ६१ लाख बजेट फिर्ता भएको छ । जिल्लाका दस स्थानीय तहका लागि विनियोजित कुल बजेट ६ अर्ब ८९ करोड १८ लाखमध्ये पाँच अर्ब ६४ करोड ५७ लाख रुपियाँ मात्र खर्च भएको छ । दस स्थानीय पालिकाले चालुतर्फ चार अर्ब ३८ करोड ८० […]

२०८२ साउन ०२ गते -18 July 2025 , शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यस्त र तीव्र दिन रहनेछ, तर खर्च बढ्ने सम्भावना छ । पठन पाठनमा बाधा आउने र मानसिक तनावले चिडचिडाहट थप्नेछ । आर्थिक बोझ र मान प्रतिष्ठामा असर पुग्न सक्छ । जोखिम र रिस्कभित्र कुनै निर्णय नगर्नु शुभ हुनेछ । वृष (इ, उ, ए, ओ, बा, […]

श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने

काठमाडौँ, साउन १ गते । नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५० बनाउने विषयमा सहमति भएको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको त्रिपक्षीय बैठकमा उक्त सहमति भएको मन्त्रालयले जनाएको छ । श्रम ऐन, २०७४ को दफा १०७ मा प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण […]

रहनुभएन किसुनजीको चिया अड्डाकी ‘लक्ष्मी दिदी’

काठमाडौँ, साउन १ गते । पञ्चायतकालको उत्तरार्धदेखि सक्रिय राजनीतिक जीवनमा रहँदासम्म पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रत्येक शनिबार चिया खाने र कार्यकर्ता भेट्ने ‘अड्डा’ नै थियो, बानेश्वरस्थित लक्ष्मी दिदीको चिया पसल । झिँगटीको छानो भएको सानो घरमा रहेको पसलमा किसुनजीसँगै धेरै नेता तथा कार्यकर्ता पुग्थे । कांग्रेसका शीर्ष नेताकै चिया अड्डा भएपछि […]

पाथीभरामा तीन करोड ११ लाख बढी भेटी सङ्कलन

फुङ्लिङ, असार ३२ गते । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा तीन करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ मा मन्दिरमा तीन करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ भेटी रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी भेटी […]

भूमिहीनलाई लालपुर्जा वितरण

सप्तरी, असार ३२ गते । सप्तरीको बोदेबर्साइन नगरपालिका ४ मा बुधबार भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको छ । वडानम्बर ४ का गाउँब्लकमा रहेका घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो । बोदे बर्साइन नगरपालिका ४ सिल्हट प्रसाहीको वडा कार्यालयको सभा हलमा नगर प्रमुख आतेशकुमार सिंह यादवले भुमिहीन परिवारलाई लालपुर्जा वितरण गर्नुभयो । लालपुर्जा वितरण गर्दै नगरप्रमुख यादवले […]

अझै चल्दै छन् देशभर चौध अवैध तुइन

काठमाडौँ, साउन १ गते ।  अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेको तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्दै देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा पुगेको छ । १० वर्षअघि मुलुकभर १४६ वटा तुइन रहेकामा अहिले १४ वटा मात्र बाँकी छन् । १३२ स्थानका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिएको छ । […]

उठ्न सक्छ वार्षिक चालिस अर्ब

काठमाडौँ, साउन १ गते । मकवानपुरका गोपाल शर्मा निरन्तर मधुमेह (सुगर) को औषधी सेवन गर्नुहुन्छ । यसबाहेक उहाँले कोलेस्ट्रोलको औषधी सेवन गरिरहनुभएको छ । सुगर मात्र होइन, उहाँलाई प्रोस्टेट रोग पनि छ । यी औषधी सेवन गर्नका लागि तीन हजार रुपियाँ मासिक लाग्ने गर्दथ्यो । शर्माले स्वास्थ्य बिमा गराउँदा उहाँले सेवन गर्ने औषधी निःशुल्क रूपमा पाइरहनुभएको छ । शर्माले यसअघि […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ