काठमाडौँ, साउन ३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पोलिटब्यूरो बैठकले विधान संशोधन प्रतिवेदन पारित गरेको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा शनिबर सम्पन्न चौथो पूर्ण बैठकले केन्द्रीय सचिवालय बैठकबाट पारित गरिएको विधान संशोधन प्रस्ताव प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान […]
इटहरी (सुनसरी), साउन ३ गते : खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताउनुभएको छ । आज यहाँ स्थित “झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना” को उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समान […]
मेरिल्याण्ड, साउन ३ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक दुई वर्षमा प्रदान गर्दै आएको विभिन्न ११ विधाका पुरस्कार घोषणा गरेको छ । शनिवार बसेको बोर्ड अफ ट्रष्टी र केन्द्रीय समितिको संयुक्त बैठकमा पुरस्कार छनोट समितिका संयोजक एवं विओटीका उपाध्यक्ष तीर्थराज पाण्डेयले पुरस्कार प्राप्त गर्ने व्यक्तिहरुको नामावली घोषणा गर्नुभएको थियो । विभिन्न व्यक्तित्वहरुले […]
काठमाडौं, साउन ३ गते । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष देवकुमार ढकालले पदभार ग्रहण गर्नुभएको छ । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसँगै उहाँले पदभार ग्रहण गर्नुभएको हो । ढकालसँग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ । […]
वीरगञ्ज (पर्सा), साउन २ गते । बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डिस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुुलुक निर्यात गरेको हो । उक्त इन्डिस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा आफ्ना […]
काठमाडौँ, साउन २ गते । काठमाडौँ महानगरपालिकाले शैक्षिकसत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आयोजित प्रवेश परीक्षामा १६ हजार १३७ विद्यार्थी परीक्षामा सहभागी हुन पाउने भएका छन् । देशभरका ७७ जिल्लाबाट कुल १७ हजार २२९ आवेदनमध्येबाट १६ हजार १३७ वद्यार्थी छनोट भएका हुन् । […]
कर्णाली, साउन २ गते । कर्णालीको विशेष मौलिक पर्वका रूपमा लिने गरिन्छ साउने सङ्क्रान्ति, जुन दिन राँको बालेर लुतो फाल्ने गरिन्छ । मानव शरीर तथा समाजमा भएका सबैखाले विकृत चिजको विसर्जन गर्ने विम्बका रूपमा लुतो फाल्ने परम्परा मुलतः माथिल्लो कर्णालीका जिल्लाहरूमा विद्यमान छ । साउने सङ्क्रान्ति लुतो फाल्ने दिनमात्र नभएर देउडा पर्वका रूपमा पनि कर्णालीमा […]
दमौली (तनहुँ), साउन २ गते । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध उत्पादक किसानलाई रु ९७ लाख ४१ हजार ५३४ अनुदान वितरण गरेको छ । दुग्ध उत्पादक किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ११ सहकारीमार्फत उक्त रकम वितरण गरेको हो । केन्द्रमार्फत दूधमा अनुदान वितरण कार्यक्रम दोब्बरले वृद्धि भएको […]
कल्याणपुर (सप्तरी), साउन २ गते । सप्तरीको महदेवा गाउँपालिकाले विपन्न परिवारका गर्भवती महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२/०८३ को साउन १ गतेदेखि विपन्न परिवारका गर्भवती महिला तथा दुर्घटनामा परेका व्यक्ति लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । यस गाउँपालिका क्षेत्रभित्रका विपन्न गर्भवती तथा सुत्केरी महिलाहरुको लागि […]
खोटाङ, साउन २ गते । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशभित्र पर्ने १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरेअनुसार बिहीबार खोटाङको दिक्तेल बजारमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हाटडाँडामा […]