alliance khabar

बिहिबार, साउन ०१, २०८२

फुङ्लिङ, असार ३२ गते ।

ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा तीन करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ मा मन्दिरमा तीन करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ भेटी रकम सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी भेटी वैशाख र चैत महिनामा सङ्कलन भएको छ । वैशाखमा ६० लाख ९० हजार ८१५ रुपियाँ र चैत महिनामा ५० लाख पाँच यस रुपियाँ भेटी सङ्कलन भएको छ । विशेष गरी चैत्र, वैशाख र दसैँ तिहारलाई पाथीभरा सिजनको रूपमा लिने गरिन्छ ।

यस्तै साउन महिनामा छ लाख ९१ हजार, भदौमा ११ लाख ३५ हजार ५५५ रुपियाँ, असोज महिनामा सबैभन्दा थोरै चार लाख ११ हजार १५१ रुपियाँ भेटी सङ्कलन भएको थियो । कार्तिकमा ३७ लाख ४४ हजार ६५० रुपियाँ, मङ्सिरमा ४१ लाख १७ हजार रुपियाँ, पुसमा २९ लाख २५ हजार रुपियाँ भेटी सङ्कलन भएको सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

माघ महिनामा १० लाख ४० हजार रुपियाँ, फागुनमा १३ लाख तीन हजार पाँच सय रुपियाँ, जेठमा २३ लाख ९५ हजार रुपियाँ र असारमा २३ लाख एक हजार १०५ रुपियाँ भेटी सङ्कलन भएको क्षेत्र विकास समितिले जनाएको छ ।

गत आर्थिक वर्षमा भने ३ करोड ९८ लाख ४१ हजार ९५८ रुपैयाँ भेटी सङ्कलन भएको थियो । समितिका अनुसार तुलनात्मक रूपमा उक्त आर्थिक वर्षको भेटी रकम धेरै देखिनुमा धेरै समय अघिदेखि भण्डारमा थन्किएको रकम सोही वर्षमा नै गणना भएको थियो भने भारु नोट र सिक्काको समेत सटही भएको थियो ।

आगामी समयमा पर्यटक सुविधामा सुधार, पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिँदै पाथीभरा क्षेत्रमा अझ भक्तजन आकर्षित गर्ने योजना सहित काम गर्ने क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे लिम्बूले बताउनुभयो ।

पाथीभरालाई सबै धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिन्छ र धार्मिक पर्यटकीय दृष्टिले पूर्वी नेपालको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । पछिल्लो समयमा भारत बाहेकका मुलुकका समेत नागरिकहरू आउन थालेको समितिले जनाएको छ ।

यस्तै चालू आर्थिक वर्ष २०८१–०८२ मा दुई लाख बढी भक्तजन पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिले आज सार्वजनिक गरेको विवरण अनुसार २ लाख १७ हजार ८७६ जना भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार गत वर्षको तुलनामा यस वर्ष दर्शनार्थीको सङ्ख्या केही घटेको छ । अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा २ लाख ३१ हजार ३३४ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । यो वर्ष दर्शनार्थीको सङ्ख्या घट्नुमा निर्माणाधीन पाथीभरा केबुलकारका कारण उत्पन्न विवादले भएको बन्द लगायतका कारण प्रमुख भएको कार्यकारी निर्देशक हाङबाङको भनाई छ ।

आर्थिक वर्ष २०८१–०८२ मा सबैभन्दा धेरै दर्शनार्थी कार्तिक महिनामा आएका थिए । जसमा ६१ हजार १७३ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए । आर्थिक वर्षको सुरुवाती समय साउन महिनामा भने सबैभन्दा कम १ हजार ९५५ जना मात्र आएका थिए ।

सङ्कलन गरी कार्यालयमा ल्याएको भेटी गणना गर्दै पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल