काठमाडौँ, चैत १९ गते । वालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री शाहलाई बुधबार एक सन्देश पठाएर रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपम बधाई ज्ञापन गर्नुभएको हो । सन्देशमा उहाँले प्रधानमन्त्री शाहको नेतृत्वमा रूस–नेपाल सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको […]
पोखरा, चैत १८ गते । गण्डकी क्षेत्रका कैयौँ मानिसको जीविकोपार्जन र मुलुककै पर्यटकीय अर्थतन्त्रमा ठुलो योगदान दिएको पोखराको फेवाताल मानवीय र प्राकृतिक दुवै थरी अतिक्रमणले खुम्चिँदै गएको छ । यसको संरक्षणका लागि सरकारका प्रयास तथा अतिक्रमण हटाउन अदालतका आदेशसमेतलाई बेवास्ता भइरहेको सन्दर्भमा नयाँ निर्वाचित सरकारका प्रधानमन्त्री वालेन्द्र शाहको प्राथमिक चासोमै फेवा अतिक्रमण हटाउने कार्य परेको छ । […]
भारदह, चैत १८ गते। सप्तरी जिल्लाको राजविराज नगरपालिकास्थित गजेन्द्र नारायण सिंह सरकारी अस्पतालको पश्चिमतर्फको वर्षौँदेखि बन्द रहेको गेट मंगलबारदेखि सञ्चालनमा आएको छ। अस्पतालमा दुईवटा गेटमध्ये पश्चिमतर्फ रहेको पुरानो गेट बन्द भएपछि बिरामी र तीर्थयात्रीहरूलाई आवतजावतमा समस्या हुँदै आएको थियो। सप्तरी क्षेत्र नं २ का प्रतिनिधि सभासद् रामजी यादवको पहलमा गेट खोल्न सफल भएको राष्ट्रिय स्वतन्त्र […]
म्याग्दी, चैत १८ गते । रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ । एक दशकअघि निर्माण सुरु भएको यो सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले बताउनुभयो । हाल सडक फराकिलो पार्ने, ग्रेड र मोड सुधार, वर्षाको पानी निकासका निम्ति नाली निर्माण र सडक किनारमा पर्खाल निर्माण धमाधम भइरहेको […]
काठमाडौँ, चैत १८ गते। गृहमन्त्री सुधन गुरुङले विपदमा परेका नागरिकको तत्काल उद्धारका लागि दुई वटा हेलिकोप्टर तयारी अवस्थामा राखिने बताउनुभएको छ। मङ्गलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा उहाँले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी कर्मचारीहरूले ज्यानको पर्वाह नगरी नागरिक उद्धारमा खटिएकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आम नागरिकको जिउज्यानभन्दा ठूलो कुनै पनि कुरा नभएको उल्लेख गर्दै […]
सिरहा, चैत १८ गते । गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा कोशी, मधेस र बागमती प्रदेशका गरी आठ क्लबले सहभागिता जनाउने छन् । आयोजकका अनुसार सिरहाबाट गोलबजार युनाइटेड क्लब, गोलबजार स्पोर्टस् क्लब […]
म्याग्दी (दरबाङ), चैत १८ गते। म्याग्दीमा आगामी वैशाख २ गतेदेखि आर्थिक गणना सुरु हुने भएको छ। जिल्ला आर्थिक गणना कार्यालय म्याग्दीका अनुसार जिल्लाभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलापसम्बन्धी सबै प्रकारका व्यवसाय तथा सेवाको आधारभूत विवरण सङ्कलन गरी तथ्याङ्क प्रकाशन गरिनेछ। कार्यालय स्थापना भएपछि मङ्गलबार सदरमुकाम बेनीबजारमा आयोजित जिल्लास्तरीय अन्तरक्रिया तथा सचेतना गोष्ठी मा आर्थिक क्रियाकलाप हुने […]
काठमाडौँ, चैत १८ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) […]
रेसुङ्गा (गुल्मी), चैत १८ गते। सामाजिक सुरक्षा कोष र धुर्कोट गाउँपालिकाबीच कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ। धुर्कोट गाउँपालिकाले प्रारम्भिक चरणमा करारका कर्मचारी, नगर प्रहरी, विद्यालय कर्मचारी तथा बालविकास सहयोगीलाई कोषमा आबद्ध गर्ने […]
काठमाडौँ, चैत १८ गते । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भू–भागमा आंशिक बदली भएको छ । गण्डकी प्रदेशका केही तथा कोशी, बागमती, […]