alliance khabar

सोमबार, भाद्र ०८, २०८३

मुक्तिनाथ (मुस्ताङ), भदौ ८ गते।

थाक खेलकुद तथा सांस्कृतिक विकास संघको ५२औँ संस्करणको थाक खेलकुद प्रतियोगिता असोज ८ देखि १० गतेसम्म थासाङ गाउँपालिका–३, लेते कालोपानीमा आयोजना हुने भएको छ। प्रतियोगितामा सर्वाधिक धनराशिको पुरुष तथा महिला भलिबल, छेलो, तारा खेल, आधुनिक आर्चरी, सांस्कृतिक तथा नृत्य प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ।

प्रतियोगितामा थकाली समुदायको पहिचान, संस्कृति र सभ्यता झल्किने विभिन्न कार्यक्रमसमेत आयोजना गरिने संघले जनाएको छ।

मुस्ताङमा नयाँ खेलाडी उत्पादन तथा खेलाडीको क्षमता विकासका लागि प्रवेशद्वारका रूपमा रहेको प्रतियोगिताले इच्छुक खेलाडीलाई थप हौसला र अवसर प्रदान गर्दै आएको संघका अध्यक्ष कृष्णकुमार शेरचनले बताउनुभयो। उहाँका अनुसार संघले खेलाडीको क्षमता अभिवृद्धिका लागि पोखरामा दुई महिनासम्म आवश्यक प्रशिक्षणको व्यवस्था पनि गर्दै आएको छ।

अध्यक्ष शेरचनले भन्नुभयो, “यस वर्ष हामीले अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता बनाउने प्रयास गर्नेछौँ। खेलकुदमा पनि मुस्ताङलाई हब बनाउने गरी काम भइरहेको छ।”

प्रतियोगितामा मुस्ताङबाहेक विभिन्न जिल्लाका खेलाडीसमेत सहभागी हुने गरेका छन्।

प्रतियोगिताको अवसरमा थकाली समुदायको पहिचान झल्किने विभिन्न गतिविधि आयोजना गरिँदै आएको छ। जिल्लाका उच्च क्षेत्रमा खेलमैदान विस्तार तथा प्रवर्द्धनमा समेत संघले सहयोग गर्ने अध्यक्ष शेरचनले बताउनुभयो।

दुई वर्षअघि ५१औँ संस्करण घरपझोङ गाउँपालिका–२ स्थित प्रमुख पर्यटकीयस्थल मार्फामा सम्पन्न भएको थियो। गत वर्ष भने जेनजी आन्दोलनका कारण प्रतियोगिता स्थगित भएको थियो।

संघसँग आजीवन सदस्यता शुल्क तथा मेलाबाट भएको बचत गरी करिब ४५ लाख रुपियाँ मौज्दात रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ