मौसमी जोखिमबाट सुरक्षित रहन आग्रह

ताप्लेजुङ, कात्तिक ११ गते । स्थानीय प्रशासनले हिमाली जिल्ला ताप्लेजुङमा मौसमी जोखिमबाट सुरक्षित रहन सबै नागरिकलाई आग्रह गरेको छ । वर्षा र हिमपातजन्य विपदमा परी ज्यानसमेत जान सक्ने भएकाले स्थानीय प्रशासनले उक्त जोखिमबाट सुरक्षित रहन सबैलाई आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले मङ्गलबार बिहान सूचना प्रकाशित गर्नुहुँदै हिमपातजन्य मौसमी जोखिमबाट सुरक्षित रहन […]

आगामी पुसमा बाघ गणना गरिने

चितवन, कात्तिक  ११ गते ।   आगामीे पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो […]

बेपत्ता युवा २० दिनपछि मृत फेला

सुलीकोट, कात्तिक ११ गते । गोरखाका बेपत्ता एक युवा २० दिनपछि मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सहिद लखन गाउँपालिका – २ मनकामनाका ३५ वर्षीय कालुराम थापा मङ्गलबार बिहान चितवनको देवघाट जङ्गलमा फेला परेका हुन् । प्रसिद्ध धार्मिक स्थल मनकामनाको केबुलकार हुँदै असोज २२ गतेबाट घरबाट सम्पर्कविहीन भएका थापा झण्डै २० दिनपछि देवघाटका स्थानीयहरुले […]

बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी

बागमती, कात्तिक ११  गते ।  बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ । खर्च कटौती र आर्थिक मितव्ययी अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी थालेको छ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश सरकारलाई मन्त्रालयको सङ्ख्या घटाउन माग गर्दै […]

दुई हजार नौ सय घट्यो सुनको मूल्य

काठमाडौँ, कात्तिक ११ गते ।  नेपाली बजारमा मङ्गलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला दुई हजार नौ सय रुपियाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन प्रतितोला दुई लाख ३७ हजार रुपियाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार दुई लाख ३९ हजार नौ सय रुपियाँमा सुनको […]

एमाले सचिवालय बैठक शनिबार बस्ने

काठमाडौँ,  कात्तिक ११ गते ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारीका लागि एमालेको केन्द्रीय सचिवालयको बैठक यही कात्तिक १५ गते शनिबार बस्ने भएको छ । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्नेछ । गत असोज २९ देखि असोज ३१ गतेसम्म भएको एमालेको १०औँ केन्द्रीय कमिटी बैठकले ११औं महाधिवेशन आगामी मङ्सिर २७ देखि मङ्सिर २९ गतेसम्म […]

पूर्वी नेपालमा भूकम्पको झट्का

काठमाडौँ, कात्तिक ११ गते । पूर्वी नेपालको संखुवासभा जिल्लाको किमाथांका क्षेत्र (नेपाल–चीन सीमा नजिक) केन्द्रबिन्दु भएर मङ्गलबार बिहान स्थानीय समय अनुसार ७ः३२ बजे ४.३ म्याग्निच्युडको भूकम्प आएको छ । नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र र खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको स्थानीय परिमाण ४.३ रहेको हो । केन्द्रबिन्दु संखुवासभाको किमाथांका आसपास, तिब्बत सीमाक्षेत्रमा रहेको […]

खेतान फाउन्डेसनको ५ अर्ब सहयोग

हिले, कात्तिक १० गते । सहिदहरूको भूमिको रूपमा चिनिने धनकुटाको सहिदभूमि गाउँपालिकालाई व्यापारिक घराना खेतान समूहको खेतान फाउन्डेसनले ५ अर्ब बराबरको सहयोग गर्नेभएको छ । आइतबार धनकुटाको सहिदभूमि गाउँपालिका र खेतान फाउन्डेसनबिच पालिकालाई ५ अर्ब बराबरको सहयोग हस्तान्तरण गर्ने सम्झौता भएको हो । गाउँपालिकाको तर्फबाट अध्यक्ष मनोज राई र खेतान फाउन्डेसनको तर्फबाट अध्यक्ष निर्मलमान सिंहले […]

गृहमन्त्री अर्यालद्वारा जनकपुरधामको छठ अवलोकन

जनकपुरधाम, कात्तिक १० गते । अगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन र शान्ति सुरक्षाको विषयमा जानकारी लिन सोमबार जनकपुरधाम आउनुभएका नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जनकपुरधामको छठ पूजामा सहभागी हुनुभएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामको प्रसिद्ध ऐतिहासिक गंगासागर पोखरीमा भइरहेको छठ पूजाको उहाँले अवलोकन गर्दै गंगा आरतीमा समेत सहभागी हुनुभयो । दुई दिनका […]

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठ पूजा

काठमाडौँ, कात्तिक १० गते।  प्रधानमन्त्री सुशीला कार्की कमल पोखरीमा पुगेर छठ पूजा गर्नुभएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उहाँ काठमाडौँको कमलपोरखीमा पुगेर छठ पूजामा सहभागी हुनुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले भने पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बागमती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा अर्चना गर्नुभएको छ। विगतमा तराईमा मात्र मनाइने छठ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल