alliance khabar

सोमबार, पुष २१, २०८२

ताप्लेजुङ, पुस २१ गते ।

 ताप्लेजुङमा यसवर्ष कोदो खेती र उत्पादन केही वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष जिल्लामा खाद्यान्न बाली कोदोको खेती र उत्पादन वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यहाँ यसवर्ष तीन हजार हेक्टर क्षेक्रफलमा कोदो खेती गरिएको छ । उक्त क्षेत्रफल बराबरको खेतीबाट कुल चार हजार ३२० मेट्रिकटन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत मुना न्यौपानेले जानकारी दिनुभयो ।

बाली विकास अधिकृत न्यौपानेका अनुसार गतवर्ष दुई हजार ९६२ हेक्टर क्षेत्रफल बराबरको जमिनमा कोदो गरिएको र सो वर्ष चार हजार २५६ मेट्रिकटन कोदो उत्पादन भएको थियो । गत वर्षभन्दा यो वर्ष ३८ हेक्टर क्षेत्रफल बढी जमिनमा कोदो खेती गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, गत वर्षभन्दा यो वर्ष ६४ मेट्रिकटन बढी कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा सीमित किसानले मात्र कोदो खेती गर्ने गरेकामा पछिल्लो केही वर्षयता विस्तारै कोदो खेती विस्तार गर्न थालिएको छ । कोदोको माग बढ्न थालेको साथै कोदोको महत्त्व र उपभोगले हुने फाइदा तथा लाभबारे बुझ्न थालेपछि कोदो खेतीतर्फ विस्तारै किसान आकर्षित हुँदै गएका पाइएको छ ।

स्थानीय (लोकल) उत्पादनको कोदो गाउँघरमा पाथीको (करिव चार किलोग्राम) २०० देखि २५० रुपियाँसम्म मूल्य पर्ने गरेको छ । लोकल कोदोको मूल्य महङ्गो भए पनि माग अनुसार नपाइने गरेको उपभोक्ता बताउँछन् । कोदोको ढिँडो, रोटीसहित विभिन्न परिकार बनाएर उपभोग गर्दा स्वास्थ्यलाई फाइदा हुने भएकाले माग बढ्दो अवस्थामा रहेको बताइएको छ ।

लगानीअनुसार आम्दानी कम हुने हुँदा कोदो खेतीलाई प्राथमिकता नदिने गरिएको किसानको भनाइ छ । कोदो खेती गर्दा थेरै जनशक्तिसँगै लगानी लाग्ने गरेको किसान बताउँछन् । त्यस्तै पछिल्लो समय गाउँदेखि सहरतिर बसाइँ सर्ने क्रम बढ्नुका साथै विभिन्न कारण गाउँबाट जनशक्ति पलायन हुने क्रमले पनि कोदो खेती कम हुन थालेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल