alliance khabar

सोमबार, पुष २१, २०८२

रेसुङ्गा(गुल्मी), पुस २१ गते ।

गाउँभरी सबैले चिरञ्जीवी सर भनेर चिन्छन्, खास उहाँको नाम विश्वराज पौड्याल हो । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सार थप्लुङ्गका पौड्याल उमेरले ६१ वर्षको पुग्नुभयो । उहाँ ३५ वर्ष गाउँकै विद्यालयमा पढाएपछि उमेर हदले अवकास हुनुभएको एक वर्ष मात्रै भएकाे छ ।

२०४६ सालमा बलेचौरमा तीन सय रुपियाँबाट पढाउन थाल्नुभएका पौड्याल जनबोध माविबाट अवकास हुनुभएको हो । उहाँले सामाजिक विषयमा अध्ययन गराउनुहुन्थ्यो । जसका कारण अवकासपछि पनि सामाजिक जीवन जिउन रहर जागेको छ । पौड्यालका अनुसार जीवन जिउन जल, जमिन, जङ्गल र जाँगर चाहिन्छ । त्यहि मान्यता अनुसार सोखलाई कर्ममा बदल्न थाल्नु भएको पौड्यालकोमा अहिले २०० बढि ऐतिहासिक सामग्री तथा पुस्तकहरु रहेका छन् ।

उहाँले रुरु सङ्ग्राहलय नामकरण गरेर आफ्नै संरचनामा हस्तकलाका निकै पुराना बटुवाबाट बनेका नाम्लो, दाम्लो, रसी बाँसबाट बनेका डाला, सेउ, थुन्से राख्नुभएको छ । त्यस्तै काठबाट बनेका ठेकी, हर्पे, मदानी, चौठी, आरी, हलो, जुवा लगायतका सामग्री रहेका छन् । सङ्ग्राहलयमा बाद्यबाधनका सामग्री एकतारे, सारङ्गी, खैजडी, मर्चुङ्गा, मादल, मुरली छन् । साथै माटोबाट बनेका घैँटा, मटुला, हाँडी, थार्के तथा ऊनबाट बनेका कम्बल, टोपी, पञ्जा, सुइटर र गलबन्दी राखिएको छ ।

सङ्ग्राहलयमा ऐतिहासिक सामग्रीसहित धार्मिक पुस्तकहरु पनि रहेका छन् । सबै सामग्री जिल्ला भित्रका स्थानीय सामग्रीहरु कुनै खरिद गरेर र कुनै मागेर सङ्ग्रह गरेको चिरञ्जीवीले बताउनुभयो । यस्ता सामग्रीहरु थप्दै जाने सोँचमा पौड्याल हुनुहुन्छ । उहाँले भन्नुभयो, “आधुनिकताको जडमा प्राकृतिक कुरा रहेका छन् । मानिसको जाँगर, खोज अनुसन्धानले आधुनिक बनेको हो मैले तीनै प्राकृतिक वस्तुबाट निर्माण भएका सामग्री भोलीको पुस्तालाई जोगाइदिएर राखेको छु ।”

उहाँको करिव पाँच वर्षको लगाब र मेहेनतले अहिलेको सङ्ग्राहलय बनेको हो । आफुले सक्ने बेलासम्म अझै व्यवस्थित बनाउने र राज्यलाई आवश्यक परे हस्तान्तरण गर्ने सोँचमा पौड्याल हुनुहुन्छ । पौड्यालका श्रीमती इन्द्रासहित दुई छोरा र एक छोरी छन् । छोराछोरीहरु सबै आ–आफ्नै काम गरेर बाँच्न सक्ने भए । कृषि कर्मबाट परिवारको गुजरा चलेकाले आफुले सक्ने बेलासम्म सङ्ग्राहलय मार्फत देश र समाजको केही दिएर बाँच्ने मनसाय रहेको पौड्यालले बताउनुभयो ।

उहाँले आफ्नोमा देख्न, अध्ययन गर्न आउने सबैलाई निःशुल्क सहजीकरण गरिरहेको बताउनुभयो । प्राचिन वस्तुहरुको मूल्य नहुने भएकाले लागतको हिसाब नगरेको बताउनुभयो । रुरुक्षेत्र गाउँपालिकाका प्रमुख यदु ज्ञवालीले पूर्व शिक्षक चिरञ्जीवी ज्ञवालीको मिहेनत देखेर निकै उत्साहित भएको बताउनुभयो । सामाजिक अध्ययनका लागि भोली पुस्ताको लागि निकै उपयोगी सामग्रीहरुसहितको सङ्ग्राहलयलाई कुनै विद्यालयसँग जोडेर स्थानीय सरकारले राख्नुपर्ने योजनामा रहेको ज्ञवालीले बताउनुभयो । उहाँले कार्यपालिका मार्फत छलफल अगाडि बढाएर योजना निर्माण गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल