alliance khabar

आइतबार, पुष २०, २०८२

राजविराज, पुस २० गते ।

राजविराज नगरपालिका–६ खर्साल टोलमा शनिबार राति आगलागी भएको छ । स्थानीय जगदेव यादवको गोठघरमा अचानक आगलागी हुँदा गोठघर तथा परालको कुन्यु जलेर आगलागी हुँदा करिब एक लाख रुपियाँ बराबरको क्षति भएको छ ।

त्यसैगरी, सोही स्थानका किसनदेव यादवको परालको कुन्यु दुई वटा जलेर अनुमानित ४० हजार रुपियाँ बराबरको क्षति भएको छ । आगलागीबाट मानवीय तथा पशु चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ ।

आगलागीको जानकारी पाउनासाथ नेपाली सेना श्री बरख गणबाट सेनानी रिचर्ड प्रजापतीको कमाण्डमा १७ जनाको टोली घटनास्थलमा खटिएको थियो । नेपाली सेनाको दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा आगो एक घण्टापछि राति १२ बजेर १५ मिनेटमा पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल