काठमाडौँ, मङ्सिर २४ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ५१ पैसा र बिक्रीदर १४४ रुपियाँ ११ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ ०५ पैसा र बिक्रीदर १६७ रुपियाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
काठमाडौँ, मङ्सिर २४ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि मानव अधिकारको सुनिश्चितता अझै अपूर्ण रहेको तथ्यलाई उजागर गरेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “युवापुस्ताको असन्तोष नातावाद र भ्रष्टाचारविरुद्धको विद्रोहका सन्दर्भमा अन्तर्राष्ट्रिय मानव अधिकार […]
नेपाली लोकसङ्गीत क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताउनुभएकी धनकुमारी थापा (सरु) सङ्गीतलाई जीवनमा अनिवार्य मान्नुहुन्छ । उहाँ नेपालमा पहिलो महिला दोहोरी साँझ खोल्ने व्यक्ति हुनुहुन्छ । हाल गीत/सङ्गीतसँगै उहाँ ‘हेयर एन्ड शीतल युनिसेक्स सैलुन र ह्यान्डिक्राफ्ट’ व्यवसायमार्फत रोजगारी सिर्जनामा संलग्न हुनुहुन्छ । ‘भर्चुअल युनिभर्सिटी फर पिस एन्ड एजुकेसन’ नामक भारतको एक विश्वविद्यालयबाट उहाँ मानार्थ विद्यावारिधिले विभूषित […]
काठमाडौँ, मङ्सिर २४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा बुधबार अपराह्न ४ बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । […]
काठमाडौँ, मङ्सिर २४ गते । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । बुधबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको छ । काठमाडौँ उपत्यका आज बिहान ५ः४५ […]
काठमाडौँ, मङ्सिर २३ गते । संयुक्त अरब इमिरेट्स (यूएई) मा यही डिसेम्बर १२ देखि हुने एसिसी पुरुष यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज अशोक धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणाा गरेको हो । टोलीको सदस्यमा नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, […]
काठमाडौँ, मङ्सिर २३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंहदरबारबाट सेवा प्रवाह भएको जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री, दुई सचिव, नीति, योजना तथा अनुगमन महाशाखा र कर्मचारी महाशाखाबाट हुने सेवा प्रवाह सिंहदरबारबाट सुरु गरिएको छ। सिंहदरबारस्थित नेपाली सेनाको नर्सिङ […]
काठमाडौँ, मङ्सिर २३ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थी नियुक्त हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पन्थीलाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो । पन्थीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाबाट नियुक्तिपत्रसमेत लिनुभएको छ । आचार्य पन्थी खुला प्रतिस्पर्धाबाट समितिको […]
काठमाडौँ, मङ्सिर २३ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज शिष्टाचार भेट गर्नुभएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबारमा भएको भेटमा उहाँहरूबीच नेपाल र भारतबीचको सम्बन्ध, द्विपक्षीय सहकार्य, वर्तमान अवस्था तथा नेपालको वर्तमान सरकारको प्राथमिकताका सम्बन्धमा छलफल भएको थियो। मन्त्री खरेलले नेपालको वर्तमान परिस्थितिको बारेमा बताउनुको […]
ओखलढुङ्गा, मङ्सिर २३ गते । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ । कात्तिक २३ गतेबाट शुरु गरिएको अभियान जिल्लाका सबै आठ स्थानीय तहमा विस्तार गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गाले जनाएको छ । केन्द्रका सूचना अधिकारी धिरेन राईका […]