काठमाडौँ, मङ्सिर २ गते । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक र मैदान बाहिरबाट पनि उल्लेख्य सङ्ख्यामा समर्थकको साथ । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा सीमित सिटका कारण कैयौँ दर्शक मैदान बाहिरबाटै समर्थन जनाए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल हेर्ने दर्शक मात्रै होइन खेलाडीले पनि खुसी व्यक्त […]
काठमाडौँ, मङ्सिर २ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा समङ्गलबार बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ । चितवन कुशल मल्लका […]
काठमाडौँ, मङ्सिर १ गते । नेपालले पहिलो पटक एसिएन डजबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । मङ्सिर ४ देखि ७ गतेसम्म मलेसियामा आयोजना हुने च्याम्पियनसिपमा भाग लिन १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मङ्गलबार मलेसिया प्रस्थान गर्दैछ । नेपाली टोलीलाई सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमबिच बिदाइ गर्नुभयो । […]
काठमाडौँ, मङ्सिर १ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डु गोर्खाजले विजयी सुरुवात गरेको छ । सुरुमा ब्याटिङ गरेको जनकपुरले जितको लागि दिएको १३१ रनको लक्ष्य काठमान्डुले १८ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा भेट्टाएको हो । काठमान्डुका लागि बेन चार्ल्सवर्थ ४६ रन बनाउनुभयो भने आकाश […]
दोस्रो एनपिएलको सिङ्गल राउन्ड रोविन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते उपाधि भिडन्त हुने छ । यस पटक कुल ३२ खेल हुने छन् । हरेक खेलमा नौ हजार पाँच सय टिकट बिक्री गरिने छ । त्रिवि रङ्गशालाको दर्शक क्षमता भने १३ हजार रहेको बताइएको छ । काठमाडौँ, मङ्सिर १ गते । विश्वमा फ्रेन्चाई क्रिकेट […]
धम्बोझी, कात्तिक २८ गते । सिद्धार्थ विद्या सदन (छात्र) र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल(छात्रा) एन्फा यु–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नेपालगन्ज रङ्गशालामा भएको फाइनल खेलमा सिद्धार्थ विद्या सदनले कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुलाई ३–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । सिद्धार्थलाई फाइनलको ट्रफी दिलाउने क्रममा कमल परियारले १९औं र ३९औं मिनेटमा […]
काठमाडौँ, कात्तिक २६ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १२० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु गर्न सहमति जनाएको छ । युवा तथा खेलकुद मन्त्रालयको आयोजनमा मङ्गलबार एन्फा पदाधिकारी, ‘ए’ डिभिजन क्लब प्रतिनिधि र फुटबल खेलाडी सङ्घबिच भएको बैठकपछि सहिद स्मारक लिग यसै वर्ष सुरु गर्न तयारी गर्ने सहमति भएको हो । जस अनुसार […]
काठमाडौँ, कात्तिक १७ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यस वर्ष ए डिभिजनको राष्ट्रिय लिग मात्र गर्ने मात्र गर्ने भएको छ । एन्फाले अर्को वर्ष होम एन्ड अवेको आधारमा सहिद स्मारक ए डिभिजन लिग गर्ने पनि उल्लेख गरेको छ । एन्फामा सोमबार ए डिभिजन क्लबहरूसँग भएको छलफलमा होम एन्ड लिग २०८३ को पुसदेखि […]
काठमाडौँ, कात्तिक १७ गते । युएईमा जारी आइसिसी विश्वकप लिग–२ शृङ्खलामा अमेरिकाले चारवटै खेल जितेको छ । यस सिरिजको अन्तिम खेलमा अमेरिकाले सोमबार संयुक्त अरव इमिरेट्स (युएई)लाई दुई सय ४३ रनले हरायो । जितका लागि दुई सय ९३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको घरेलु टोली युएई २१.१ ओभरका सबै विकेटको क्षतिमा ४९ रनमा समेटिएको थियो । […]
धम्बोझी, कात्तिक १६ गते । करिब ३ हजार बालबालिकाको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको बाँकेमा औपचारिक रुपमा शुभारम्भ गरिएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउने कार्यक्रम रहेको छ । जसअन्तर्गत बाँकेको नेपालगन्ज रंगशालामा २५ भन्दा […]