न्युयोर्क, असार ४ गते । लियोनेल मेसीले कीर्तिमान आफ्नो छैटौँ विश्वकपको सुरुवात ह्याट्रिकसहित गर्नुभएको छ । मेसीले बुधबार अल्जेरियाविरुद्धको खेलमा तीन गोल गरेर विश्वकपका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजको बराबरी गर्नुभएको हो । यी दुवै खेलाडीले विश्वकपमा कुल १६–१६ गोल गर्नुभएको छ । मेसीको ह्याट्रिकमा उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएर विजयी सुरुवात […]
काठमाडौँ, असार ३ गते । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए । खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता […]
न्युयोर्क, असार ३ गते । विश्वकप फुटबलको उपाधि जितको खोजीमा अमेरिका पुगेको क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले समूह ‘के’ मा आफ्नो पहिलो खेल बुधबार कङ्गोविरुद्ध खेल्ने छ । सधैँ उपाधि दाबेदारका रूपमा प्रस्तुत भए पनि पोर्चुगलले अहिलेसम्म विश्वकप जित्न सकेको छैन । यसपालि पनि पोर्चुगललाई दाबेदारका रूपमा लिइएको छ । सन् १९९६ मा तेस्रो स्थान पोर्चुगलको […]
काठमाडौँ, असार १ गते । मोर्डन इन्डियन स्कुलको आयोजनामा एमआइएस कप–२०२६ अन्तरविद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । विद्यालयको प्राङ्गणमा हुने प्रतियोगिता सोमबारदेखि आयोजना हुने छ । चार दिने सो खेलकुद मेलामा क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, फुटसल, बास्केटबल र चेसका प्रतियोगिता समावेश गरिएको छ । जसमा १२ विद्यालयका छ सयभन्दा बढी विद्यार्थीले भाग लिने छन् । […]
काठमाडौँ, जेठ २८ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्वराष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ । लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान दिनुभएको छ । केही वर्षअघि अन्तरराष्ट्रिय फुटबलबाट सन्यास लिनुभएका उहाँ अब नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको नेतृत्व […]
काठमाडौँ, जेठ २८ गते । विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ बिहीबार मध्यराति सुरु हुँदै छ । अहिले विश्वकपको ज्वरोबाट सबै रन्किएका छन् । विश्वकप खेल्ने मात्र होइन, विश्वकपमा उपस्थित नभएका देश पनि बिनाभेदभाव आआफ्नो टिमको समर्थन गर्नमा व्यस्त हुने छन् । नेपाल यसबाट अछुतो हुने कुरै भएन । नेपाल पनि अहिले विश्वकपमय भइसकेको छ । विश्वभरका फुटबल समर्थक अहिले नै […]
नेपालगन्ज, जेठ २७ गते । युवा प्रतिभाको पहिचान, खेल संस्कृतिको विकास तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित नेपालगन्जमा सञ्चालन गरिएको “दोस्रो माननीय कप टी–१० क्रिकेट प्रतियोगिता” को उपाधि वडा नम्बर ८ ले जितेको छ। लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेको सहयोगमा भेरी रकर्स स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा नेपालगन्जको वडा नम्बर १८ लाई २९ […]
काठमाडौं, जेठ २६ गते । नेपाली तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगरलाई यूएई तेक्वान्दो फेडेरेसनले २०२५–२०२६ खेलसत्रका तेक्वान्दो च्याम्पियनसिपमा रेफ्रीको माधयमबाट गरेको उत्कृष्ट योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरेको छ । यूएई तेक्वान्दो फेडेरेसनको बोर्ड अफ डाइरेक्टर्सले जारी गरेको प्रशंसापत्रमा घर्ती मगरले विभिन्न तेक्वान्दो प्रतियोगितामा रेफ्रीको रूपमा देखाएको महत्वपूर्ण, विशिष्ट र उदाहरणीय कार्य […]
न्युयोर्क, जेठ २४ गते । विश्वकप फुटबल प्रतियोगिताका लागि सहभागी ४८ टिमकै २६ सदस्यीय टिमको घोषणा भइसकेको छ । प्रायः जसो टिममा विश्वका ठुला क्लबका खेलाडीको बाहुल्य रहेको छ । जसमध्ये यस विश्वकपमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीका सर्वाधिक २९ खेलाडीले खेल्ने छन् । १९ मध्ये चार जना इङ्ग्ल्यान्डको टिममा रहेका छन् । इङ्ग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले आफ्ना टिममा […]
हिले, जेठ १७ गते । १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लब, मोरङले जितेको छ। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै बेलबारीले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। ट्राइब्रेकरमा बेलबारीका […]