दोस्रो एनपिएलको सिङ्गल राउन्ड रोविन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते उपाधि भिडन्त हुने छ । यस पटक कुल ३२ खेल हुने छन् । हरेक खेलमा नौ हजार पाँच सय टिकट बिक्री गरिने छ । त्रिवि रङ्गशालाको दर्शक क्षमता भने १३ हजार रहेको बताइएको छ । काठमाडौँ, मङ्सिर १ गते । विश्वमा फ्रेन्चाई क्रिकेट […]
धम्बोझी, कात्तिक २८ गते । सिद्धार्थ विद्या सदन (छात्र) र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल(छात्रा) एन्फा यु–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नेपालगन्ज रङ्गशालामा भएको फाइनल खेलमा सिद्धार्थ विद्या सदनले कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुलाई ३–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । सिद्धार्थलाई फाइनलको ट्रफी दिलाउने क्रममा कमल परियारले १९औं र ३९औं मिनेटमा […]
काठमाडौँ, कात्तिक २६ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १२० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु गर्न सहमति जनाएको छ । युवा तथा खेलकुद मन्त्रालयको आयोजनमा मङ्गलबार एन्फा पदाधिकारी, ‘ए’ डिभिजन क्लब प्रतिनिधि र फुटबल खेलाडी सङ्घबिच भएको बैठकपछि सहिद स्मारक लिग यसै वर्ष सुरु गर्न तयारी गर्ने सहमति भएको हो । जस अनुसार […]
काठमाडौँ, कात्तिक १७ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यस वर्ष ए डिभिजनको राष्ट्रिय लिग मात्र गर्ने मात्र गर्ने भएको छ । एन्फाले अर्को वर्ष होम एन्ड अवेको आधारमा सहिद स्मारक ए डिभिजन लिग गर्ने पनि उल्लेख गरेको छ । एन्फामा सोमबार ए डिभिजन क्लबहरूसँग भएको छलफलमा होम एन्ड लिग २०८३ को पुसदेखि […]
काठमाडौँ, कात्तिक १७ गते । युएईमा जारी आइसिसी विश्वकप लिग–२ शृङ्खलामा अमेरिकाले चारवटै खेल जितेको छ । यस सिरिजको अन्तिम खेलमा अमेरिकाले सोमबार संयुक्त अरव इमिरेट्स (युएई)लाई दुई सय ४३ रनले हरायो । जितका लागि दुई सय ९३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको घरेलु टोली युएई २१.१ ओभरका सबै विकेटको क्षतिमा ४९ रनमा समेटिएको थियो । […]
धम्बोझी, कात्तिक १६ गते । करिब ३ हजार बालबालिकाको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको बाँकेमा औपचारिक रुपमा शुभारम्भ गरिएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउने कार्यक्रम रहेको छ । जसअन्तर्गत बाँकेको नेपालगन्ज रंगशालामा २५ भन्दा […]
काठमाडौँ, कात्तिक १२ गते । नेपाल र भारतबिचको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । सिक्किमको पाल्जोर रङ्गशालामा बुधबार भएको खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ३–० गोलले हरायो । टाइब्रेकरमा नेपालका लागि गोलरक्षक अन्जना रानामगरले भारतको दुई प्रहार रोक्नुभएको थियो । भारतको अर्को प्रहार पोस्टमाथि हुईकिएको थियो । यसअघि निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको हो । […]
ताप्लेजुङ, कात्तिक १२ गते। ताप्लेजुङमा बुधबार सम्पन्न पॉचौ अन्तर जिल्लास्तरीय आमन्त्रित मेरिङ्देन कप पुरूष फुटबलको उपाधि साथीभाइ युथ क्लब फुङ्लिङले जितेको छ। जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै साथीभाइले उपाधि जितेको हो। मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा खेलाइएको फाइनल खेलमा निर्धारित समयावधिभित्र एक–एक गोल बराबरी भएपछि नतिजाका लागि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको […]
स्याङ्जा, कात्तिक १२ गते । कालीगण्डकी गाउँपालिका –३ आलमदेवी देउरालीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ । ३९ वर्षदेखि हरिबोधनी एकादशीको अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष पनि जनज्योति क्लबले आयोजना गरेको हो । क्लबका अध्यक्ष टोपबहादुर रानाले खेल हरिबोधनी एकादशीको दिनमा सकिने र लिग प्रणाली खेलाइने बताउनुभयो । प्रतियोगिताको विजेता टिमलाई एक […]
काठमाडौँ, कात्तिक ९ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार जितका लागि दुई सय ६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन […]